परिच्छेद- ८

दुवै साथी मौन थिए । दुवै जनाले केही कुरा उठाएनन्‌ । पियेरेले राजकुमार आन्द्रेइतर्फ हेरिरह्यो । राजकुमार दाहिने हातले निधार दल्दै थियो । “खाना खान जाऊँ’
लामो सास फेरेर ढोकातिर बढ्दै उसले मौनता भङ्ग गर्यो ।

उनीहरू भर्खर सजाएको सुन्दर र विलासी भोजनकक्षभित्र प्रवेश गरे । हात पुछ्ने रुमालदेखि चाँदी र चिनियाँ माटाका भाँडासम्म त्यहाँका सबै सामानहरूले भर्खर विवाहित
जोडीहरूको घरको जस्तो आभास दिन्थे । खाना खाँदाखाँदै बीचैमा राजकुमार आन्द्रेइले टेबुलमाथि कूहिना टेकेर पियेरेले यसअगि कहिल्यै नदेखेको भ्रान्त र क्षुन्ध अनुहार लगाउँदै (कसैले धेरै दिनदेखि मनमा खेलाइरहेका तर मुखले प्रकट गर्न नसकेको कुराजस्तै) भन्न थाल्यो ।

«प्यारो साथी ! हेर है, जीवनमा विवाह कहिल्यै नगर्नू ! तिमीलाई यो मेरो पवित्र उपदेश हो । आफूलाई पूर्ण रूपमा सक्षम छु भन्ने विश्वास नभएसम्म प्रत्यक्ष रूपमा, आफूले मन पराएको केटी नभेटेसम्म र उसको बानीव्यहोरा नबुझेसम्म कहिल्यै विवाह नगर्नु ! अन्यथा तिमीले जीवनमा एउटा भयङ्कर र कहिल्यै सच्याउन नसक्ने गल्ती गर्ने छौँ । तिम्रो जीवनका सबै प्रयासहरू निष्फल हुने छन्‌ । विवाह गर तर, जब तिमी एउटा काम नलाग्ने बुढो हुन्छौ अर्थात्‌ तिमीमा भएको सम्पूर्ण बल र बुद्धि नष्ट भएपछि गर । हो, म साँच्चै भन्दैछु । मलाई आश्चर्य मानेर हेर्नु पर्दैन । के-के न पाउँला भनेर हतपतमा विवाह गरिहाल्यौ भने जीवनको पाइला-पाइलामा यो अनुभव गर्ने छौ कि तिम्रो लागि संसारमा सब थोक समाप्त भयो । बैठक कोठाको ढोकाबाहेक तिम्रा लागि सबै सम्भावित ढोकाहरू बन्द भए, जहाँ तिमी एउटा हरिलदठक नोकरका रूपमा यताउति गरिरहेका मात्र हुने छौ । त्यस्तो भयो भने के मजा भयो लौ भन त ?” हातको भाउ लाउँदै उसले भन्यो ।

पियेरेले चश्मा खोल्यो । उसको सम्पूर्ण व्यक्तित्व झन्‌ स्पष्ट भए तापनि उसको मुखमण्डल भने अर्कै भयो र उसले तीन छक्क पर्दै साथीलाई हेर्यो ।
“मेरी श्रीमती एउटी अलभ्य र असाधारण महिला हुन्‌ । उनीजस्ता महिलाको सङगतमा कुनै पनि पुरुषको मान-प्रतिष्ठा पूर्णत: सुरक्षित रहन्छ, राजकुमार बोस्दै गयो तर म भन्छु आज म एउटा अविवाहित कुमारको अवस्थामा फर्कन पाउँदो हुँ त मसँग भएको सम्पूर्ण श्रीसम्पत्ति त्याग गरिदिने थिएँ । तिमी पहिलो र एक मात्र व्यक्ति हौ, जसका सामु म आफ्नो अन्तर्मनको कुरा खोल्दै छु । र त्यसो किन गर्दैछु भने म तिमीलाई असाध्यै माया गर्छु ।”

यसो भन्दा राजकुमार आन्द्रेइ, सधैँको जस्तो बोल्कोन्स्कीभन्दा अलि भिन्न थियो, जो अन्ना पाभ्लोभ्नाको घरमा फ्रान्सेली वाक्य शैलीमा गफ गर्दै आँखाँ आाधा बन्द गरेर आराम कुर्सीमा ढसमस्स बसेको थियो । उसको ख्याउटे अनुहारका प्रत्येक नसा उत्तेजित भएर धड्किरहेका थिए । उसका आँखा, जसमा जिन्दगीको आगो निभेको जस्तो लाग्थ्यो, चर्को प्रकाशमा झलमल्ल भएर बलिरहेका थिए । सामान्य अवस्थामा ऊ जति निर्जीव देखिन्थ्यो, यी विकृत प्रायः सन्तापका क्षणहरूमा उत्ति नै बढी हौसिएको थियो भन्ने प्रष्ट रूपमा देख्न सकिन्थ्यो ।

«म यो किन भनिरहेछु भन्ने तिमीलाई थाहा छैन तर यो मेरो जीवनको यथार्थ हो,” ऊ भन्दै गयो । “तिमी बोनापार्ट र उसको जीवनचर्याका बारेमा कुरा गदैछौँ,” उसले भन्यो (यद्यपि पियरेले बोनापार्टका विषयमा कुरै गरेको थिएन) “बोनापार्ट त एक-एक पाइला सार्दै आफ्नो लक्ष्यमा पुगेको पुरुष हो । ऊ स्वतन्त्र थियो । उसलाई आफ्नो लक्ष्य प्राप्त गर्नुबाहेक अरू कुनै कुराको वास्ता थिएन । उसले त्यो लक्ष्य प्राप्त गरेरै छोड्यो । तर एउटी आइमाईसँग बन्धनमा बाँधिएपछि हेर त, हतकडीमा बाँधिएको एउटा अभियुक्तले जस्तै तिमीले आफ्नो सम्पूर्ण स्वतन्त्रता र आकांक्षा गुमाएका हुन्छौ । फलस्वरूप तिम्रा सबै आकाङ्क्षा र तुजुकहरूमा स्वत: ह्वास आउनेछ र तिमीलाई पश्चाताप मात्र हात लाग्नेछ । बैठक कोठा, फाल्तु गफ, गोला, मिथ्या अहङ्कार र फस्याङफुसुङ- यिनै प्रवन्चनाहरूका जाल हुन्‌, जहाँबाट म मुक्ति पाउन सक्तिनँ । अब म यसअगि कहिल्यै नभएको सबैभन्दा ठूलो युद्धमा भिड्न गइरहेछु, त्यसैले मलाई अब अरू कुनै कुराको ज्ञान पनि छैन र यसभन्दा अरू कामको लागि योग्य पनि छैन ।” “म अत्यन्त मिलनसार छु र मेरो बुद्धि दाहक पनि छ, अन्ता पाभ्लोभ्नाकोमा मेरो कुरा सबैले सुन्छन्‌” राजकुमार आन्द्रेइ भन्दै गयो । “र त्यो मूर्ख मण्डलीविना मेरी श्रीमती बाँच्नै सक्तिन र ती आइमाइहरू ………. । ती तथाकथित चल्तीका आइमाइहरू र सामान्य महिलाहरूमा के अन्तर छ भनेर तिमीले यदि बुझेको भए ! मेरो बुबा त ठीक भन्नु हुन्छ । स्वार्थी, तुच्छ र हरेक कुरामा खोक्रा । असली रूपमा तिमीले देख्यौ भने ती आइमाईहरू यस्तै छन्‌ । उनीहरूलाई तिमीले समाजमा भेट्यौ भने तिमीलाई यस्तै लाग्छ मानौँ उनीहरूमा सबथोक छ । तर उनीहरूमा केही, केही, केही पनि छैन । हुँदैन, मेरो प्यारो साथी, तिमीले विवाह गर्दै नगर” राजकुमार आन्द्रेइले कुरा टुङ्ग्यायो ।

“मलाई तिम्रो कुरा सुन्दा ख्यालठट्टा गरेजस्तो लाग्छ, तिमी आफूलाई एउटा निकम्मा मानिस ठान्छौ र आफ्नो जीवन बरबाद भएको ठान्छौ । तर तिम्रोअगाडि तिमीसँग सबैथोक छ, सबैथोक । तैपनि तिमी …” पियेरेले भन्यो । उसले वाक्य त पूरा गरेन तर राजकुमारप्रति उसको कति ठूलो श्रद्धा र विश्वास थियो र ऊबाट भविष्यमा उसले के आशा राखेको थियो भन्ने कुराको छाँटबाट बुझ्न सकिन्थ्यो ।

“राजकुमार पवन माजातिन किन यस्ता कुरा गरेका होलान ? पियेरेले सोच्यो । पियेरेले आफ्नो साथीलाई पूर्णताको एउटा नमुना ठान्यो । किन भने पियेरेमा नभएका उच्चतम् गुणाहरू (जसलाई इच्छाशक्ति भने पनि हुन्छ ) राजकुमार अन्तव्यार्प्त थिए । राजकुमार आन्द्रेइको सबैसँगको नरम र मिजासिलो व्यवहार असाधरणा स्मरणा शत्ति, उसको पढाइ (उसले. हरेक विषय पढेको थियो, उसलाई जुन कुराको पनि ज्ञान थियो र उसले हरेक विषयमा आफ्नो तर्क प्रस्तुत गर्न सक्थ्यो) र त्योभन्दा पनि उसको काम गर्ने र अध्ययन गर्ने क्षमता देखेर पियेरे आश्चर्यचकित थियो । राजकुमारको कमजोरीका रूपमा पियेरेलाई यौटा कुरा के खटकिन्थ्यो भने उसमा दार्शनिक पक्षको ज्ञात र ध्यान पटक्कै थिएन, जुन विषयमा पियेरै पोख्त र अभ्यस्त थियो तर त्यसलाई पति उसले राजकुमारको कमजोरी नभएर एउटा विशेष प्रकारको खुबी नै भएको ठान्थ्यो ।

जीवनलाई अत्यन्त मित्रवत, सुन्दर र सरल तुल्याउने हो भने प्रशंसा र श्लाघाके पनि त्यत्तिकै आवश्यकता हुन्छ, जति सुचारु रूपले चलाउनका लागि एउटा कुनै बाहनको
चक्कालाई चिल्लो वस्तु (तेल)को आवश्यकता पर्दछ । “मेरो भूमिका समाप्त भयो,’ राजकुमारले भन्यो । “मेरो विषयमा चर्चा गर्नु निरर्थक छ त्यसैले अब तिम्रो विषयमा कुरा गरौँ,” आफ्नो विचारमा ढुक्क हुँदै हाँसेर एक छिनपछि उसले थप्यो ।

राजकुमारको हाँसो तत्कालै पियेरेका अनुहारमा प्रतिवम्बित भयो । ” मेरा विषयमा :के कुरा छ र गर्नु ?” अलगर्जी पारामा मुस्कुराउँदै पियेरेले भन्यो “म को हुँ
र कसैको एउटा मेठ्याहा छोरो न हुँ ।” अचानक उसको मुखमण्डल रातो भएर आयो । यसो भन्दा उसलै निकै बल गर्नु परेको थियो भन्ने स्पष्ट रूपमा बुझिन्थ्यो । “न मेरो नाम छ् न कुनै कान छ, तर वास्तवमा….।” तर उसले “तर वास्तवमा” को अर्थ खुलाएन । आजका दिन सम्म म स्वतन्त्र छु र बिल्कुल ठीक छु । यत्ति हो, मैले के गर्नु पर्छ भन्ने विषयमा मलाई अलिकति पनि ज्ञान छैन । म तिमीसँग यस विषयमा गम्भीरतापूर्वक विचार विमर्श गर्न चाह्न्थेँ । ”

राजकुमार आन्द्रेइले पियेरेलाई दयाका दृष्टिले हर्यो – उसको हेराई यद्यपि मित्रवत् र मायालु थियो तथापि त्यस हेराइमा ‘आफु माथिल्लो वर्गको ठुलो मान्छे हुँ भन्ने भावना स्पष्ट रूपमा झल्कन्थ्यो ।’
“म तिमीलाई औधी मन पराउँछु विशेष गरेर यस कारणले कि हाम्रो पूरै समाजमा तिमी मात्र एउटा जीवन्त मानिस हाै । ” म मान्छु तिमी विल्कुल ठिक मान्छे छौ । तिमी आफ्नो इच्छाबमोजिम चल । यसले केहि फरक पर्दैन । जहाँसुकै जाऊ , तिमी ठीक नै हुने छाै र तर एउटा कुराको मात्र ख्याल गर कि ती कुरागिनहरूलाई भेट्रने र तिनीहरूको जस्तो जीवन पद्दति अँगाल्ने काम त्याग गर । यस्ता दुराचारी ,व्यसनी , अनाचारी र यस्तै अन्य त्रियाकलापमा लाग्नु तिमीलाई पटक्कै सुहाउँदैन ।

“आइमाईहरूका विषयमा के भन्छौँ त प्रिय मित्र आइमाईहरूका विषयमा ? ” कुम जूक्यार्उँदै पियेरेले सोध्यो ।
” यस विषयमा मलाई थाहा छैन,” राजकुमारले प्रत्युत्तर दियो । “जुन आइमाईहरू आइमाईजस्ता छन्‌- त्यो छुट्टै कुरा हो तर कुरागिन परिवारका जस्ता आइमाईहहरू , ‘आइमाईहरू र रक्सी’ म बुझ्न सक्तिनँ ।”
पियेरे राजकुमार भासिली कुरागिनका घरमा बसेर उसका छोरा अनातोलको लफङ्गो जीवनमा सहभागी भइरहेको थियो, जसलाई सुधार्नका लागि उनीहरूले राजकुमार
आन्द्रेइको बहिनीसँग विवाह गरिदिने योजना बनाइरहेका थिए ।

“तिमीलाई थाहा छं ?” एउटा सुखद विचार झट्ट मनमा फुरेजस्तो गरी गम्भीर भएर पियेरेले भन्यो, म धेरै दिनदेखि यस विषयमा सोचिरहेछु …….. । यस प्रकारको जीवन निर्वाह गर्ने विषयमा म निर्णय गर्न सक्तिनँ अथवा अन्य कुनै विषयमा पनि म राम्ररी विचार पुर्याएर काम गर्न सक्तिनँ । कसैको टाउको दुख्छ र कसैले भएभरको पैसा एकै पटकमा झ्वाम्म पार्छ । उसले मलाई आज राती बोलाएको छ तर म जान्नँ ।”

“तिमीले मलाई नजा भनेर कसम ख्वाउन सक्छौ ?”

“म कसम खान तयार छु ।”