आइमाईको गनगन कति सुन्नु भनेर प्रतापले अर्धछुट्टी मिलाएर घर आउँछ। झुमालाई लेटेस्ट ट्रेडिङ बजारको हल्लाले खपी नसक्नु भएको छ। बुढाको रोजाइमा नाक खुम्चाउँछे । माता तिर्थे औँसीको लागि पाँच वटा साडी त किन्नु पर्ने छ। एउटा आफूलाई अरू आमा, सासूआमा, काकी र सानिमालाई। पसलमा सोकेसभित्र सजाएर राखिएकोमा चैँ आँखा लगाई ।

‘मेम ! यो साडी त अहिलेको लेटेस्ट ट्रेडिङ हो। खुब चल्दै छ। रहल दुई वटा मात्रै थिए, एउटा भर्खरै सेल भयो ।’

झुमा ऐना अगाडि उभिएर साडी मेचिङ् गर्छे । अघि पछि हेर्दै मृदु मुस्कान छर्दै भन्छे -‘यो पेकिङ गर्नु पर्दैन। यहीँ ब्लाउज पनि सिलाई दिनु। भोलि नै चाहिन्छ।’

‘दश हजारको बिल तैयार भयो, साहब।’

झुमा छक्क पर्दै भन्छे, ‘पाँच वटा त हो मैले रोजेको। तीन हजारको एउटा अरू त एक एक हजारका हैनन् र’ ?

पसलले भन्छ- ‘होइन, ६ वटा नै हुन्।

तिमी किन एउटै कुरामा लागिरहेकी। बिल मिलाएर दिँदा भइहाल्यो नि ! प्रतापको छोटकरीमा उत्तर थियो। मोबाइल झुमालाई दिँदै प्रताप बिल दिन अघि सर्यो। यता प्रतापको मोबाइलमा टिङ टिङ मेसेजको घण्टी बज्यो।

झुमाले मेसेज हेरी।

प्रियाको रहेछ, ‘मैले भर्खरै अञ्जली वस्त्रालयबाट यो साडी ल्याएँ। बिल तिमीले दिन्छु भन्या होइन। खातामा चढाएर आएँ । हेर त ! कस्ती देखिएँ।’ झुमालाई भननन रिँगटा लाग्यो। सबै थोक चार चार वटा देख्न थाली ।