साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।
यस चरणमा साहित्यपोस्टले फोटोसँगै “छाया ” वा “रङ” विषय दिएर कविता आह्वान गरेको थियो । फोटोका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्टता आएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् ।
यो साता विजयीता भण्डारी, इन्दिरा चापागाईं र किशन पौडेल गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । निर्णायक मण्डलका अनुसार माधव काफ्ले, मनोज न्यौपाने र कमल आले भने केही अङ्कको अन्तरले मात्र सर्वोत्कृष्ट हुनबाट वञ्चित भएका छन् ।
तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।
प्रतियोगिताको रीत पुर्याई १३ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजको म्यासेन्जर र मेलका माध्यमबाट १२ कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।
कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्टका काव्य विभागले जनाएको छ ।
फोटो कविता प्रतियोगिताको अठारौं शृंखला भोलिदेखि सुरू हुनेछ ।
यस्ता छन् पुरस्कृत कविका कविताहरूः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।