ऊ सडकमा आइपुगेको छ । एकदम हताश, थकित एवं त्रसित ।
अचानक त्यहाँ अरू पनि आइपुग्छन् । र, उसलाई घेर्छन् । सबैले तथानाम गाली गर्न थाल्छन् । ऊ डरले केही बोल्न सक्दैन ।
पछि, जथाभाबी आक्रमण गर्छन् । तत्काल उसको बचाउका लागि केही मानिसहरू देखा पर्छन् ।
मानिसहरूले उसलाई बचाएर लग्छन् । अहिले ऊ मानिसहरूकै संरक्षणमा छ ।
उसको खास नाम मोबाइल हो । र, आक्रमणकारीहरू भने क्यामेरा, क्यालेन्डर, क्यालकुलेटर, कम्पास, घडी, रेकर्डर, रेडियो आदि हुन् ।
आक्रमणकारीहरूको एउटा मात्र गुनासो रहेछ, उनीहरूको रोजीरोटी खोसिनु ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 







