बाफ रे ! म त तर्सें `रे लुक´को बुद्धि देखेर क्याबिन हो, अहो ! खरर भनिदिन सक्छ जुन सुकै, जहिले, जे कुरा पनि । बस प्रश्न सोध्नु पर्छ । अचम्म कै मान्छे रहेछ ऊ । इन्टरनेट सिधै ब्रेनमा कनेक्ट छ । बिना सर्च इन्जिन आफै सूचना सर्च हुन्छ । चिप्स र न्युरोन सञ्जालबाट क्षणभरमै । ए आइ, इन्टरनेट, बायो चिप्सको कनेक्ट र संयुक्त प्रयोग गरेको रहेछ, ब्रेनमा ।
रे लुकले पकेटबाट केही ट्याब्लेट झिकेर खायो ।
सोधेँ, ‘के हो यो ?’
‘यो खाना हो । क्म्पोजिट डाइट । अब १५ दिन खानु पर्दैन । मेरो शरीरले उस्तो बोसो जम्मा नगर्न, कोलस्टोर नबढाउन, इन्सुलिन ज्यादा नफाल्न, प्रेसर करेक्ट राख्न, पर्याप्त क्यालोरी रिलिज गर्ने, निर्देशन, कन्ट्रोल र सही मात्रा छ यसमा ।’ उसले भन्यो, ‘तिमी एउटा लिन्छौ ?’
म भने ढिडो खाँदै थिएँ । मैले डर र आश्चर्य मिश्रित स्वरमा भनेँ – खान्न ।
‘यदि तिमी यस्तो ट्याब्लेट खान्नौ भने आऊ अल्टर्नेटिभ खानाको लागि मेरो घरको ल्याबमा । भित्र ऊ त्यो बडेमानको कलेजो, ऊ त्यो बडेमानको कुखुराको फिला लिन सक्छौ ।’
‘कसरी भो यस्तो ?’
‘स्टिम शेलबाट ।’
मैले केहि बोलिन घिन र लाजले घेरिएर फगत अवाक् भएँ ।
‘तिमीहरूलाई के खतरा छ ?’ सोधेँ ।
‘जैविक भाइरस, आत्मनियन्त्रण, गोपनीयता र स्वतत्त्वमा केही खतरा छ तर सकभर हामी चलाख छौं ।’ रे लुकले भन्यो ।
‘तिमीहरूको उपलब्धि के हो ?’ मैले सोधेँ ।
‘हामी निश्चित संरचना र सीमामा बाँधिएनौँ । तिमीहरू बाँधिएका छौँ तर हामी स्वतन्त्र छौँ । विज्ञान, प्रविधि र ए आइको माध्यमले हामीले बहुत उन्नति गर्यौं । तिमीहरू पुरातन मात्र रह्यौ ।’
‘तिमीहरू कति वर्षसम्म बाँच्न सक्छौ ?’
‘हाम्रो औसत आयु १५० वर्ष हो तर हामी त्यसलाई अरू लम्बाउन सक्छौं ।’ रे लुकले भन्यो ।
हैन म कहाँ छुँ । अहिले कस्तो व्यक्तिसँग कुरा गर्दैछु । नेपथ्यबाट एउटा आवाज आयो । ‘अरे ! रे लुक तिमी नै हौ । यो तिम्रै फ्युचरोलोजी हो ?’
‘हँ ! फ्युचरोलोजी ? म चाहिँ सपनामा रहेछु । ठिक यति बेला विपनामा छु । आश्चर्य र खुशीले भरिएको छु ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 








