
अनुवाद : किशन पौडेल
जङ्गलमा आएका मानिसहरूलाई देखेर एउटा बूढो रूखले जवान रूखलाई भन्यो- ‘तिमीले कालिदासको कथा सुनेको होला नि ।’

रतन चन्द ‘रत्नेश’
जवान रूखले आश्चर्य मान्दै सोध्यो- ‘कस्तो कथा?’
‘अरे ! त्यो कथा के जसमा हाम्रो बारेमा उल्लेख थियो ।`
जवान रुख दायाँबायाँ हेर्न थालेपछि बूढाले मुस्कुराउँदै भने – ‘एकपल्ट कालिदास जुन हाँगामा बसेका थिए, त्यो हाँगा काट्दै थिए…’
जवान रूखले रोक्यो, ‘यो कथा सबैलाई थाहा छ ।’
´तर पर्यावरणको मामिलामा मान्छेले त्यो कथाबाट आजसम्म कुनै पाठ सिकेका छैनन्। हेर ! आज फेरि हामीलाई काट्न आएका छन् ।`
बूढो रुखको कुरा सुनेर जवान रूखको होस हवास उड्दै थियो ।
(रतन चन्द ‘रत्नेश’ पंजाबका सुप्रसिद्ध लघुकथाकार हुन् )



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
