
ताराहरूको
परिचय हुँदाहुँदै पनि
कविहरू जूनको मात्र
कविता कोरेका छन्
अस्तित्वको बलात्कार भइरहेको
नृत्यशालामा
आफैँ श्रोता र दर्शक बनेर
ताली बजाइरहेका छन्

तिलक पोखरेल
आफूलाई बिर्सेर
अन्योल संसारमा
डुबेका छन् आजकल
चित्रकारको नत्थिमा
कलाकारको कलामा
सहको पदले
आभूषित भएर
सास फेर्न छोडिसकेका छन्
परिवेशलाई गिज्याएर हो कि
निरासपनलाई स्वाकारेर हो
यो कथा
यो कविता
पूरा नहुने भयो
अनन्तकालसम्म ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










