अमेस्ट्रडाम शहरको गल्लीमा भौँतारिइरहेको छु,

रेडलाइट क्षेत्रको गल्लीहरूमानिर्लज्ज !

 देह किनमेल गर्न आएको होइन,

उनीहरू वस्तु होइनन् , अनुहार हेरिरहेछु,

विवशता देख्छु उनीहरूका आँखामा 

 

मलाई नियालिँदैछएक दुर्लभ वस्तुझैं,

तर  बिक्रीमा छैन ।

 

संसारले मलाई साट्न चाहन्छतौल्न चाहन्छ,

मलाई पगाल्न चाहन्छ,

तर मेरो इमानदारी कामुकतामा साटिँदैन,

पुष्ट नितम्ब अनि चौडा छातीमा पग्लिँदैन ।

 

आधुनिक सजावटहरूले चम्केको  उनीहरूको शरीर

कामुक पहिरनले गल्लीको तापक्रम बढेको छ, 

मूल्यट्यागहरू बोल्छन्गल्छन् धेरै मनहरू 

तर मेरो मौनता तिनका प्रस्तावभन्दा बढी अमूल्य छ ।

 

  बजार पार गर्दैछुबस् ।

  बेच्न  किन्न,

  एक यात्रु — सम्पूर्णस्वतन्त्रविवाहित