अश्लीलता, नग्नता र कलात्मक नग्नता बीचको फरकका बारेमा धेरै पहिलेदेखि छलफल र चर्चा हुँदै आइरहेको छ । संस्कृति र सोचअनुसार तिनलाई एउटा घेरामा कैद गर्ने चलन पनि पुरानै हो ।
पछिल्लो समय भने अश्लील फिल्मको युट्युब भनी चिनिने पोर्नहबले आफ्नो वेबसाइटमा प्रख्यात शास्त्रीय नग्न चित्र अर्थात् न्युड आर्टलाई राखेर विवादलाई पुनः उचालेको छ ।
यो खबरले पुनः एक पटक कलाप्रेमी तथा कलाकारलाई पोर्नहबले उत्तेजित बनाएको छ । यौन र खासगरी खराब किसिमको यौनिक गतिविधि राखिएको वेबसाइटमा पेन्टिङजस्तो पवित्र चिजलाई मिसाएकामा धेरैको आक्रोश छ ।
यता पोर्नहबले भने इरोटिक आर्टलाई आफ्नो विधाअन्तर्गत मान्दै तिनलाई ठाउँ दिएको बताएको छ ।
पोर्नहबले यी नांगा तस्बिरहरु हेर्नका लागि फ्रान्सको लुभ्र दरबार, न्युयोर्क सहरको द मेट, स्पेनको द प्राडो, इटालीको द उफिजी ग्यालरी र बेलायतको नेसनल ग्यालरीमा पुग्न नपर्ने गरी आफूले टुरमा राखेको बताएको छ ।
यी नांगा तस्बिरको प्रचारका लागि पोर्नहबले अश्लील फिल्मकी अभिनेत्री असा अकिरालाई ब्रान्ड एम्बेसडरसमेत तोकेको छ ।
अकिराले पोर्नहबमा राखिएका ३० अश्लीलभन्दा पनि अश्लील क्लासिक चित्रहरुका बारेमा व्याख्या गरेकी छन् । यिनलाई उनले क्लासिक न्युड्स अन्तर्गत भर्चुअल टुरमा लैजान्छिन् ।
त्यो टुर चाहिँ तपाईं एक्लैले गर्नुहोला है !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।