परिच्छेद- १२
त्यो रात नौ बज्नासाथ आफ्ना योजनाहरू लिएर वेरोथर कुतुजोभको कार्यालयमा आयो, जहाँ युद्ध परिषद्को बैठक बस्ने थियो । सैनिक दलका सबै कमाण्डरहरूलाई प्रधान सेनापतिको कार्यालयमा उपस्थित हुन आदेश दिइएको थियो । आउन नमान्ने राजकुमार बग्रातिओनबाहेक अरू सबै निर्धारित समयमा उपस्थित भए ।
बेरोधरले, जसको पूर्ण नियन्त्रणमा प्रस्तावित लडाइँको सम्पूर्ण व्यवस्था थियो, आफ्नो चतुरता र उत्सुकताका कारण कुतुजोभभन्दा भिन्न देखिइरहेको थियो र जो चित्त नबुझे पनि उँघीउँघी र मन मारेर युद्ध परिषद्को अध्यक्षता गरिरहेका थिए । बेरोथर आफूलाई स्पष्ट रूपमा यस गतिविधिको अगुवा ठानिरहेको थियो त्यसैले जोस रोकथाम गर्न सम्भव थिएन । ऊ अहिले ठूलो भारी लादिएको घोडागाडीमा नारेर पहाडको ओरालोमा दगुराइरहेको घोडाजस्तो भएको थियो । ऊ आफूले त्यस घोडागाडीलाई तान्दै दगुराइरहेको थियो वा ऊ आफै त्यस घोडागाडीद्वारा धकेलिइरहेको थियो, ऊ स्वयमलाई थाहा थिएन । तर ऊ धेरै तेज गतिमा दगुरिरहेको थियो । र, उससँग यस विषयमा सोच्ने र सम्झने फुर्सत नै थिएन । उसलाई यस गतिविधिको परिणाम के हुने हौ भन्ने थाहा नै थिएन । यो रात वेरोधर दुई पटक शत्रुपक्षको अग्रचौकीहरूको तिरीक्षण गर्न र दुई पटक रसियाली र अष्ट्रियाली सम्राट्हरूसमक्ष प्रतिवेदन प्रस्तुत गर्न तथा स्पष्टीकरण दिन गएको
थियो । र फेरि आफ्नो प्रधान कार्यालयमा गएर उसले जर्मन सेनाको चक्रव्यूह रचना गरेको बारेमा आदेश लेखाएको थियो । ऊ अहिले एकदम थकित अवस्थामा कुतुजोभको कार्यालयमा आइपुगेको थियो ।
“ऊ यति आत्ममग्न थियो कि उसले प्रधान सेनापतिप्रति यथोचित आदर प्रकट गर्न पनि बिर्सन्थ्यौ । उसले प्रधान सेनापतिका कुरा पनि काट्थ्यो । आफूले कुरा गर्न लागेको मान्छेको मुखै नहेरी बुझ्दै नबुझिने शब्दहरूमा छिटोछिटो बोल्थ्यो । र, आफूलाई सोधिएका प्रश्नहरूको उत्तर पनि दिदैनथ्यो । उसले लगाएका लुगामा हिलो लागेको थियो । ऊ अत्यन्त दयनीय, क्लान्त र व्याकुल मनस्थितिमा थियो । तर उसमा एक प्रकारको गर्व पलाएको थियो र त्यही मात्रामा उसमा आत्मविश्वास पनि थियो ।
कुतुजोभ अस्टर्लिजनजिक एक जता कुलीन व्यक्तिको सानोसानो गढीमा बसेका थिए । ठूलो बैठक कोठामा, जसलाई प्रधान सेनापतिको कार्यालय घनाइएको थियो । क्रतुजोभ स्वयम्, वेरोथर र जुद्धपरिषद्का अन्य सदस्यहरू भेला भएका थिए । उनीहरू सबै चिया पिउँदै थिए । र परिषद्मा छलफल सुरु गर्नका लागि बग्रातिओनलाई मात्र पर्खिरहेका थिए । तर यत्तिकैमा बग्रातिओन उपस्थित हुन नसक्ने खबर लिएर उसको अर्दली आइपुग्यो । प्रधान सेनापतिलाई यस कुराको सूचना दिन राजकुमार आन्द्रेइ आयो । र आफूलाई कुतुजोभले युद्ध परिषद्को बैठकमा उपस्थित हुन भनेर पहिलेदेखि नै दिइएको अनुमतिबमोजिम ऊ त्यही कोठामा नै बस्यो ।
“राजकुमार बग्रातिऔन नआउने भएपछि हामीले बैठक सुरु गर्दा पनि हुने भयो,” वेरोथरले भन्यो । ऊ हत्तपत्त आफू बसेको ठाउँबाट उठ्यो र त्यो टेबुलमा गयो, जहाँ बुन क्षेत्रवरिपरिको एउटा ठूलो नक्शा फिँजारिएको थियो ।
कुतुजोभ, टाँक खोलिएको आफ्नो बर्दीमा, ताकि उनको मोटो गर्धन कस्सिन नपाओस्, दायाँबायाँ राखिएका होचा आरामकुर्सीमा आफ्ना दुवै डल्ला र बुढा हात टेकाएर झण्डै निदाएको अवस्थामा बसिरहेका थिए । वेरोथर बोलेको आवाज सुनेर उनले बल्लबल्ल एउटा आँखा खोले ।
“हुन्छ, हुन्छ । छलफल सुरु गरे हुन्छ । ढिलो भइसक्यो” उनले अनुमति दिँदै भने । अति टाउको हल्लाए र फेरि टाउको झुकाउँदै आँखा बन्द गरे ।
कुतुजोभ सुतेजस्तो बहाना मात्र गरिरहेछन् भनेर यदि सुरुमै युद्ध परिषद्का सदस्यहरूले ठाने भने केही छिनपछि सामग्री पढिन लागेको बेला उनको नाकबाट तिक्लेको ध्वतिले यो प्रमाणित गरिदियो कि प्रधान सेतापति यति बेला सेनाको व्यूह- रचना वा अरू कुनै विषयमा आफ्नो तिरस्कारको भावना व्यक्त नगरेर- त्योभन्दा धेरै महत्त्वपूर्ण काममा व्यस्त छन्- उती खटाउनै नसकिने मानवीय आवश्यकता अर्थात् निद्रा मेटाउँदैछन् । वास्तवमा उनी निदाएकै थिए । बेरोधरले अत्यन्त व्यस्तताका कारण एकछिन पनि गुमाउन नचाहने मान्छेलेझैँ कुतुजोभतर्फ हेर्यो र उनी साँच्चै नै निदाइरहेका रहेछन् भन्ने थाहा पाउनासाथ एउटा कागज हातमा लियो र हुन लागिरहेको लडाइँमा सेनाको व्यूह-रचनाका बारेमा ठूल्ठूलो र पट्यारलाग्दो आवाजमा, एउटा शीर्षकअन्तर्गत, त्यसलाई पढेर सुनाउन लाग्यो- शीर्षक थियो : “२० नोभेम्बर १८०५ का दिन कोवेल्निज र सोकोल्निपछाडि शत्रुमाथि जाइलाग्ने सेनाको व्यूह-रचना ।”
सेताको व्यूहरचना अत्यन्त जटिल र कठिन थियो । जर्मनेली भाषामा लेखिएको यो बिवरण यस प्रकार थियोः
“किनकि दुस्मनको फौजको बायाँ पक्ष जङ्गगलले ढाकेको पहाडमा रहेको छ र दायाँ पक्ष कोवेल्तिज र सोकोल्तिजको पछाडिपट्टिका पोखरीहरूसम्म फैलिएको छ, जब कि अर्कोतिर, आफ्नो सेताको बायाँ पक्षबाट हामीले उसको दायाँ पक्षलाई घेर्न सक्छौं, त्यसकारण उसको दायाँ पक्षमाथि हमला गर्नु हाम्रो हितमा हुन्छ, खास गरेर यदि हामीले सोकोल्तिज र कोबेल्तिज, दुबै गाउँमा कब्जा गर्यौ भने, किनकि हामीले उसको पार्श्व भागमाथि आक्रमण गर्न सक्छौँ र स्कालापानिज र बेलोविजको सङ्कट मार्गबाट बच्दै, जसले शत्रुपक्षको अग्रभागलाई लुकाउँछन्, स्कालानिज र थ्युरासा जङ्गलको बीचवाला फाँटमा उसलाई पिछ गर्न सक्छौँ । यसका लागि जरुरी यत्ति हो कि पहिलो लस्कर बढोस्…. दोस्रो लस्कर बढोस्….. तेस्रो लस्कर बढोस् आदि… इत्यादि, वेरोथर विवरण पढ्दै गयो ।
यस्तो लाग्थ्यो कि जर्नेलहरूले यो कठिन व्यूहरचना इच्छा नहुँदा नहुँदै पनि कर-बलले सुनिरहेका थिए । भित्तामा अडेस लागेर उभिएको र बलिरहेको मोम बत्तीमा आँखा लगाएको अग्लो कद र सुनौला केशधारी जर्नेल बक्सहेब्दैनले विवरण सुनिरहेजस्तो लाग्दैनथ्यो मात्र होइन, सुन्ने विचार गर्ने इच्छा मात्र पनि गरिरहेको छ जस्तो लाग्दैनथ्यो । वेरोधरको ठीक सामुन्ने आफ्नो जुँगा माथितिर मठारदै र काँध उचाल्दै, पूर्णरूपले खुलेका सुन्दर आँखाले वेरोधरका अनुहारमा एकटक लगाएर हेर्दै, कुहिना बाहिरतिर निकालेर र हात घुँडामाथि राखेर, राता-राता गाला भएको मिलोरादोभिच पूर्ण सैनिक ठाँटमा बसेको थियो । एकनाससित वेरोथरलाई हेरिरहेको ऊ एकदम मौन थियो र तब मात्र उसले उसको अनुहारबाट आफ्नो नजर हटाउँथ्यो, जब अष्ट्रियाली प्रधान सेनापति बोलेर रोकिन्थ्यो । त्यही बेला मात्र उसले अरू जर्नेलहरूको मुखमा विस्तारै अर्थपूर्ण दृष्टिले हेर्यो । तर उसको त्यो अर्थपूर्ण दृष्टिबाट सेनाको यस प्रकारको व्यूहरचनाको योजनासँग ऊ सहमत थियो वा असहमत थियो र खुसी थियो वा खुसी थिएन, कसैले पनि भन्न सक्ने स्थिति थिएन । काउन्ट लाङ्गेरोन वेरोथरको सबभन्दा नजिक बसेको थियो । ऊ विवरण पढिन्जेलसम्म दक्षिणी फ्रान्सेलीहरूको जस्तो अनुहारमा मन्द मुस्कानका साथ ध्यानपूर्वक बसिरह्यो । ऊ आफ्ना सुकुमार औँलाहरू हेरिरहेको थियो, जुन औँलाहरूले लघुचित्र भएको सुनको नसदानीलाई पीँधबाट छिटोछिटो घुमाइरहेका थिए । उसले लामालामा वाक्यहरूमध्ये एउटा वाक्यको मध्यमा नसदानीको घुमाउरे गति बन्द गर्यो, यसो टाउको उठायो र आफ्ना पातला ओठहरूमा झल्किरहेको शत्रुवत् नम्रताका साथ केही कुरा भन्ने आशयले बोल्दाबोल्दै वेरोथरलाई बीचैमा रोक्यो । तर अस्ट्रियाली जर्नेलले विवरण पढ्ने काम यथावत् कायम राख्दै रिसको झोँकमा कुहिना यसरी झटकार्यो मानौँ ऊ भन्दै थियो, “तिमीले भन्न खोजेका कुरा मलाई पछि भने हुन्छ तर अहिले एउटा असल र अनुशासित मान्छेजस्तै भएर नक्सामा हेर र मेरो कुरा मात्र सुन ।” लाङ्गेरोन एकदम आत्तिएर माथि-माथितिर हेर्न थाल्यो र मिलोरादोविचतर्फ फर्क्यो मानौँ उसले स्पष्टीकरण मागिरहेको थियो तर मिलोरादोविचको प्रभावशाली तर अर्थहीन दृष्टि देखेपछि उसले निरास भएर आँखाले भुइतिर हेर्न थाल्यो र फेरि नसदानी घुमाउन थाल्यो ।
“भूगोलको एउटा पाठ पढाइँदैछ !” मानौँ ऊ आफूले आफैलाई भन्दै छ, तर यति ठूलो स्वरमा भन्दै छ ताकि अरूहरूले पनि सुन्न सकून् ।
प्रजेविजेब्स्की आदर्शपूर्वक तर गरिमापूर्ण शिष्टतासँग आफ्नो एउटा कान वेरोथरतर्फ थाप्दै खूब ध्यानपूर्वक सुनिरहेशस्तो गरिरहेको थियो । बेरोथरको ठीक अगाडिपट्टि पुड्के दोख्तुरोभ एकदम एकाग्रचित्त र विनम्र भएर बसिरहेको थियो । उसले अगाडितिर फैलाइएको नक्सा माथि घोप्टिएर बडो इमानदारीका साथ सेनाको तथाकथित व्यूहरचना र आफूले नजानेको र नदेखेको ठाउँको अध्ययन गरिरहेको थियो । उसले वेरोथरसँग कैयौँ पटक आफूले स्पष्टसँग नसुनेका शब्द र ती गाउँहरूका अप्ठ्यारा नाम दोहोर्याएर भन्न अनुरोध गर्यो । वेरोथरले पनि उसको अनुरोध स्वीकार गर्यो र दोख्तुरोभले सबै नामहरू राम्ररी कागजमा टिपेर राख्यो ।
वेरोथरको एक घन्टाभन्दा लामो समयको लिखित भाषण समाप्त भएपछि लाङगेरोनले पनि नसदानी घुमाउन बन्द गर्यो र उसले वेरोथर र अरू कसैको पनि मुखै नहेरेर यस्तो कठिन सैन्य-ब्यूह-रचना कार्यान्वयन गर्न कति गाह्रो होला भन्न थाल्यो, जसअनुसार शत्रुको स्थिति स्पष्ट भएको मानिएको थियो, जब कि सायद यो अस्पष्ट पनि हुन सक्थ्यो किनभने शत्रु गतिशील र गतिमान थियो । लाङगेरोनका विरोधहरू तर्कसङ्गत थिए तर यो स्पष्ट थियो कि ती विरोधहरूको मुख्य उद्देश्य, त्यति धेरै आत्मविश्वासका साथ स्कुलका साना नानीहरूलाई पढाएझैँ लडाइँको व्यूह-रचना पढाउने वेरोथरलाई यो देखाउनु थियो कि उसको सम्बन्ध मूर्खहरूसँग होइन बरु त्यस्ता मानिसहरूसँग छ, जसले उसलाई सैनिक मामिलाहरूका बारेमा केही सिकाउन, केही बुझाउन सक्छन् ।
जब वेरोथरको झर्कोलाग्दो आवाज बन्द भयो, कुतुजोभले त्यसै गरी आँखा खोले, जसरी कुनै मिलको चक्काको निद्राकारक भुनभुनाहटपूर्ण आवाज रोकिँदा मिल सञ्चालकका आँखा खुल्छन् । उनले लाङगेरोनका कुरा सुने र मानौँ आफूसँग आफैले यस्तो प्रतिक्रिया जनाए- “तिमीहरू अझ यहाँ बकवास सुन्नमा व्यस्त छौ ।” उनले हतपत्त आफ्नो आँखा फेरि बन्द गरे र पहिलेभन्दा पनि बढी टाउको घोप्टाए ।
सेनाको व्यूह-रचनाको योजनाकारका रूपमा वेरोथरको सैनिक गर्वप्रति सम्भव भएसम्म विषका छिटाले प्रसार गर्दै लाङगेरोनले यो सिद्ध गर्ने प्रयास गर्यो कि आफूमाथि हमला हुन दिनुका सट्टा बोनापार्टले सजिलैसँग हामीमाथि हमला गर्न सक्छ र यस्तो अवस्थामा यो योजनाको सार्थकता केही रहँदैन । वेरोधरले दृढ र तिरस्कारपूर्ण मुस्कानका साथ, जो सायद जस्तोसुकै आलोचनाको पनि सामना गर्न पहिलेदेखि नै तयार भएर बसेको थियो, सबै प्रश्नहरूको उत्तर दियो ।
“ऊ यदि हामीमाथि हमला गर्न समर्थ हुन्थ्यो भने उसले त्यो हमला आजै गर्ने थियो,” वेरोथरले भन्यो ।
“त्यसो भए तपाईंको विचारमा ऊ शक्तिहीन भएको छ ?,” लाङगेरोनले सोध्यो ।
उससँग धेरै भए चालिस हजार जति फौज होलान्,” वेरोथरले ओठमा मीठो मुस्कान छर्दै यसरी उत्तर दियो, जसरी कुनै बिरामीकी श्रीमतीले कुन औषधी ख्वाउने भनेर सोध्दा चिकित्सकले जवाफ दिन्छ ।
“त्यसो हो भने उसले, हाम्रो हमला पर्खिएर आफ्नो मृत्यु बोलाइरहेको छ,”
लाङ्गेरोनले हल्का व्यङ्गात्मक मुस्कानका साथ तर समर्थनका लागि फेरि मिलोरादोविचतर्फ हेर्दै भन्यो ।
तर त्यस बखत मिलोरादोविच केवल जर्नेलहरूबीच चलेको आपसी वादविवादका विषयमा मात्र सोचिरहेको थियो ।
“खैर छोडिदिऊँ यी कुरा,” उसले भन्यो । “भोलि लडाइँको मैदानमा सबै थोक देखिने नै छ ।” वेरोधरले पनि फेरि यस्तो व्यङ्ग्यपूर्ण मुस्कान छोड्यो, जसको अर्थ थियो, रसियाली जर्नेलहरूको आपत्ति प्रकट गरेको देखेर “हाँसो लागिरहेछ र उनीहरूका सामु त्यो कुरा सिद्ध गर्न आश्चर्यझैँ लागिरहेछ” जसको दृढ विश्वास ऊ स्वयम्लाई त छ नै सम्राट्हरूलाई पनि विश्वास दिलाइसकेको छ ।
“शत्रुले बलिरहेको आगो निभायो । उसको शिविरमा लगातार रूपमा हल्लाखल्ला भएको सुनिन्छ,” उसले भन्यो । यसको अर्थ के हुन सक्छ? कि त शत्रु पछाडि हटिरहेछ र त्यही एउटा कुराले मात्र हामी डराउनु पर्छ कि भने उसले आफ्नो ठाउँ परिवर्तन गरिरहेछ ।” (ऊ ब्यङ्ग्यपूर्वक मुस्कुरायो) यदि उसले थ्युरासामा पनि आफ्नो मोर्चा बनायो भने हामीलाई धेरै किसिमका झन्झटबाट सुक्त गर्ने छ र हाम्रा सानासाना कुराको सैनिक परिपाठ र व्यवस्थापन पनि जस्ताको तस्तै अवस्थामा रहने छ ।”
“त्यो कसरी हुन सक्छ ?” अहिले चुप लागेको र आफ्नो शङ्का निवारण गर्न बोल्ने दाउ पर्खेर बसिरहेको राजकुमार आन्द्रेइले सोध्यो । कुतुजोभ निद्राबाट व्युँझे, एक चोटि बेस्करी खोके र सबै जर्नेलहरूतिर दृष्टि दिए ।
“सज्जनवुन्दहरू । भोलिको अझ यो भन्नुपर्छ कि आजको (किनकि आधा रात कटिसकेको: छ) सेनाको व्यूहरचना परिवर्तन गर्न सकिँदैन,” उनले भने । “तपाईंहरू सबैले पनि त्यो कुरा सुनिसक्नुभएको छ- अब हामी सबै मिलेर त्यो कर्तव्य पूरा गर्नु परेको छ । तर लडाइँ हुनुभन्दा पहिले योभन्दा धेरै महत्त्वपूर्ण अरू केही हुन सक्तैन,” उनी एक छिन रोकिए, “राम्रोसँग सुतेर निदाउनु पर्छ ।”
उनी आराम कुर्सीबाट उठ्ने उपक्रममा थिए । जर्नेलहरूले शिर झुकाए र बाहिर निस्के । समय आधा रातभन्दा बढी भएको थियो । राजकुमार आन्द्रेइ बाहिर निस्क्यो ।
उसले अपेक्षा गरेजस्तै, युद्ध परिषद्को बैठकमा आफ्नो अभिमत प्रकट गर्ने अवसर राजकुमार आन्द्रेइलाई प्राप्त भएन, जसको कारणले गर्दा उसको मनमा उत्पन्न अस्पष्टता र ब्याकुलता कायमै रह्यो । को सही थियो, को सही थिएन, दोल्गोरूकोभ र बेरोथर अथवा अन्य मान्छेहरूजस्तै कुतुजोभ वा लाङ्गेरोन, जसले युद्धको तथाकथित आक्रमण योजनाको समर्थन गरेका थिएनन्, उसलाई थाहा थिएन । “तर एउटा कुरा, के कुतुजोभले सम्राट्का सामु आफ्नो अभिमत प्रकट गर्न सक्तैनथे ? के उनले आफूलाई चित्त नबुझेका कुरा कुनै किसिमले अर्कै ढङ्गमा प्रस्तुत गर्न सक्तैनथे ? के राजदरबारको औपचारिकता व्याक्रिगत कारणहरूलाई ध्यानमा राखेर आफ्ना हजारौँ मान्छेको, मेरो जिन्दगीका साथै राजकुमारी मेरीको जिन्दगी खतरामा पार्नु उचित थियो ?” उसले सोचिरहेको थियो ।
“हो, हुन सक्छ, म भोलिको लडाइँमा मारिउँला,” उसले सोच्यो । र अचानक मृत्युको भय मनमा उपस्थित भएपछि उसको मनमा अनेक प्रकारका स्मृतिहरू, पुराना-पुराना तर केही मीठा स्मृतिहरू मनमस्तिष्कमा जागेर उठे । उसलाई आफ्नो बाबु र आफ्नी पत्नीसँगको बिदाइका क्षण याद भएर आयो । आफ्नी पत्नीसँगको प्रारम्भिक प्रेमको क्षणका साथै ऊ गर्भवती पनि भएको क्षण याद भएर आयो । अत: उसलाई आफ्नी प्रिय पत्नी तथा स्वयम् आफैमाथि पनि दया जागेर आयो । र ऊ अत्यधिक मानसिक विह्वलता र भावुकताको त्यही अवस्थामा नै घरबाट बाहिर निस्क्यो र तलमाथि गर्न थाल्यो, जुन घरमा ऊ नेस्भीत्स्कीसँगै डेरा बसेको थियो ।
कुहिरो लागेको रात,थियो । कुहिरोभित्रबाट घरीघरी बडो रहस्यमय ढङ्गमा चन्द्रमाको दर्शन हुन्थ्यो । “हो, भोलि, भोलि,” ऊ विचार गरिरहन्थ्यो । हुन सक्छ भोलि मेरा लागि सबथोक खतम हुनेछ । मेरा सारा स्मृतिहरूको अस्तित्व नै समाप्त हुनेछ । मेरो लागि यी सबै कुराको कुनै अर्थ नै रहने छैन । हुन सक्छ, भोलि- सायद भोलि नै । मलाई यस्तो पूर्वानुभूति भइरहेछ कि जिन्दगीमा पहिलो पटक मैले जे-जति गर्न सक्छु गरेर देखाउनु पर्ने छ ।” यत्तिकैमा उसको मनको कल्पनामा भोलि हुने लडाइँको गोचर भयो । उसले देख्यो, लडाइँमा हार भयो, एकै ठाउँमा लडाइँ केन्द्रित थियो सबै कमाण्डरहरू नराम्ररी हड्बडाइरहेका थिए । र अन्त्यमा उसले आफ्नोअगाडि तुलोन प्रस्तुत भइरहेको देख्यो, जसलाई उसले धेरै पहिलेदेखि प्रतीक्षा गरिरहेको थियो । त्यो क्षण उसको लागि अत्यन्त सुखद थियो । उसले दृढता र स्पष्टताका साथ कुतुजोभ, वेरोथर र सम्राट्हरूका सामु आफ्नो विचार प्रकट गरिरहेछ । उसको अत्यन्त तर्कसङ्गत विचारहरू सुनेर सबै छक्क पर्छन् । तर उसको विचारअनुसारको योजना कार्यान्वयन गर्न उनीहरूमध्ये कोही तयार हुँदैन । त्यसकारण उसले एउटा रेजिमेन्ट, होइन एउटा डिविजन नै आफ्नो अधीनमा लिन्छ- उसको योजनामा कसैले पनि अवरोध गर्ने छैन भन्ने सबैलाई वाचाबन्धन गराउँछ, आफ्नो डिविजनलाई तार्किक निष्कर्षमा पुर्याउँछ र ऊ एक्लै विजय प्राप्त गर्न सफल हुन्छ । “तर मृत्यु र यातना नि?” उसको अन्तर्मनको अर्को आवाजले प्रश्न गर्छ । राजकुमार आन्द्रेइले त्यस आवाजको प्रश्नको उत्तर दिएन र ऊ आफूले मात्र युद्धमा विजय प्राप्त गरेको कल्पनामा नै रमाइरह्यो । उसले अर्को युद्धको पनि कल्पना गर्छ र अर्को युद्धको सेनाको सम्पूर्ण व्यूहरचना, ऊ आफू एक्लैले मात्र निर्माण गर्छ । हुन त ऊ कुतुजोभको एउटा सहायक हो तर निर्णयहरू भने आफू एक्लैले गर्छु । अर्को लडाइँ पनि ऊ एक्लैले जित्छ, अनि कुतुजोभलाई निष्कासित गरेर उसको ठाउँमा उसलाई नियुक्त गरिएको छ……… “त्यसपछि के नि ?” फेरि उसको अन्तर्मनको अर्को आवाजले प्रश्न तेर्स्याउँछ । “तर यस्तो हुनुभन्दा पहिले नै तिमी दस पटक घाइते विश्वासघात सघात गरिएनौ भने त्यसपछि के हुन्छ ?” “त्यसपछि …..” राजकुमार आन्द्रेइले आफैलाई जवाफ दियो, “त्यसपछि के हुन्छ, मलाई थाहा छैन र त्यसपछि के हुन्छ, म त्यो थाहा पाउन पनि चाहन्नँ, थाहा पाउन पनि सक्तिनँ तर यदि म केही चाहन्छु भने यश र कीर्ति चाहन्छु, मान्छेहरूले मलाई चिनून् भन्ने चाहान्छु र उनीहरूले मलाई माया गरून्, त्यो चाहन्छु । म यो चाहन्छु र मैले यो चाहनु मेरो दोष होइन तर म त्योबाहेक अरू केही चाहन्नँ र म त्यसका लागि मात्र बाँच्न चाहन्छु । हो, म साँचो कुरा गर्दैछु, म त्यसका लागि र मात्र त्यसको लागि जिउन चाहन्छु । म कहिल्यै, कसैलाई केही भन्ने छैन, तर हे भगवान् ! म के गरुँ, यदि मलाई यश-कीर्ति र मान्छेहरूद्वारा मान-सम्मान पाउनुबाहेक संसारमा अरू कुनै वस्तुप्रति माया मोह नै छैन ।
मृत्यु, घाउ-चोट, परिवारको क्षति- मलाई यस्ता कुनै कुराको डर छैन । धेरै मान्छे छन्, जो मेरा लागि मूल्यवान् र प्रिय छन्- मेरा बुबा, बहिनी र श्रीमती अत्यन्त प्यारा छन् । तर पनि यसो हेर्दा भयङ्कर भयावह र तीतो लाग्छ तर सत्य तीतो नै हुन्छ । एक क्षणको लागि मात्र पनि मान्छेहरूबाट मान र सम्मान पाएँ भने सबैलाई त्याग गर्न सक्छु । मैले मानिसहरूको दिल जित्न सक्नु पर्छ । मलाई अरू केही चाँहिदैन । म ती मान्छेहरूलाई चिन्दिनँ र कहिल्यै चिन्ने पनि छैन तर मलाई उनीहरूको माया चाहिन्छ, जसको म भोको छु” उसले कुतुजोभको पटाङ्गिनीमा एकत्रित मान्छेहरूको आवाज सुनिरहेको सोच्यो । ती आवाजहरू, मालसामान पोको पार्दै गरेका अर्दलीहरूको आवाज थिए, एउटा आवाज सायद त्यो बग्गीचालकको थियो, जसले कुतुजोभको बुढो भान्छेलाई जिस्क्याइरहेको थियो, जसलाई राजकुमार आन्द्रेइले राम्ररी चिन्थ्यो र जसलाई “तित” भनेर नाम काढिन्थ्यो । उसले तित भनिरहेको थियो, “तित, ए तित ।”
“किन बोलाउनु भयो ?” भान्छे बुढाले सोध्यो ।
“खलोमा जा’ र अलिकति अन्न चुट ।”
जिस्क्याउने मान्छेले जवाफ दियो ।
“निर्कमा जाऊ तिमीहरू सबै,”: अर्दली र नोकरहरूले छोडेको अट्टाहासको बिच बुढो भान्छे च्याटि्ठँदै बोलेको आवाज सुनियो ।
जे सुकै होस्, कुरा उही हो, म उनीहरू सबैमाथि विजय प्राप्त चाहन्छु । विजय, त्योबाहेक मेरो लागि अरू कुनै कुराको मूल्य छैन- उनीहरू सबैप्रति विजय प्राप्त गर्नु नै मेरो लागि सर्वोत्तम काम हो । यो रहस्यपूर्ण शक्ति, ख्याति र किर्तिलार्इ, जसलार्इ म आफ्नो टाउकोमाथि मडराइरहेको कुहिरोमा अनुभूत गरिरहेछु, म सबभन्दा मूल्यवान ठान्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।