“अबदेखि म कहिल्यै हत्याहिंसा गर्ने छैन ! म पापी हुँ ! म अपराधी हुँ ! मैले गरेका पापको प्रायश्चित मैले गर्नैपर्छ !”
बकुल्लाको कुरा माछाहरूले कुरबाट कानथापेर सुने । बकुल्लो ठूलो ठूलो स्वरमा भन्दै थियो, “अरूलाई मारेर पनि के बाँच्नु, यो पोखरीमा भएका सबै माछाहरू ध्यानदिएर सुन !” माछाहरू बकुल्लाको कुरा कान थापेर सुन्न थाले ।
“अबदेखि म बरू नखाइ नखाइ, भोकभोकै मर्छु, तर यो पोखरीका एउटा पनि माछा खान्न, अब म आफ्नो पापको प्रयश्चित गर्न यहीँ पोखरीको डिलमा ध्यानमा बस्छु !” भोकले रन्थन्नीएको बकुल्लोले ठूलो ठूलो आवाजमा भन्यो ।
बकुल्लाको डरले एउटै डल्लो परेर आफ्नो कुरमा गुजुल्टीएका माछाहरूको खुसीको सिमा रहेन । उनीहरू स्वतन्त्र हुने भएपछी खुसीले गदगद भए ।
बाहिर बुकुल्लो एकखुट्टा उचालेर ध्यानमग्न थियो ।माछाहरू उन्मुक्त भएर पोखरीको छेउछेउसम्म पुगेर उफ्रन थाले, रमाउन थाले ।
केही बेर पछि भोको बकुल्लाले पोखरीबाट टपाटप माछा टिपेर आफ्नो पेट शान्त पार्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









