परिच्छेद ६

अन्ना पाभ्लोभ्नाद लाई यो रमाइलो भेला आयोजना गरेवापत् धन्यवाद दिँदै पाहुनाहरु बिदा हुन थाले ।

‘पियेरेलाई अप्ठेरोलागेको थियो । चौडा छाती, ठूलाठूला हात, औसत उचाइ र हृष्टपुष्ट शरीरको धनी, उसलाइ बैठक कोठाभित्र प्रवेश गरेपछि बाहिर निस्कन झन् गाह्रो’ भन्ने ऊ यति हुस्सु थियो । कि जर्नेलले नमागेको भए हिँडने बेलामा उसले आफ्नो टोपीको सट्टा उसको तीनकुने टोप लिएर जाने थियो । तथापि उसका सबै कमी कमजोरीहरुलाई उसले मायालु , सोझो र अत्न्य नम्र स्वभावका कारणले त्राण दिलाएको थियो ।

अन्ना पाभ्लोभ्ना ऊतिर फर्की र उसको विवेकहीन व्यवहारप्रति क्षमा दर्शाउँदै इसाई सौम्यता प्रदर्शन गरेर टाउको निहुराई र भनी, ‘मेरो प्यारो पियेरे , म तिमीलाई फेरि भेट्ने आशा गर्छु र यो पनि आशा गर्छु कि तिमीले आफ्नो विचारशैलीमा अवश्य परिवर्तन ल्याउने छौ ।’

उसले कुनै प्रतित्रिया जनाएन । मात्र निहुरी रह्यो । अरु दमानिसहरुले उसको अनुहारको मुस्कान हेरेर अनुमान लगाए, विचारधारा भनेको आफ्ना–आफ्नो हुन्छ । त्यसमाथि पनि हेर , म कति सिधा र असल स्वभावको मानिस छु । ’अरुसाथै पाभ्लोभ्नाले पनि त्यस्तै अनुभव गरी ।

राजकुमार आन्द्रेइ बैठकभित्र पसेको थियो । उसले आफुलाई लुगा लगाउन सघाइरहेको चाकरतर्फ कुम फर्काएर आफ्नी श्रीमतीले हिप्पोलाइतसँग गफिएको ध्यान नदिई नदिई सुनिरहेको थियो , जो आफ्हरुसँग बैठकमा आएको. थियो, राजकुमार हिप्पोलाइत सुन्दरी र गर्भिणी राजकुमारीसँग उभिएर चश्मामार्फत् उसलाई एकोहोरो हेरिरहेको थियो ।

‘भित्र जाऊ आनेत्ती , चिसो लाग्ला, ’अन्ना पाभ्लोभ्नासँग बिदा लिँदै मसिनो स्वरमा सानी राजकुमारीले भनी। सबै बन्दोबस्त राम्रो भयो । ’

अन्ना पाभ्लोभ्नाले आफ्नो मनले खामेको हुदाँ अनातोल र सानी राजकुमारीकी नन्द्रको विवाहका सम्बनधमा लिजासँग कुरा गर्न भ्याइसकेकी थिई ।
मेरो तिमीमाथि भरोसा छ प्रिय ’ अन्ना पाभ्लोभ्ना पनि सानो स्वरमा बोली । उसलाई पनि लेखी पठाऊ र उसको बुबाले यस विषयमा कसरी हेर्नुहुन्छ, मलाई जानकारी देऊ । बिदा । ’ऊ बैठकबाट बाहिरिई ।

राजकुमार हिप्पोलाइत राजकुमारीको नजिक गएर शिर झुकाउँदै केही कानेखुसी गर्न लाग्यो । राजकुमारीको र उसका दुई जना चाकरहरु एउटाले सल र अर्काले बक्खु लिएर उनीहरुको कुरा नसिद्धिउन्जेल पर्खेर उभिइरहेका थिए । उनीहरु फ्रान्सेली भाषमा बोलेको सुन्थे तर उनीहरुलाई त्यसको अर्थ थाहा थिएन । उनीहरु कुरा बुझ्न खेज्थे तर त्यसो गर्न चाहेको अभिनय गर्थे राजकुमारी सदाझैं मुस्कुराउँदै कुरा गर्थी र हाँस्दै सुन्थी ।

राजदुतको भोजमा नगएकोमा म खुसि छु,’हिप्पोलाइतले भन्यो। त्यहाँभन्दा यहाँ कति धेरै रमाइलो भयो, होइन त ?’

नाचगान सहितको धेरै भव्य भोज हुन्छ रे भन्छन्’आफ्ना नरम र भुवादारं साना ओठ नचाउँदै उसले भनी, उच्च र सम्भ्रान्त समाजका भएभरका सुन्दरी महिलाहरुको उपस्थिति हुन्छ रे ।’

तपाई नै नभएपछि भएभरका भन्न मिल्दैन’राजकुमार हिप्पोलाइतले ठटाट् गर्दै भन्यो । उसले चाकरको हातबाट सल खोसेर उसलाई अलिपर धक्याउँदै आफैले राजकुमारीलाई ओढाइदिन लाग्यो । जानी वा नजानी उसले (भन्न गाह्रे छ ) सल ओढाइसकेपछि धेरैबेरसम्म उसको काँधमा हात राखिरह्यो मानौँ उसले राजकुमारीलाई अङगालो मारिरहेको छ ।

तैपनि राजकुमारी मुस्कुराई । आफ्नो लोग्नेतिर फर्केर हेरी र कृतज्ञाता प्रकट गर्दै तर्की । राजकुमार आन्द्रेइका आँखा बन्द थिए । ऊ लठ्ट र निद्राशील देखिन्थ्यो ।

तिमी तयार भयौं ? ’ श्रीमतीलाई हेर्दै उसले सोध्यो । राजकुमार हिप्पोलाइत हत्तपत्त चल्तीको फेसन अन्सार कुर्कुच्चासम्म लामो वक्खु लगाएर राजकुमारीको पछिपछि लाग्दै दगु्रेर डबलीभित्र छिर्यो । एउटा चाकर राजकुमारीलाई बग्गीमा चढाउन सहयोग गर्ने बहानामा बाटो छेकेर उभिएको थियो ।

‘आज्ञा पाऊँ महाशय, ’राजकुमार आन्द्रेइले राजकुमार हिप्पोलाइतलाई चिसो र अरुचिकर लाग्ने ध्वनिमा रसियाली भाषामा भन्यो , जो उसको बाटो छेकिरहेको थियो ।

पियेरे , अब प्रस्थान गरौँ,’ आन्द्रेइले पियेरेलाई असाध्यै माया गर्दै बोलायो । ’

रिसल्लाले बग्गी हाँक्यो । चक्काहरु खट्खटाए । विकोम्प्टे , जसलाई लिउर घरमा प्रर्याउने वचन दिएको थियो , उसैलाई वरण्डामा पर्खदै उभिँदै राजकुमार हिप्पोलाइत मरीमरी हाँस्यो ।

ठीक छ, महाशय,’ बग्गीमा चढेर हिप्पोलायतको छेउमा बस्दै विकोम्प्टेले भन्यो, तपाईक सानी राजकुमारी रम्य, साह्रै नै रम्य छिन । विशुद्ध फ्रन्सेली । अनि उसले राजकुमारको औँलाहरुको चुम्बन गर्यो । हिप्पोलाइत,खितका छोडेर हाँस्यो ।’

तपाईलाइ थाहा छ ,आफ्ना सम्पूर्ण कपटरहित हाउभाउले गर्दा तपाईँ एउटा डरलाग्दो खालको जवान हुनु भएको छ ’विकोम्प्टेले अगाडि भन्यो, मलाई उसको बब्रो लोग्ने, त्यो फुच्चे अफिसरलाई देखेर टिठ लाग्छ, जो आफुलाई एउटा ठुलै राजाको जस्तो सान देखाउन खोज्छ ।’

हिप्पोलाइतले फेरि पनि लड्बडाउँदै र हाँस्दै भन्यो , तिमीले त रसियालि महिलाहरु फ्रन्सेल् बराबर हुँदैनन् भनथ्यौ नि, होइन ? उनहिरुसँग कसरी व्यवहार गर्नुपर्छ भनेर आफुले जान्न्पर्छ बुझ्यौ ।’

पियेरेले आनद्रेइको घर पुग्ने बित्तिकै आफ्नै घरमा गएजस्तै सबभन्दा पहिले राजकुमार आन्द्रेइको अध्ययन कक्षमा गएर स्वभाववश सोफामा डङरङग पलिटयो र दराजबाट एउटा पूस्तक निकालेर (त्यो सिजरको टिकाटिप्पणी थियो ) कुनाको अडेस लगाई बीचबाट पढन थाल्यो ।

मिली सेअरको उपचार गर्नु पर्दैन ?’ ऊ अहिले निकै बिरामी छ आफ्ना सेता र सुग्घर हात मल्दै अध्ययनकक्षमा प्रवेश गर्दा राजकुमार आन्दे्रइले भन्यो ।

सोफामा चुइँक्याउँदै पियेरेले आफ्नो सम्पूर्ण शरीर राजकुमार आन्द्रेइतिर फर्कायो । उसले राजकुमारसँग मुख जुधाएर मुस्कुराउँदै हात डोलायो ,

त्यो आवे, मान्छे भने निकै फरासीलो रहेछ तर ऊ विषयवस्तुलाई सम्यक् दृष्टिकोणले हेर्न सक्तैन ….। मेरो विचारमा अनन्त शान्ति सम्भव छ तर– कसरी भनुँ…राजनीतिक शक्ति सन्तुलनबाट होइन …,’

तर यो स्पष्ट थियो कि राजकुमार आन्द्रेइलाई यस्ता अमुर्त विषयहरुमा कुरा गर्ने चाख पक्कै थिएन ।

कसैले पनि जहाँतहीँ आफ्नो मनमा लागेका सबै कुरा व्यक्त गर्न सक्तनै महाशय, तिमी नै भन न , सैनिक सेवामा प्रवेश गर्छौ कि कुटनीतिज्ञ हुन चाहान्छौ ? ’ एकछिन घोरिएर राजकुमार आन्द्रेइले सोध्यो ।

पियेरे खुट्टा खुम्च्याउर सोफामा बस्यो ।

साँच्चै हो , मैले निर्ण गर्न सकेको छैन । मलाई यो वा त्यो मन पर्छ भन्ने नै छैन । ’

तर तिमीले एउटा निर्णय त गर्नै पर्छ । तिम्रो बुबाको ठूलो इच्छा छ ।’

पियेरेलाई दस वर्षको उमेरमा एक जना आवे – प्रेन्च पादरी गुरु ) लाई प्रशिक्षकका रुपमा नियुक्त गरेर उसका साथमा तेस्रो मुलुक पठाइयो । र, ऊ बीस वर्षको हुँदासम्म त्यहीँ बस्यो । जब ऊ मास्को फर्क्यो, उसका बुबाले आवेलाई छुट्टी दिए र जवान छोरालाई भने, अब तिमी मास्को जाउः र आफुलाई मन परेको काम गर । मेरो त्यसमा मन्जुरी हुने छ । मैले राजकुमार भासिलीलाई चिठी लेखिदिएको छु । लौ यो पैसा राख, त्यहाँ पुगेपछि मलाई सबै कुरा खोलेर चिठी लेख । मैले जे जस्तो सहयोग गर्नु पर्छ, गर्नेछु ।’

पियेरेले कार्यक्रम चयन गर्ने प्रयास गरेको तीन महिना भइसक्यो । तर ऊ कुनै निर्णयमा पुग्न सकेन । हो , यही निर्णय गर्ने विषयमा राजकुमार आन्द्रेइले उसलाई सम्झाइरहेको थियो । पियेरे टाउको मुसार्न थाल्यो ।

तर उ फ्रि मासेन – धार्मिक सङगठनको सदस्य ) हुनुपर्छ,’ त्यो बेलुकी उसले भेटेको आवेको प्रसङग कोट्याउँदै उसले भन्यो ।

त्यो सब वाहियात हो ।’ राजकुमार आन्द्रेइले फेरि उसको कुरा काट्योर्, कामको कुरा गरौँ न । तिमी कहिल्यै हर्सगार्ड गएका छौ ? ’

छैन, गएको छैन तर यस विषयमा तपाईसँग कुरा गर्ने विचारमा थिएँ , अहिले नेपोलियनका विरुद्ध युद्ध हुँदैछ । यो युद्ध स्वतन्त्रताका निम्ति हुन थिएँ तर संसारको सबभन्दा ठूलो मान्छेका विरुद्ध इङगलैण्ड र अस्टियाका पक्षमा लडनु ठीक छैन ।’

राजकुमार आन्द्रेइले पियेरेका केटाकेटी कुरा सुनेर कुम जुक्र्यायो । यस्ता मुर्ख कुराको उत्तर दिनु सम्भव पनि थिएन । तर उउटा सजिलो उत्तर दियो उसलेः
मैले मात्र विजय प्राप्त गर्छु भनेर कसैले पनि युद्ध नगरेको खण्डमा युद्धहरु हुने नै थिएनन् ।

त्यो त असाध्यै राम्रो’ पियेरेले भन्यो ।

राजकुमार भासिल व्यङगात्मक ढङगमा हाँस्यो ।

असाध्यै राम्रो हो तर अब त्यस्तो हुने कुरै भएन …।’

खैर, छोडौँ यी कुरा, तपाई किन युद्धमा होमिन जाँदै हुनुहुन्छ ? ’

किन जाँदैछु, मलाई थाहा छैन । तर मलाईथाहा छ म जानै पर्छ र जाँदैछु…।’

म जाँदैछु, किनकि यहाँ बाँचिरहेको जीवन मलाई फापेन ।’
त्रमश……