
“बल्ल रिन मुक्त भइयो ।” मालपोतको काम सकेर खाजा मगाउँदै भृगु होटेलको कुर्चीमा थ्याच्च बस्यो ।
“भयौ, खुब !” चिसो कोकाकोला पिउँदै सुधिरले ओठ लेप्र्यायो ।
“तिरोतारो सकिएपछि मुक्त भइएन त ? हाम्रो पढाइ लेखाइका लागि बाले बन्धकी राख्नुभएको खेत पनि आज निखनिहालियो । चान्केचुन्के तिरिसकेँ ।” फेन्टाको बोतल समाउँदै बोल्यो भृगु ।
“पुस्तानपुस्ताले तिरेर नसकिने रिनले थला परिएकै थियो । ‘झिकिदेऊ भन्दा थपिदेऊ गाँड’ फेरि थपियो ।”
“मैले त चुक्ता गरेँ क्यारे ? ल मम खाऊँ !” प्लेट धकेल्दै भृगुले सन्तोषको सास तान्यो ।
“ए लठुवा ! देश विदेशमा के भइरहेको छ ? कैलेकाहीं त सम्चार नि सुन्ने गर न यार !” सुधिर बोल्यो ।
“विदेशमा त्यै गोला बारुद हो । स्वदेशमा ठगेको, लुटेको, जिप्ट्याएको, कुम्ल्याएको कुरा बाहेक अर्थोक केही छैन । के छ र सुन्न लायक ?”
“निरमाया भाउजूको पेटमा हुर्किरहेको तिम्रो बच्चाले समेत जन्मँदैमा असी बयासी हजार रिनको भारी बोक्नुपर्ने बाध्यता छ । सुन्नु पर्दैन ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
