मुम्बई प्रहरी गएको ४ फरवरीमा मड आइल्यान्डस्थित एकान्तमा बनाइएको एउटा हवेलीमा पुग्यो । त्यहाँ पाँच जनाको एउटा टोली, दुई जना स्त्री पुरुषको अन्तरंग मुद्रामा फिल्म खिचिरहेको थियो । कलाकार र सुटिङ समूहका सदस्यहरुलाई प्रहरीले तत्काल पक्राउ गर्यो ।

यसको ठीकअघि ६ जना अभिनेत्रीहरुले फिलम निर्माताविरुद्ध गुनासो दर्ता गराएका थिए । सोही जाँचमा जुटेको प्रहरीले यो सुटिङ भइरहेको गोप्य सूचनाका आधारमा पुगेको थियो । प्रहरीलाई एक अभिनेत्रीले निर्माताहरुले अश्लील फिल्ममा काम गर्न दबाब दिएको आरोप लगाएका थिए ।

प्रहरीले ६ वटा कोठामा एउटा भान्सा र एउटा बगैँचा भउको यो महलमा खिचिएका भिडियो केही वेबसाइट र हटसट, हट हिट तथा न्युफ्लिक्सजस्ता मोबाइल एपमा पैसा तिरेर हेर्नका लागि अपलोड गरिन्थ्यो ।

यो घटनाको ६ महिनापछि विभिन्न कम्पनीका साथै इन्डियन प्रिमियर लिग (आइपिएल)को फ्रेन्चाइजी राजस्थान रोयल्समा ठूलो सेयर रहेका करोडपति व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रलाई गिरफ्तार गरियो । मुम्बई प्रहरीको अपराध शाखाले १९ जुलाईमा कुन्द्रालाई एउटा पैसा तिरेर हेरिने मोबाइल एप हटसटका मालिक बेलायतस्थित केनरिन प्रोडक्सन हाउसका साथ सम्बन्ध रहेको भन्दै पक्राउ गर्यो ।

हटसटको एप स्टारमा राखिएको विवरण अनुसार यो हट फोटोसुट, छोटा फिलम तथा संसारभरिका चर्चित सेलिब्रिटीहरुको जीवनशैलीसँग जोडिएका सरसामग्री देखाउने गर्छ । हुन त अहिले यो एपलाई एपस्टोरबाट हटाइएको छ । केनरिन प्रोडक्सन हाउसका मालिक प्रदीप बक्सी हुन् र प्रदीप चाहिँ राज कुन्द्राका ज्वाइँ हुन् । यता हटसट्स उपलाई कुन्द्रको कम्पनी आम्सप्राइम मिडियाले बनाएको थियो ।
कुन्द्रका अतिरिक्त अन्य १० जनालाई पक्राउ गरियो । उनीहरुमाथि बलिउडका ठूला फिल्ममा ब्रेक दिइने लोभ देखाई युवतीहरुलाई अश्लील फिल्ममा काम गराउन मनाउने आरोप लागेको छ । कुन्द्रा र अन्य पक्राउहरुलाई भारतीय दण्ड संहिता ४२०, ३४, २९२ र २९३ का अतिरिक्त आइटी अधिनियम अन्तर्गतका विविध धाराहरु समेटेर मुद्दा चलाइँदैछ ।

भारतीय दण्ड संहितामा ४२० भन्नाले धोका, ३४ भन्नाले अश्लील उद्देश्य, २९२ र २९३ भनले अभद्र र अश्लील विज्ञापन प्रदर्शन आदिसँग सम्बन्धित हो ।

कुन्द्राको वियान इन्डस्ट्रिजको कार्यालयबाट सारा भिडियोहरु बेलायत पठाइने गरेको प्रहरीको निष्कर्ष छ । वियान कुन्द्राका छोरोको नाम हो ।

गएको २२ जुलाईमा प्रहरीलाई दिइएको बयानमा बियान इन्डस्ट्रिजका प्रमुख कार्यकारी रयान थोर्पेले फरवरीमा अभिनेत्रीहरुको गुनसाो सार्वजनिक भएपछि उनलाई कम्पनीका सर्वरबाट भिडियोहरु डिलिट गर्न भनिएको थियो ।

प्रहरी आयुक्त मिलिन्द भारम्बे भन्छन्, कुन्द्रा र बक्सीसँगै उमेश कामतबीचको सम्बन्ध के हो भन्ने सबैलाई थाहै छ । कामत भारतमा केनरिनको प्रतिनिधिका रुपमा काम गर्थे । प्रोडक्सन कम्पनी केनरिनले कयौँ एजेन्टलाई अनुबन्धित गरी वयस्क फिल्म बनाउँथे ।

अश्लील होइन, कामोत्तेजक
राज कुनद्र र गहना वशिष्ठ दुवैले हटसट्सका सामग्रीहरुलाई अश्लीलको श्रेणीमा नराखिनुपर्ने बताउँछन् । कुन्द्राका कथित फिल्ममा अभिनय गरेकी मोडल गहना वशिष्ठले बयानमा भनेकी छन्, ‘मैले राजका साथ तीन फिल्ममा काम गरेँ । हाीले कामोत्तेजक, बोल्ड फिल्महरु बनायौँ । तीमध्ये कुनै पनि फिल्मलाई पोर्न या अश्लीलको श्रेणीमा राख्न मिल्ने छैनन् ।
वशिष्ठले ट्वीटरमा लेखेकी छन्, तपाईंले यस्ता फिल्महरु नेटफ्लिक्स र अमेजनमा पनि हेर्न पाउनुहुन्छ । प्रहरीले कतिपय कुराको गलत व्याख्या गरेको छ ।

उता कुन्द्राका वकिल अवाद पोन्डा भन्छन्, फिल्मका कुनै पनि दृश्यमा दुई व्यक्तिलाई सम्भोग गरिरहेको देखाइएको छैन ।
यसले इरोटिका (कामोत्तेजक) भर्सेस पोर्नोग्राफी (अश्लीलता)जस्ता कुराको बहस शुरु गराएको छ । दुवैबीच के फरक छ र कुन्द्राका फिल्महरुमा यी दुईमध्ये कुन श्रेणीमा राख्नुपर्छ ?

कसैले पनि एक्लै, एकान्तमा यस्ता सामग्री हेर्नु भारतमा गैरकानुनी मानिदैन । हुन त यौन अपराधहरु अन्तर्गत पर्ने बाल संरक्षण अधिनियम २०१२ (पोक्सो कानुन)का अनुसार यस्ता अश्लील फिल्महरु हेर्नु, राख्नु अथवा डाउनलोड गर्नु अपराध मानिन्छ । तर त्यसका लागि बालबालिकाको सन्दर्भमा यो फिल्मांकन गरिएको हुनुपर्छ । यसका अतिरिक्त आइपिसी धारा ३५४ सी र सूचना प्रविधि अधिनियम, २००० को धारा ७७ ई मा बलात्कारको भिडियो बनाउने र प्रसारित गर्नेहरुलाई सजायको प्रावधान छ । आइटी अधिनियमको धारा ६७ मा पनि इलेक्टेनिक रुपमा अश्लील सामग्री उत्पादन, वितरण, प्रसारण र प्रकाशनलाई प्रतिबन्धित गरिएको छ । यस अपराधमा तीन वर्षको कैद र पाँच लाख रुपैयाँसम्मको जरिवानाको प्रावधान छ । विदेशमा दर्ता गरिएका पोर्नहबजस्ता वेबसाइट भारतीय कानुनको दायरामा आउँदैनन् ।
तीन महिला कलाकारले कुन्द्राविरुद्ध जाहेरी दिएका छन् । सागरिका सुमनले आफूलाई नग्न अडिसन दिन बोलाइएको थियो । सुमन भन्छिन्, जब मैले निर्मता को हो भनी सोधेँ, यो राज कुन्द्राको कम्पनी हो भनियो ।

त्यस्तै पुनम पाण्डेले २०१९ मा राज कुन्द्राको प्रोडक्सन हाउसका साथ अनुबन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि आफूलाई धेरै दुःख दिइएको बताएकी थिइन् । पुनले भनिन्, कसैले मेरो फोन सोसाल मिडियामा हालिदियो र यहाँ फोन गर्दा उनीहरुका लागि कपडा खोलेर अंग प्रदर्शन गरिदिन्छु भनेको पाएँ ।

यस्तै शर्लिन चोपडाले २१ जुलाईमा एउटा भिडियो जारी गर्दै उनले कुन्द्राको कम्पनी आम्र्सप्राइमविरुद्ध गुनासो गरेकी थिइन् ।

मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेपछि अदालतसँग हिरासतमा लिन स्वीकृति लिएको थियो । अब हटसट र हटहिटमा राखिएका भिडियो दुई व्यक्तिबीचको रतिक्रिया अश्लील हो कि कामोत्तेजक हो भनी छलफल हुनेछ ।

कुन्द्राको कम्पनीले मोडलहरुलाई १२ देखि २० मिनेटको भिडियो खेलेको १० हजार भारु दिने गरेको थियो ।

कोरोनाभाइरसका कारण भएको बन्दाबन्दीका बीच यस्ता वेब भिडियोको बजार आश्चर्यजनक तरिकाले बढेको थियो । पोर्नहबका अनुसार मार्च २०२० पछि भारतमा ३३ प्रतिशत बढीले पोर्न हबका अश्लील सामग्री हेरेका थिए । जसमा बढीजसो २८ देखि ३४ वर्ष उमेर समूहका थिए । यही अवधिमा भने संसारभरि पोर्न फिल्मको खपत औसतमा १०.५ प्रतिशत मात्र थियो । २०२० मा भारतमा संसारकै बढी पोर्न फिल्म हेर्ने देशमा कयानडालाई पछारेर तेस्रो स्थानमा पुगेको थियो । यो सूचीमा अमेरिका सबैभन्दा माथि छ भने बेलायत दोस्रो छ । पोर्नहबमा भारतीय कन्टेन्टको माग तीव्र रुपमा बढिरहेको छ ।

यस्ता फिल्मको नाफा ज्यादै बढी हुने देखिएको छ । २० मिनेटको भिडियो बनाउन तीन लाख भारु लाग्छ । यो कलाकार, क्यामेराम्यान तथा सुटिंगस्थलको सबै खर्च हो । तर यो भिडियोलाई अनन्तकालसम्म निर्माताले बेच्ने गर्छ । निर्माताले महिनाको कम्तीमा २० लाख कमाउने गर्छ ।

शुरुवाती जाँचपछि प्रहरीले हटसटका २० लाख ग्राहक रहेको पत्ता लगाएको छ । यसका लागि प्रत्येकले १०० रुपैयाँ हरेक महिना तिर्नुपर्छ ।

कुन्द्राको ह्वाट्सएप समूह च्याटमा पनि कमाइको चर्चा भइरहेको थियो । कुन्द्राले १२ लाख डलरमा ११९ भिडियो बेच्ने योजना रहेको र अन्तिम अवस्थामा यो स्थगन भएको थियो ।

२३ जुलाईमा अदालतमा हालिएको मुद्दामा कुन्द्राको बलिफेम मिडिया लिमिटेड नामक अर्को कम्पनी रहेको देखिएको छ । कुन्द्राले हटसटका कन्टेन्टलाई यही कम्पनीमा सिफ्ट गर्ने योजना बनाएका थिए । कुन्द्राको एउटा पावरपोइन्ट प्रोजेन्टेसन पनि पाइएको छ, जसमा आउँदो वर्ष २०२३–२४ मा बलिफेमले ३० करोड रुपैयाँ आम्दानी गर्दै १४६ करोड रुपैयाँको कमाउने लेखिएको थियो ।

हटहिटबाट कुन्द्राले लगभग तीन लाख कमाएका थिए । यो गुगल प्लेस्टोरमा म्याचोर श्रेणीमा वर्गीकृत छ । यो एपबाट २३ जनवरीमा ९५ हजार, २० जनवरीमा १ लाख, १३ जनावरीमा २ लाख र १० जनवरीमा तीन लाख रुपैयाँ कमएका थिए ।

राज कुन्द्राको गिरफ्तारीपछि अश्लील सामग्री राख्ने बेवसाइटहरु भागाभाग भएका छन् ।

संसारभरि अश्लील फिल्मको ९० अर्ब डलर कारोबार हुने गर्छ ।

संसारभरि २८ करोड वटा पोर्न साइटहरु छन् ।

भारतमा श्लील फिल्म खोज्नका लागि २५ प्रतिशत इन्टरनेट ट्राफिक प्रयोग हुने गरेको छ ।

संसारभरि प्रत्येक सेकेन्ड २८ हजार २ सय ५८ जनाले अश्लील फिल्म हेर्ने गर्छन् ।

भारतमा मोबाइलबाट अश्लील फिल्म हेर्नेहरुको संख्या ८९ प्रतिशत रहेको छ ।

संसारको अश्लील फिल्म कारोबारमा अमेरिकाको अंश १० प्रतिशत रहेको छ ।

हरेक दिन संसारभरि ६८ करोड पटक इन्टरनेटमा अश्लील फिल्म खोजी गरिन्छ ।

(इन्डिया टुडे)