साहित्यपोस्ट
नेपाली साहित्य जगत्का प्रख्यात साहित्यकार हुन् अमर न्यौपाने । वि.सं. २०६६ मा उनको पहिलो कृति पानीको घाम प्रकाशित भएको थियो जसले पद्यश्री पुरस्कार प्राप्त गर्न सफल भयो । उनको सेतो धर्ती उपन्यास वि.सं.२०६८ मा प्रकाशित भयो जसले मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
उनको पानीको घाम (आख्यान), कलिलो मन (बालकथा संग्रह), सेतो धरती (उपन्यास), करोडौं कस्तूरी (उपन्यास), गुलाबी उमेर (उपन्यास) जस्ता कृतिहरु प्रकाशित भएका छन् ।
न्यौपानेको जन्म वि.सं. २०३४ सालमा चितवन जिल्लाको रंगीला भन्ने ठाउँमा भएको हो । उनको उपन्यास सेतो धर्तीले मदन पुरस्कार पाएपछि उनको साहित्यिक क्षेत्रमा चर्चा चुलिएको हो ।
एपी वान टेलिभिजनमा कार्यक्रम प्रस्तोता टिकाराम यात्रीले न्यौपानेसँग गुलावी उमेर उपन्याससँग आधारित रहेर कुराकानी गरेका छन् । उनको यो उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो । कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी उनीहरूको शरीर र व्यवहारमा परिवर्तन हुँदै जान्छ भन्ने कुरा उनले यस पुस्तकमा लेखेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।