साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वावधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।

यस चरणमा साहित्यपोस्टले फोटोसँगै “प्रकृति” र “फैलावट” विषय दिएर कविता आह्वान गरेको थियो । फोटोका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्टता आएको साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले जनाएका छन् ।

यो साता जीवन युगीन (जीवन सापकोटा), मञ्जु सुनार र शुन्यानन्दलाई उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । निर्णायक मण्डलका अनुसार सुजन गैरे, डा. सुरज निरौला, महेन्द्र भण्डारी भने केही अङ्कको अन्तरले मात्र सर्वोत्कृष्ट हुनबाट वञ्चित भएका छन् ।

तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।

प्रतियोगिताको रीत पुर्याई १९ कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजको म्यासेन्जर र मेलका माध्यमबाट १९ कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।

कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिँदै आएको साहित्यपोस्ट काव्य विभागले जनाएको छ ।

फोटो कविता प्रतियोगिताको बीसौं शृंखला भोलिदेखि सुरू हुनेछ ।

यस्ता छन् पुरस्कृत कविका कविताहरूः