सुन्दर सपना – कुमार काफ्ले
लेखक कुमार काफ्लेको बालकथा संग्रह हो, ‘सुन्दर सपना’ । काफ्लेले पुस्तकमा बालमनोविज्ञान, बालजिज्ञासा, बालशुलभतालाई समेटेर सुन्दर कथा लेख्नुभएको छ ।
कथाकाे सानाे अंश: एउटा गाउँमा दुई मिल्ने साथी थिए । एउटाको नाम रन्जित र अर्काको पावल थियो । दुवैको उमेर पनि उस्तैउस्तै थियो दश र एघार वर्ष। अपशोच यो थियो कि पावल जन्मजात अन्धा थिए। उनले बाहिरी संसार सुन्दर होस् या विरूप कुनै दृश्य देख्न पाएका थिएनन् ।
रन्जित र पावल सधै सँगै स्कुल जान्थे । रन्जित पावलको हात समातेर हिँड्थे । यसले गर्दा पावललाई निकै सजिलो भएको थियो। पावलसँग एउटा लट्टी पनि थियो, जुन सेतो रङको थियो। जहाँ जाँदा पनि उनी त्यो लठ्ठी छोड्दैनथे ।
आँखा नदेखे पनि पावलको दिमाग तेजिलो थियो। गुरु, रन्जित र आफूभन्दा ठूलाले भनेको कुरा उनी हत्तपत्त बिर्संदैनथे । रन्जितले उनलाई हरेक कुरामा सहयोग गर्थे । बाहिरी वातावरणको बारेमा छर्लङ्ग हुने गरी बयान गरिदिन्थे ।
उनीहरू स्कुल जाँदा बाटामा रन्जितले पावललाई हरेक दिन यस्ता कुरा सुनाउँथे, जुन कुरा सुन्न पावल रुचाउँथे। हामी हिँडेको बाटोमा ढुड्गाहरू बिछ्याइएका छन् । कुनै ढुङ्गा लाम्वा छन्, त कुनै चारपाटे छन्, तर धेरैजसो ढुङ्गाका रङ खैरो मिसिएका सेतासेता नीला छन् । बाटामाथि विभिन्न थरिका फूल फुल्ने सुन्दर फूलबारी छ। केही फूल बिरुवा नै छन्, के हीमा कोपिला लाग्दैछन् त केही ढक्कमक्क फुलिरहेका छन् । बाटामुनि एउटा ठूलो तलाउ छ। त्यहाँ कमल, जलकुम्भीलगायतका फूलहरू छन् । रङ्गीचङ्गी माछाहरू छन्। यहाँको पानी कहिल्यै सुक्दैन । यो तालमा बढी भएर खसेको पानीबाट झरना बनेको छ। त्यो झरना हेर्न दे शभित्र र बाहिरबाट समेत मान्छेहरू आउँछन् । मान्छेहरू झरनामा किन आएका त रन्जित ? पावल उत्सुक हुँदै सोध्थे ।………..
पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो । नौ ओटा कथा संग्रहित पुस्त्कको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










