“स्रष्टा महोदय तपाईँहरूले कुनै सम्बोधन नगरी सिधै आफ्नो रचना वाचन गर्नुहोला ! हामी यसो भन्न विवश छौँ ! यहाँ आफ्नो रचना सुनाउन झन्डै एकसय स्रष्टाको नाम आइसकेको छ !”
उद्घोषक पटक पटक घोक्रो सुक्ने गरी चिच्याउँदै थिए । साहित्यिक सम्मेलनमा सहभागीहरू आफ्नो रचना सुनाउन पाइने हो कि नपाइने हो भन्ने चिन्तामा थिए । विडम्बना, स्रष्टा आफ्नो पालो आएपछि मञ्चमा पुग्ने बित्तिकै यो कुरा भुलिहाल्थे र पट्यारलाग्दो लामो सम्बोधन पछि रचना वाचन गर्थे ।
फेरि उद्घोषक चिच्याउँथे, “आदरणीय साहित्यकार महोदय सम्बोधन बिना नै आफ्नो रचना सुनाउनु होला ! अन्यथा हामीले समय अभावका कारण अन्य स्रष्टाको नाम कटाउनु पर्ने हुन्छ, कृपया हाम्रो बाध्यतालाई बुझिदिनुहोला !”
मेरो छेवैमा बसेका स्रष्टाको पालो आयो । उनी मञ्चमा पुगेर सम्बोधनमा नै झन्डै पाँच/सात मिनेट समय खर्चिए पछि आफ्नो रचना वाचन गर्न थाले ।
अघि उनी मसँग भन्दै थिए, “उद्घोषकको अनुरोध नटेर्ने कस्ता वाहियात स्रष्टा !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।