१)
भव्य प्रतियोगितामा
शेफर्ड कुकुरले पुरस्कार जित्यो
सहभागीहरूले
भलादमी मिश्रजीको तारिफ गाए
छिमेकीहरूले
सामाजिक सञ्जालबाट थाहा पाए
शेफर्डको शौच
सफा गर्दागर्दा हैरान भएका
टोल छिमेकीले भने
उसलाई धारे हात लाए ।

२)
समाजका जेष्ठ नागरिकहरूको
सभा बस्यो
समाजका वृद्ध आमाबाबुको
पालनपोषणको मुल्याङ्कन भयो
निम्न वर्गीय घिसिङ
“वृद्ध आमाबाबु सेवा पुरस्कार”बाट
सम्मानित भए
गन्यमान्य कहलिएका
समाजका पन्तजी भने
अन्तिममा रहे ।