
“सास्ती नै भन्नुपर्यो नि । सजिलोसित हुने कामलाई नानाथरी गर्न थालेपछि त्यसलाई के भन्ने ? घण्टौंबेर तिमीले भनेजस्तो गरेर चल्न पाए तिमीलाई आनन्द आउने, नत्र रिसाएर जथाभावी गर्ने होइन त ?” ममता निर्लज्जतासाथ भन्छे ।
००००
डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझे । ओछ्यानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रूपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसें । पिसाबले बेसरी च्यापे पनि पिसाब फेर्न सकिनँ । धेरै बेरपछि आफूलाई सँगालेर बल्लतल्ल पिसाब फेरें । फर्केर आउँदा घडी हेरें । भर्खर बिहानको चार मात्र बजेको रहेछ ।
उत्तानो परेर ओछ्यानमा पहेँ । झ्यालको पर्दा सारेर सिरकबिना नै सुत्ने प्रयास गर्दा पनि निद्रा लागेन । मनमा विभिन्न कुराहरू खेल्न थाले । दुईचार दिनका लागि पुष्पा माइत गएकी हुनाले कोठामा म एक्लै मात्र थिएँ । निदाउन खोजें, तर निदाउन सकिनँ । कमिज र पाइजामा फुकालेर सुत्न खोज्दा पनि सुत्न सकिनँ । ओछ्यानबाट उठेर एउटा चुरोट सल्काएँ र आफ्नो मनलाई जित्न किताब पल्टाउन थालें । दुई तीनवटा चुरोट लगातार खाइसकेपछि अलिअलि कपाल दुख्न थालेजस्तो लाग्यो र चुरोट निभाएर ओछ्यानमा पल्टै ।
निदाउने प्रयास जति गरे पनि निदाउन सकिनँ । पिसाब फेर्ने इच्छा भएकोले कोठाबाट बाहिर निस्कें । त्यसबेला बिहानको छ बजिसकेको रहेछ ।
* * * *
“हल्लो, को हैं ?”
“चिन्न पनि बिर्स्यौ कि कसो ? नशामा नै छौ कि क्या हो ? खुब धोकेजस्तो छ नि ?” फोनबाट आवाज आयो ।
“घत् उल्लू कहीँकी । मैले त पहिले चिन्नै नसकेको । बरु तिमीले नै पो बेसरी धोकेको हो कि जस्तो छ नि ।” मैले हाँस्दै भनें ।
“तिमीजस्तै मलाई ठानेको ?”
“के ठट्टा गरेको ? किन आज यति बिहानै फोन गर्नुपरेको ? मैले अलि जिस्कँदै भनें, “बिहानै मस्ती चढेजस्तो छ नि ! खै, अचेल बिर्सेको हो कि ? धेरै भयो हगि भेट नभएको ? आऊ न फुर्सद मिलाएर मजासित गफ गरौं ।”
“खै के भनूँ । फुर्सदैफुर्सद । अचेल कहीँ जान मन लाग्दैन । हजूरकहाँ आएर धेरै बेरसम्म कुरा गर्न मन लागिरहेछ । मलाई देखेपछि घृणा त गर्नुहुन्न होला हगि ? म त हरदम हजुरलाई सम्झेर माया गरिरहन्छु ।”
“तिमीले पनि त्यस्तो सम्झने ? मैले तिमीलाई अरूले जस्तो ठानेको छु र ?
“कुरा गर्न त तिमीसँग कसले सक्छ ।”
तिमी पनि कम छ्यौ र ? मैले जिस्कँदै भनें, “अहिले आउने हो ? अहिले म एक्लै छु ।”
“लाज नभएको मान्छे । अझ नाङ्गै छौ कि कसो ? तिम्री बूढी पोइल गई कि क्या हो ?” लामो हाँसो निकाल्दै भनी, “केही नगर्ने भए मात्र आउँछु । भात खुवाउँछौ ?”
“के भनेको, मैले के गरेको छु र तिमीलाई । त्यस्तो पनि भन्ने ? ल आऊ है त ।”
“मासु मिठो गरेर पकाऊ है । तिमीलाई मन पर्ने तरकारी भए भने लिएर आउँला । अरू कुरा सँगै गरौंला ।”
“ल, फोन राखिदिएँ है ।”
प्रेमले चुरोट सल्कायो । मनमा विभिन्न किसिमका कुरा खेलाउँदै ऊ बाथरूमतिर गयो । दिसा गरिसकेपछि साबुनले हात धुँदै ऐनामा आफ्नो अनुहार हेरेर एकपल्ट मुसुक्क हाँस्यो । अनि एकाएक उसको मुखबाट शब्द निस्क्यो, “यस्तो पनि जीवन । सधैं त्रासमा आफ्नो इच्छालाई हुर्काउनुपर्ने । म स्वतन्त्र हुनै नपाउने ।’ प्रेमले ब्रसमा मञ्जन हाल्यो र दाँत माझ्न थाल्यो । कुल्ला गरिसकेपछि मुख धोएर ऊ आफ्नो कोठामा आयो, अनि रुमालले राम्ररी मुख पुछ्यो ।
बाहिरबाट घण्टीको आवाज आएपछि प्रेम ढोका खोल्न गयो । ढोका खोल्नेबित्तिकै ढोकाअगाडि उसले ममतालाई देख्यो । ममतालाई देख्नेबित्तिकै प्रेमले मुस्कान दिँदै भन्यो, “ए, म त को भन्ठानेको । मैले त विश्वासै गरेको थिइनँ । जाऔं भित्र ।”
“म फटाहा हुँ र ?” ममता भित्र पस्दै भन्छे, “म आएको तिमीलाई मन परेन कि कसो ? डर लाग्यो कि कसो ?
“मैले त जिस्केको होला भन्ठानेको । आउँछु भनेको कतिपल्ट भयो कति ।”
प्रेमलाई ग्वाम्म अँगालो मारेर ममता भन्छे, “आज त विश्वास गरिस् होइन ? तँजस्तो काँतर र डरछेरुवा हुँ र म ?”
“स्वास्नी पाएपछि त हामीलाई कुकुर्नीजस्तो ठान्छौ होइन त ? कुनै बेला कुकर्नी पनि त काम लागेकी थिई नि । पछिपछि लागेर सुँघ्दै हिँडेको कुरा त बिर्सिसक्यौ होला ।” गाला सुम्सुम्याउँदै ममता भन्छे, “माया लागेर माया गरेको नि । नरिसाऊ है।”
“रिसाएको छु र म ? जाऔं भित्र कोठामा हिँड ।” प्रेमले पछाडिबाट हातले ममतालाई धकेल्दै भन्यो ।
“कति हतार भइसकेको । बाहिरबाट नै धकेल्न लाज लाग्दैन । कसैले देख्यो भने ।” अलि लजाउँदै ममताले भनी, “यस्तो गर्ने हो भने म भित्र जान्नँ । पुष्पा दिदीले के भन्ठान्ली ।”
“के भन्ठान्ने मेरो राजालाई ? मेरो राजा कम छ र कुरा गर्नलाई ? मलाई पनि ठिक्क पार्ने उता पुष्पा दिदीलाई पनि कुराले विश्वास पार्ने होइन त ? क्या बाठो मान्छे ।”
प्रेम ममतालाई फुर्काउनसम्म फुर्काएर भन्छ, “जाऔं भित्र । मजासँग बसेर कुरा गरौं ।”
“मजासित बस्न त दिन्छौं । गडबड गर्ने भए त म भित्र पस्दिनँ ।” ममता भन्छे ।
“झन् उल्टो मलाई दोष ? प्रेम भन्छ ।
“मैले तिमीलाई के दोष लगाएँ ? तिमीले मलाई अँठ्यायौ भनेर कराउँदै हिँडे म ? तिमीले मेरो गाला टोक्यौ भनेर हल्ला गर्दें कि ? तिमीले मेरो ब्लाउजभित्र हात घुसायौ भनेर चिच्याएँ कि ? पेटिकोटभित्र हात छिराएर बेसरी निमोठ्दा म चिच्याएँ कि ? बेकारमा मलाई मात्र दोष । पर्दैन अब मसँग बोल्न ।” रिसाएझैं गरेर प्रेमको आँखामा एकनाससित हेरेर ममताले भनी ।
“आज तिमीलाई खूब रिस उठेको जस्तो छ नि ? के भयो भन त ? म केही गर्न सक्छु कि ?” प्रेमले ममतालाई हृदय जित्ने प्रयास गर्दै भन्यो ।
दुवैजना भित्र कोठामा गए । कौचमा बसेपछि प्रेमले ममताको मुख एकनाससित हेरिरह्यो । ममताले पनि झिम्म नगरेर प्रेमको आँखामा हेरिरही ।
“ममता ! एकछिन बस है । म चिया बनाएर आउँछु ।” प्रेमले भन्यो ।
“खाली चियामा मात्र टार्न लागेको हो कि कसो ? आज तिम्रो जुवाइँ भनाउँदोसित झगडा गरेर आएकी म ।” ममताले भनी ।
“मासु-भात खुवाइहाल्छु नि । मैले एक कप पनि चिया पिएको छैन । पहिले चिया पिऊँ, अनि जेजे गर्नुपर्ला गरौंला नि ।” प्रेम मुसुक्क हाँसेर ममताको आङमा एक धाप दिएर कोठाबाट बाहिर निस्कयो ।
प्रेम कोठाबाट बाहिर निस्केपछि ममता उठेर प्रेमको कोठा चहार्न थाली । कहिले दराज खोलेर मालहरू हेर्न थाली भने कहिले प्रेमकी स्वास्नीको कपबोर्ड खोलेर भकाभक लुगाहरू खोतल्न थाली । कपबोर्ड भित्रको सारी झिकेर ममता ऐनाअगाडि उभिएर सारी लगाउन थालेपछि मनमनै भनी, “यो सारी लगाएको थाहा पाई भने पुष्पा दिदीले मेरो जगल्टो लुछ्ली हगि ?” सारी लगाइसकेपछि ममता प्रेमको ओछ्यानमा गएर उत्तानो परेर सुती। आफ्ना दुवै हात छातीमा राखेर ममताले आँखा चिम्ली ।
एकछिनपछि दुई हातमा चियाको गिलास लिएर प्रेम कोठाभित्र पुग्यो । ममतालाई ओछ्यानमा पल्टेको देखेर ऊ जिल्ल पर्यो । अलि हडबडाएर ओछ्यान नजिक भएर प्रेमले सोध्यो, “ममता तिमीलाई के भयो ?”
“केही भएको छैन । तिम्रो ओछ्यानमा सुत्नुहुन्न कि कसो मैले ? पुष्पा दिदीले देख्नुभयो भने त रिसाउनुहोला हगि ? पुष्पा दिदीलाई त यो ओछ्यान गनाउँदो होला । स्वास्नीमान्छेले त थाहा पाइहाल्छन् । तन्नामा दाग देख्यो भने त महाभारत शुरू हुन्छ ।” ममताले हाँस्दै भनी ।
“के बौलाहा कुरा गरेको ममता ? सुत न मजासँग सुत । आफ्नै ओछ्यान ठानेर सुते भइहाल्छ ।”
“म त सुत्दिनँ तिम्री स्वास्नीको ओछ्यानमा ।” ओछ्यानबाट जुरुक्क उठेर कौचमा बस्दै ममताले भनी, “तिम्रो ओछ्यान गनाउँदो रहेछ ।”
“तिम्रो लोग्नेको ओछ्यान त बास्ना आउँछ हगि ?” उत्तेजित हाँसो निकाल्दै प्रेम भन्छ, “तिम्रो लोग्नेले खूब चा… हगि ?”
“पाए पो । यसै पाइन्छ चाट्न ? तपस्या गर्नुपर्छ ।” प्रेमलाई सुमसुम्याउँदै ममता भन्छे, “पुष्पा दिदी सजिलैसित दिनुहुन्छ ?”
“धत् ! के कुरा गरेकी तिमीले ममता ?” प्रेम भन्छ ।
“पुष्पा दिदीलाई बोलाइदिऊँ ? ममता भन्छे ।
“माइत गएकी छे । यत्रो बोलाउँछेस् । तेरो लोग्नेलाई बोलाइदिऊँ ?” प्रेम भन्छ ।
“परेको छैन कसैलाई बोलाउन ।” ममता भन्छे ।
“कसलाई बोलाइदिऊँ त ?” प्रेम भन्छ ।
“कालो कुकुरलाई बोला न । तागत छ तेरो ? बूढीको पोइ ।” ममता हाँस्दै भन्छे, “चाउरे बूढो ।”
यत्तिकैमा प्रेम गफलाई अर्कोतिर मोड्ने दाउ गर्छ । ऊ जुरुक्क उठेर झ्यालतिर जान्छ र बाहिर केही हेर्छ । एकछिनपछि झ्यालबाट फरक्क फर्केर ढोकानिर उभिंदै घडीतिर हेर्छ । घडीमा दश बजिसकेको हुन्छ ।
“ममता ! एकछिन है। म माथि गएर स्टोभ बालेर आउँछु ।” हतारिँदै प्रेम भन्छ ।
“कति चाँडै भोक लागेको तिमीलाई ? एकछिन बस न । खानैको हतार । धेरै भयो तिमीसँग बस्न नपाएको भनेर पो आएकी ।” ममता मुसुक्क हाँसेर भन्छे ।
“एकै मिनेट त हो नि। ममताको काँधमा विस्तारै थपथपाएर प्रेम भन्छ । प्रेम कोठाबाट बाहिर निस्केपछि ममतालाई विरक्ति लागेर आउँछ । उनी कहिले झ्यालमा गएर हेर्छिन् त कहिले कोठाको चारैतिर घुमेर दराजको माल हेर्न थाल्छिन् ।
टिन्न टिन्न गर्दै फोनको घण्टी बज्न थाल्यो । धेरै बेरसम्म आवाज आइरहेपछि ममताले फोन उठाउँदै भनिन्, “हेल्लो ।”
“पुष्पा दिदीको घर हो ?”
“हो, हो । कसलाई खोज्नुभएको ?”
“पुष्पा दिदीको साथीले एउटा खबर पुष्पा दिदीलाई भनिदिनू भनेर पठाउनुभएको उहाँलाई खोजेको ।”
“तपाईं को त ?”
“खै, को भनूँ ? न उहाँ मलाई चिन्नुहुन्छ न म उहाँलाई । खालि खबर सुनाइदिऊँ भनेर मात्र ।”
“के खबर हो ?”
“तपाईं पुष्पा दिदी हो ?”
“पुष्पा दिदी त होइन पुष्पा दिदीको घनिष्ठ साथी मध्येकी चाहिँ हुँ ।”
उत्तेजित भएर ममता सोध्छे, “पुष्पा दिदीलाई भन्ने कुरा भने फरक पर्नेछैन ।”
“तपाईं को हो त ? तपाईंको स्वर सुन्दा कताकता चिनेजस्तो लाग्यो ।”
“मलाई पनि त्यस्तै लाग्यो ।” ममता हाँस्दै भन्छे, “पुष्पा दिदी अहिले यहाँ छैन । पुष्पा दिदीको दुलहा छ उहाँलाई बोलाइदिऊँ ?
“पर्दैन कसैको दुलहालाई बोलाउन ।”
“कसको स्वास्नीलाई बोलाइदिऊँ त ?” ममता जिस्कँदै भन्छे ।
“लाज नभएकी मान्छे ।”
“खूब लाज भएकी मान्छे तिमी त । पुष्पा दिदी नै चाहिने मान्छे हगि ?”
“यस्तो मान्छे त मैले कहिले पनि देखेको थिइनँ ।”
“मैले त देखेको थिएँ बा । तिमी जस्तो मान्छे । भरे भेट्ने हो ? अनि मलाई राम्ररी देख्नेछ्यौ । राम्ररी देखाइदिउँला तिमीलाई । पक्कै आउने हो ?” ममता भन्छे ।
“तिमी आउने कि म आउने ?”
“जो आए पनि के फरक पर्ने हो र ? म नै आउँला हुन्न ? तिमी कति बजे आउने हो मलाई लिन ।” ममता सोध्छे ।
“ठीक छ-सात बजेतिर रत्नपार्कअगाडि भेटौं । अँ, एउटा कुरा कति पेगसम्म ।”
“दुई पेगभन्दा बढी म कहिले पनि लिन्नँ ।” ममता आत्मीयतासाथ सोध्छे, “तिम्रो नाम के हो त ?”
“नाम किन चाहियो ? भेट भएपछि चिनापर्ची गरे हुन्न र ?”
“हुन्न । मैले तिमीलाई चिनिसकें । तिमीले मलाई नचिने पनि । तिम्रो लोग्नेलाई पनि मैले चिनेकी छु ।” ममता विश्वासिलो बन्दै कुरा गर्छ ।
“मेरो लोग्नेलाई कसरी चिन्छौ ?”
“तिमी नै सम्झ मैले कसरी चिनेहुँला ?” ममता भन्छे ।
“स्वास्नीमान्छेसित घृणा गर्ने मानिसले कसरी तिमीलाई चिन्न पुग्यो ? तिमीले मेरो लोग्नेसित राम्ररी कुरा त गरेकी छ्यौ ? शायद मेरो लोग्ने बारे कसैले कुरा गर्दा तिमीले उस बारे केही सुनेको होला ।”
“कैयौं कैयौं रात तिम्रो लोग्नेसित गिलास साटासाट गरेर रक्सी पिएकी छु । उसलाई मन नपराउने स्वास्नीमान्छे नै थिएनन् होला । तिमीलाई त मन पर्दैन होला उसको लजालुपनले गर्दा ।” ममता गम्भीर भएर भन्छे, “त्यहीँ कमजोरीले गर्दा नै उसलाई हृदय भएको व्यक्ति बनाएको छ ।
“बल्ल अलिअलि चिने जस्तो लाग्यो । तर ठम्याउन भने अझ सकेको छैन ।”
“ठम्याउने प्रयास नगर्नू नै बेस ।” ममता अलि नरम भएर भन्छे, “ल भरे भेटौंला है । पुष्पा दिदीलाई केही भनिदिनु त पर्दैन होला ।”
“पर्दैन । बुझें । तपाईं लोग्नेमान्छेको पनि लोग्नेमान्छे । पुष्पा दिदीको घरको लोग्नेमान्छे ।”
“ल, मैले फोन राखिदिएँ। नबिर्सिनू नि अब ।” फोन राखेर कौचको पछाडि टाउको राखेर आँखा चिम्लिँदै ममता केही सोच्न थाल्छे । उसको अगाडि एउटा कालो धब्बा आएर आँखा नै बन्द गरे जस्तो लाग्न थाल्छ ।
घण्टौँ बेरपछि प्रेम कोठाभित्र पस्दा ऊ झसङ्ग हुन्छे । ममतालाई देख्नेबित्तिकै ऊ माफी माग्दै भन्छे, “ममता ! मलाई माफी देऊ है । भुसुक्क बिर्सेछु मैले त । म कहाँकहाँ गएर आइसकें । तरकारी, मासु, दूध, सबथोक किनेर ल्याइसकें । यो दिमागले काम गर्ने छाडिसक्यो । सम्झनाशक्ति नै कहाँ गयो कहाँ । एकैछिनमा सबै थोक तयार भइहाल्छ । खाइसकेपछि मीठो मीठो गफ गरेर बसौंला ।”
“केही भएको छैन । के भयो र ? हडबडाउनु पर्दैन । म पनि फोनमा व्यस्त । म त अर्कै संसारमा पुगिरहेको । तिम्रो कोठामा छु भन्ने कुराको ख्यालै नभएको । अहिले तिमी कोठाभित्र पसेपछि पो मलाई लाज लाग्न थाल्यो ।” ममताले आत्मीयतासाथ प्रेमलाई सान्त्वना दिँदै भनी ।
“मासु पाकिसक्यो । भात बसालेको छु । अब एकैछिनमा । तिमीलाई भोक लागिसक्यो कि ? एकदुई टुक्रा मासु चाख्छ्यौ कि ? प्रेम मायालु तालले भन्छ ।
“अब एकैपल्ट ग्वामग्वामती मासु-भात खाने । चाख्ने बानी त मलाई मनै पर्दैन । तिमीलाई मन लागेको छ भने एकदुई टुक्रा मासु खाए भइहाल्छ नि ! तिमी बस । म गएर ल्याइदिउँला ।” ममता कौचबाट उठेर अर्को कोठातिर जाँदै भन्छे ।
ममताको पछिपछि प्रेम लाग्छ । भान्छा कोठाभित्र दुवैजना पस्छन् । प्रेसरकुकुरको बिर्को खोलेर प्लेटमा मासु हालिसकेपछि दुवैजना फेरि कोठामा फर्केर कौचमा बस्छन् । ममता प्रेमको मुखमा एक टुक्रा मासु हालिदिन्छे । त्यस्तै प्रेम पनि ममताको मुखमा मासुको टुक्रा राखिदिन्छ । दुवै एकअर्कालाई जिस्काउँदै हेरिरहन्छन् । त्यसैबेला फोनको घण्टी बज्छ । अनायास ममताको हात फोनको रिसिभरमा पुग्छ । फोन उठाउँदै ममता बोल्छे, “हेल्लो ।”
एकैछिनमा फोन राखिदिएपछि प्रेम सोध्छ, कसको फोन ?
“फोन त तिम्रै हो ।” ममता भन्छे ।
“मेरो भए मलाई किन नदिएको ? कसले गरेको ?” हच्केजस्तो गरेर प्रेम सोध्छ ।
“शङ्करले भनेको आज आउन मिलेन भनेर प्रेमलाई खबर गरेको रे ।”
“यही हो फोन आवाज कसको थाहा छ ?”
“स्वास्नीमान्छेको ।” ममता प्रेमलाई उल्याउँदै भन्छे, “देख्यौं त ?”
तिमीले शङ्करलाई चिनेकी छ्यौ ?” प्रेम ममताको मुखमा हेरेर सोध्छ ।
“किन र ?” ममता सोध्छे ।
“जोसुकै स्वास्नीमान्छे पनि शङ्करलाई मन पराउँछन् । अधबैंसे मोरीहरूको त कुरै नगरे हुन्छ रे । अनुहार कति हँसिलो । खिसिक्क हाँसिदिएपछि त के भन्नु सबैको हृदय नै अँठ्याइदिन्छ रे । स्वास्नीमान्छेको जस्तो मिजास । उसले जिस्काउनु पर्नेमा उल्टो स्वास्नीमान्छेले उसलाई जिस्काउनुपर्ने रे ।” बुझक्कड बन्दै प्रेम भन्छ ।
“तिमीले आफैले सङ्गत गरेका छौ कि छैनौ ?” ममता सोध्छे ।
“सङ्गत गर्दैछु ।” प्रेम भन्छ, “ज्यादै लज्जालु मान्छे । धेरै बोल्दै बोल्दैन । मैले कति पल्ट त्यसलाई छेड हान्दा पनि सुनिरहन्छ । राम्रो त त्यति राम्रो मानिस होइन, तैपनि हिसी परेको मान्छे त्यसलाई देखेपछि लोभ लागिहाल्छ । कहिलेकाहीँ यसो विचार गर्छु त्यसलाई लोग्ने बनाउने स्वास्नी कस्ती होली ?”
ममता भावुक हुँदै भन्छे, “पुष्पा दिदीले यसबारे बताउनुभएको छैन ?”
“पुष्पालाई त उसको अनुहार देख्यो कि माया लागेर आउँछ रे । कति मिलनसार छ भने रिसाएको आजसम्म देखेको छैन भनेर पुष्पा शङ्करको तारिफ गर्छिन् । अनुहार हेरेर मात्र विचार गर्नुपर्छ रे । रिसाएको बेलामा त्यसको अनुहार कतिसम्म रातो हुन्छ भने साँच्चै त्यसले केही गरिहाल्छ कि भनेर डराउनुपर्ने हुन्छ रे । त्यस्तो बेलामा केही नबोली कोठाबाट खुसुक्क बाहिर निस्कने गरेको कुरा पुष्पा गर्थिन् ।” खुलस्त रूपमा प्रेम ममतालाई भन्छ ।
“पुष्पा दिदीले त्यसलाई लोग्ने बनाउने प्रयास खूब गर्नुभएको थियो । पुष्पा दिदीकहाँ खूब आइरहन्थ्यो ।” ममता भन्दै जान्छे, “पुष्पा दिदी पनि कम बाठी हुनुहुन्थ्यो ? एकदिन दिनभरि एउटी बूढीलाई जिम्मा लगाएर घरकुरुवा बनाएर आफू घुम्न जानुभयो ।”
“तिमी त उसकी स्वास्नी बनिसकेकी थियौ रे नि ।” प्रेम कुरा खोतल्दै सोध्छ ।
“कसैले पत्तो नपाउने गरी शशीलाई शङ्करले स्वास्नी बनाइसकेको रहेछ । रीताको बाबुआमाले झन्डै त्यसैसँग विवाह गरिदिन लागिसकेका थिए । पुड्के भए पनि केटी त खूब खेलाउन जान्दो रहेछ । सबै कुरा मन परे पनि त्यसको रिसाउने बानी देखेरै मलाई घृणा लागेर आउँछ । बेसरी गाली गरेर दुईचार लात दिने मान्छे बेस । चुपचाप जगल्टा लुछेर लातका लात हाने पनि केही नभनी सहन सक्छु म त । रिसाएर भित्रभित्रै जल्ने मान्छेको त विश्वासै हुँदैन । त्यस्ताले भित्रभित्रै सास्ती दिएर मनलाई थिलथिलो पार्छन् । त्यस्तालाई त हृदय नभएका पाजी भने केही फरक पर्दैन ।” ममता भावुक बन्दै भन्छे ।
“पात्तिएकी मोरी ! हामीजस्ता काम नलाग्ने भयौ । रक्सीले टिल भएर लातका लात हान्न सक्ने रिफेल चाहिँदो रहेछ तिमीलाई । आमाले थाहा पाई भने त तेरो जगल्टाको रौं नै रहनेछैन ।” प्रेम हाँस्दै भन्छ ।
“लोग्नेले त सकेन भने आमाले के गर्लिन् ?” ममता अलि बाउँठिएर भन्छे, “लोग्नेमान्छेको विश्वासै नहुने । भनेजस्तो गरे पनि चित्त बुझाउनै गाह्रो । जति दिए पनि अर्कोतिर आँखा लगाउने बानी देख्दैमा मलाई असह्य हुन्छ । कहिलेकाहीँ त बौलाऊँ जस्तो लाग्छ ।”
“लोग्नेमान्छे सबै तिमीले भने जस्तै हुन्छन् र ? लोग्नेमान्छेको इच्छालाई बुझ्न सक्नुपर्छ ।” प्रेम हाँस्दै भन्छ ।
“खालि सास्ती दिनु सिवाय लोग्नेमान्छेले अरू के जानेको छ र ? ममता भन्छे ।
“मैले तिमीलाई सास्ती दिएको छु त ?” प्रेम भन्छ ।
“सास्ती नै भन्नुपर्यो नि । सजिलोसित हुने कामलाई नानाथरी गर्न थालेपछि त्यसलाई के भन्ने ? घण्टौंबेर तिमीले भनेजस्तो गरेर चल्न पाए तिमीलाई आनन्द आउने, नत्र रिसाएर जथाभावी गर्ने होइन त ?” ममता निर्लज्जतासाथ भन्छे ।
“तिमीले भनेको कुरा ठीक हो । मेरो बाबुको झोक पनि त्यतिकै कडा छ । त्यसैले ममा त्यसको प्रभाव परेको हुनसक्छ । रिसाएको बेलामा मेरो बाबुले आमालाई लातका लातले बजाउँछन् । मेरी आमाले पनि हातैहातले बेसरी फिलामा थप्पड मारेपछि मरें बा भनेर घोप्टो परेर रुन थाल्छन् । झगडा नभएको रातै छैन ।” प्रेम भन्छ ।
“तिम्री आमाले त घिसार्दै ल्याएर तिम्रो बुबालाई पेटीकोट र ब्रा लगाइदिएर माया गर्दै तँलाई बजिनी नाठो लगाएर ठीक गरिदिऊँ भन्छिन् रे हो ? ममता हाँस्दै सोध्छे ।
“नचाहिने गफ । मारामार गर्छन् । लुगा च्याताच्यात हुन्छ । भोलिपल्ट ऐनाअगाडि उभिएर बूढाले नयाँ ब्रेसिएर लगाइदिएपछि त के भन्ने ? मान्छेको स्वाद पनि गजब-गजबको छ हगि ?” प्रेम भन्छ ।
“मलाई त तेरो बाबुको आँखा देख्दैमा डर लागेर आउँछ । आँखा झिम्मै नगरेर हेर्छ । त्यसले अँठ्याउन पायो भने त जिउँदै सुकुटी पारिदिने हो कि जस्तो लाग्छ ।” ममता उत्तेजित हुँदै भन्छे, “धेरै भयो, म अहिले जान्छु । भोलितिर आउँला । आज मलाई सास्ती नदेऊ । कुनै दिन तिमीले भने जस्तै। मेरो हातै गलेको छ आज । बिहानभर तिम्रो जुवाइँको स्याहार सुसारले वाक्क भएर आएको म ।”
“धेरै बेर होइन । एकैछिन राख्ने मात्र । अरू केही गर्दिनँ ।” प्रेम मायालाग्दो स्वर निकालेर भन्छ ।
“दुई दिन अरू । अब दुइटा इन्जेक्सन मात्र बाँकी छ ।” ममता भन्छे ।
“त्यो गधाले कहाँबाट सारेर ल्याएछ ।” प्रेम सोध्छ ।
“कसले कहाँबाट कुन बेला कसरी ल्यायो भनेर म कसरी भनूँ ।” ममता उठ्दै भन्छे, “आफैले आफैलाई सुमसुम्याएर आनन्द लिनू । आज एकदिन तिम्रो हात गल्ने भयो ।”
आफ्नो जिब्रो बाहिर निकालेर ममतालाई बेसरी अँठ्याएर प्रेम भन्छ, “तिमीले थाहा पायौ त्यो गुरुङ्सिनी क्या, कमलाले पेट बोकिछ ।”
“कसको ?” ममता सोध्छे, “तिम्रो कि शङ्करको ?”
“उसैलाई गएर सोध ।” प्रेम भन्छ ।
* * * *
“आज त म धेरै थाकेकी छु। केही नगरेर सुरुक्क च्याप्पिएर सुत्ने भए मात्र । होइन भने तिमी आफ्नै ओछ्यानमा गएर सुत ।” मुसुक्क हाँसेर ओछ्यानमा पल्टँदै पुष्पा भन्छे ।
“कुन चाहिँले आएर थकायो तँलाई ? मसँग सुत्नुपर्यो कि जहिले पनि तँलाई थकाइ लाग्छ ।” रिसाउँदै प्रेम भन्छ ।
“कसैलाई सम्झेर आज सुते भइहाल्छ नि । कस्तो रिसाहा मान्छे । आफूले भनेको भएन भने बम्किहाल्नुपर्ने ? कस्तो मिजासको मान्छे । आज त मलाई सुत्न देऊ । निद्रा लागिरहेछ । भोलि दिउँला, फरक पर्दैन ।” गम्भीर भएर पुष्पा भन्छे ।
“तँलाई पूजा गर्न ल्याएको हो त मैले ?” झर्कँदै प्रेम भन्छ ।
“खालि झगडा गर्न मात्र कति जानेको ? पूजा गर्न ल्याएको भनेर कसले भनेको छ र ? सानो कुरामा पनि निहुँ खोजिरहने । यस्तो मान्छेलाई त कसैले पनि रुचाउँदैन । म भएर मात्र सहन सकेको ।” प्रेमको मुखमा हेरेर पुष्पा भन्छे ।
“पगली कहीँकी । तँ पगली भइस् भन्दैमा सबैले पागलै बन्नुपर्ने ?” जङ्गिदै प्रेम भन्छ ।
“कसले पागल बन्नू भनेको छ र ? खुरुक्क सबै कुरा बिर्सेर सुते भइहाल्छ नि ! सकें भने भोलि दिउँला भनिसकेकी छु नि । अहिलेलाई त म सक्तै सक्तिनँ । निद्रा लागिरहेछ ।” आफ्नो अडानमा अलिकति पनि नदबेर पुष्पा भन्छे ।
“घोडी कहीँकी । जहिले पनि कराइरहनुपर्ने ।” आफ्नै सुरमा कराउँदै प्रेम भन्छ ।
“सजिलैसित पाइने कुरा हो र ? भन्नेबित्तिकै कुन चाहिँको सस्तो छ र सजिलैसित दिनु ।” अलि कड्केर पुष्पा भन्छे ।
“खूब थाहा छ तँलाई ? सबै तैजस्तै होलान् । आफूलाई सबै जान्ने ठान्छेस् होइन त ?” आफ्नो अहम् देखाएर प्रेम भन्छ ।
“बर्ता किन कराउनुपर्यो ? जान्ने मान्छेले अरूलाई किन दुःख दिने ?” भित्तापट्टि मुख फर्काउँदै पुष्पा भन्छे, “मलाई सुत्न दे । सुत्न लाग्यो कि झगडै गर्नुपर्ने । कस्तो मान्छे ।”
“कसले तँलाई छेकेको छ र ? सुत्- मजासँग सुत् । अघाउन्ज्याल सुत् ।” प्रेम भन्छ ।
“जति दिए पनि नअघाउने । विवाह भएको यत्तिको वर्ष भइसक्दा पनि कहिल्यै अघाएँ भनेको सुन्न पाएकी छैन । नदिएको भए यतिका छोराछोरी यसै जन्मे होलान् । दिनको तीन-चार पटकसम्म पनि सजिलैसित दिएको त कता बिलायो कता । असन्तोषी मान्छे ।” भुतभुताउँदै पुष्पा भन्छे ।
“खूब दिइस् ? चिच्याउनुपर्थ्यो बुझिस् । कति चोटि त तान्न जानुपर्थ्यो । सजिलैसित कहिले दिएकी थिइस् तैंले ? झगडा गर्नुपर्थ्यो ।” फुर्ती देखाउँदै प्रेम भन्छ ।
“र…लाई त फकाउन जान्नुपर्छ भने म त स्वास्नी । यसै पाइन्छ ? कसको माल सस्तो छ र भन्नेबित्तिकै सुरुक्क पाइने ? स्वास्नी भन्दैमा तँलाई जुन बेला चाहियो त्यही बेला सुरुक्क फर्काउनुपर्ने मैले ? माया गरेर पगाल्न सक्नुपर्छ । झम्टँदैमा पाइने भए सबैले बहुलाले झैँ झम्टने थिए । भनेजस्तो गर्न र…सित विवाह गर्नुपर्थ्यो । फलामको शरीर हो र मेरो ?” पुष्पा भन्दै जान्छे ।
“तैं जानेकी छस्, सब कुरा । ठीक छ । सुत्, मजासँग सुत् ।”प्रेम भन्छ ।
“सुमसुम्याइदिने भए मात्र आइज म सुमसुम्याइदिन्छ ।” पुष्पा जिस्कँदै भन्छे ।
“मेरो आफ्नै हात छँदै छ नि ! तैलाई किन दुःख ?” आफूलाई नाङ्गो पार्दै प्रेम भन्छ ।
(प्रमोद प्रधानले सम्पादन गर्नुभएको यौन-कथासंग्रह ‘नेपाली यौनकथा’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

