photo kabita pratiyogita

फोटो कविता प्रतियोगिता १८

साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फुल्ने वातावरण पनि तयार पार्दछ ।

यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको अठारौँ संस्करणका लागि कविता आह्वान गरिएको छ।

अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका १७ ओटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । अठारौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ ।

यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ । एकपटक पुरस्कृत भइसकेका कविलाई पुनः प्रतियोगितामा समावेश गराइने छैन । यस पटकका लागि विषय भने मृत्यु तोकिएको छ ।

एकै कविलाई एकपटक भन्दा धेरै पुरस्कृत गर्नुपर्ने अवस्था आउन सक्ने हुँदा एकपटक उत्कृष्ट तीनमा पर्न सफल कविलाई पुनः प्रतियोगितामा समावेश नगर्ने निर्णय गरिएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले बताएका छन् । यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको प्रधानसम्पादक कोइरालाले जानकारी दिएका छन्।

प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरू प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितास‌ंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ ।

यस प्रतियोगिताका लागि चाडबाडका कारणले कविता पठाउने मिति दुई साता राखिएको छ । कविता पठाउने अन्तिम मिति कात्तिक २१ गते शुक्रबार राति १२ बजेसम्म रहेको छ । प्राप्त कविताहरूबाट विज्ञ एवं स्वतन्त्र कवि तथा समीक्षकहरूको रहोबरमा २२ गते सर्वोत्कृष्ट तीन कविका कवितासहित नतिजा प्रकाशन गरिनेछ ।

तलको तस्बिर हेर्नुस् र मृत्युमाथि कविता लेख्नुहोस् ।

photo kabita pratiyogita

फोटो कविता प्रतियोगिता १८