राजेन्द्र कार्की

राजेन्द्र कार्की

बचेको सम्बन्ध आँखाको जल भएर गयो
सँगै जिउने बाचा थियो छल भएर गयो ।

लजालु नजर चियाउँदै नयनमा हराउँथे
गाँठो पर्छ मुटु, त्यो बितेको पल भएर गयो ।

फक्रिएन जीवनको कोपिला, कस्तो दशा भो
बर्खामा खडेरी पर्यो, सुकेको नल भएर गयो ।

सुख्खा थियो जीवन, गाउथेँ विरहको गीत
मायाको तुफानी वर्षा वर्षायौ, भल भएर गयो ।

मायाको सुन्दर तलाउमा नाउ चल्दै थियो
थाहै नपाई त्यो सुन्दर तलाउ ढल भएर गयो।