नसोध
के बोले ?
सुरमा बोले कि
बेसुरमा बोले
बोल्न त
आखिर बोले ।

नसोध
के बोले ?
दशामा बोले कि
नशामा बोले
बोल्न त
आखिर बोले ।

नसोध
के बोले ?

र्‍यापमा बोले कि
झ्यापमा बोले
बोल्न त
आखिर बोले ।

बोलिनँ
बोल्दै बोलिनँ
नबोली
धरै दिएनौ त
अनि बोलेँ
नसोध
कहाँ के बोले ?