नभन्दा पनि थाहा हुन्छ केही नाम आफैंमा । देखिएपछि समुद्र । भनिरहनु नपरेजस्तै कुरा पानीको । देखेपछि नदी । भन्नु नपरेजस्तै बगिरहेको पानी । झरिरहेको भए पनि माथिबाट झरना । पर्दैन बताउन पानीको सामर्थ्य । निभाउने पानी नै भए पनि आगोलाई । बनाउने पनि पानी नै हो आगोले । भएजस्तै शक्ति देखिएभन्दा धेरै पानीको । हुनुहुन्छ त्यस्तै अभि सुवेदी । नचिनाउँदा पनि चिनिएजस्तै लाग्ने । हुनुहुन्छ अभि सुवेदी भएको भन्दा बढी लाग्ने ।
हुनुहुन्छ प्रसिद्ध नेपाली साहित्यमा । छ प्रतिष्ठा भएजस्तै अग्लो शारीरिक रूपमा । हुनुहुन्छ त्यस्तै साहित्यका जुनै विधामा पनि । छ आफ्नोपन सिर्जना र समालोचनामा । छ नाम नागरिकतामा अभिनारायण सुवेदी । जन्मनुभएको थियो तेह्रथुमको साब्लामा । विक्रमको दुई सालमा ।
हुनुभएको थियो सन्तान भएर एक्काइसौँ । आमाको भने सातौँ । हुनुहुन्थ्यो सुवेदार पिता भाष्कर र माता रमा सुवेदी । हुनुहुन्थ्यो पिताजी ज्ञाता ज्योतिषी ज्ञानको । हेरिदिनुहुन्थ्यो भाग्य र भविष्य अरुको । सक्नुभएन थाहा पाउन भने आफ्नै । जानुभो छोडेर धर्ती हुनुहुँदा अभि सरमात्र चार महिनाको ।
हुनुहुन्थ्यो माताजी त्यत्तिकै विद्वत् । दिइएको थियो शिक्षा आमालाई घरमै । डाकेर गुरु दार्जिलिङबाट । जान्नुहुन्थ्यो संस्कृत, नेपाली र बङ्गाली भाषा पनि । गाइरहनुहुन्थ्यो घरमा रामायणका श्लोकहरू । सुन्नुभएको थियो बाल्यकालमा नै अभि सरले । भयो अक्षर चिनाउने काम घरमै अभि सरलाई । पठाउनुभो पढ्नलाई गुरुहरूको पाठशाला पनि ।
अङ्ग्रेजी पढाए सम्पर्क बढ्छ र ठूलो मान्छे हुन्छ भन्ने लागेपछि आमालाई । पठाउनुभो स्कूलमा हुनुभएपछि पाँच वर्षको । बन्नुभयो सबैभन्दा राम्रो विद्यार्थी कक्षामा ।
छ कण्ठस्थ आमाले सुनाउनुभएका रामायणका श्लोकहरू । जान्नुभयो संस्कृत र बङ्गाली भाषा पनि आमाबाटै । सक्नुहुन्छ अहिले पनि पढ्नलाई बङ्गालीका पुस्तकहरू । लेख्नुभयो कविता पनि पढ्दै गर्दा कक्षा पाँचमा । हुनुभएन प्रभाव मात्र आमाबाट । सिक्नुभो सपना बुन्नलाई पनि आमाबाटै ।
कक्षा छमा पढ्दा स्कूलमा । आइपुगेका थिए गाउँमा दक्षिण भारतका पादरीहरू । गर्नलाई क्रिश्चियन धर्मको प्रचार । सक्नुहुने भएकाले बोल्नलाई अभि सर अङ्ग्रेजी । भयो सम्पर्क उनीहरूसँग निरन्तर ।
सक्दैनन् बिर्सन कसैले पनि अभि सरलाई । भएको भए पनि भेट मात्र एकपटकको । चिनिनुहुन्छ देखिएको स्वरूपबाटै उहाँलाई । हुनुहुन्छ होला छ फिटभन्दा अग्लो । छ निधार पनि ठूलो । छन् आँखा बलिरहेकाजस्ता उज्याला । टाउकोमा छ देखिने गरेर तालु । पछाडिपट्टि छन् अलिअलि कपाल । बोकिरहनुहुन्छ हातमा सधैँ एउटा झोला । हुन्छ पहिरन सधैँ अनौपचारिक । हेर्दा झ्वाट्ट देखिनुहुन्छ विदेशीजस्तै । नहुनुभएजस्तो नेपाली पटक्कै । चिनिनुहुन्छ भीडमा पनि टाढैबाट । नचिन्दा पनि लागिहाल्छ हो मान्छे विद्वान् नै भन्ने । होइन लागेको मात्र जिउज्यानले । हुनुभएकाले नै हो अग्लो योगदानले ।
भएपछि कुनै पनि सन्दर्भले नजिक । बोल्नुभएपछि मात्र केही शब्द । भएजस्तो लाग्छ नजिकैको पहिलेदेखिकै । सक्नुहुन्छ पार्न प्रभाव शालीन र सरल व्यवहारले ।
गर्नुहुँदा रोपाइँ गाउँको गैह्रीखेतमा । गाउनुहुन्थ्यो गीत मीठो स्वरमा । गाउनुहुन्छ अहिले पनि त्यत्तिकै मीठो आवाजमा । नगर्नुभएकाले मात्र गीतहरू रेकर्ड । नबजेकाले मात्र सञ्चार माध्यममा । हुनुहुन्थ्यो नत्र गायक गज्जबकै ।
पढाइमा नै गएकाले ध्यान पहिलेदेखि । परेको छ ओझेलमा आवाज र बाजाको । पढिरहनुहुन्थ्यो गाउँमा हुँदा पनि त्यत्तिकै । छुट्टी हुँदा स्कूल चराउन जानुहुन्थ्यो भैँसी । डाढमा बसेर पनि भैँसीको । पढिरहनुहुन्थ्यो अङ्ग्रेजीका पुस्तकहरू नै । पढ्नुहुन्छ अहिले पनि पाएसम्मका पुस्तकहरू । भए पनि नेपाली र अङ्ग्रेजी भाषाको ।
हुनुभएको भए पनि गाउने, लेख्ने र नाटक गर्ने पनि । हुनुभयो लोकप्रिय भने गीतमा सबैभन्दा बढी । भएको थियो प्रचार पनि टाढासम्म । सिकाउने गर्थे दार्जिलिङका स्कूलहरूमा समेत उहाँका गीतहरू । चिनिनुहुन्थ्यो सबैतिर हुँदा पनि युवा भर्खरको ।
हुनुभएको थियो आकर्षित विद्यार्थी राजनीतिमा । बनेको थियो समूह नै त्रात्रस्कीको । जानुहुन्थ्यो सुन्नलाई भाषण नेताहरूको । मन पराउनुहुन्थ्यो विशेष पुष्पलाललाई । देखेपछि प्रतिभा अभि सरको । नजिकिएका थिए नेताहरू पनि कम्युनिष्ट पार्टीका । भएको बेला आमसभा पार्टीको । जम्मा गर्नलाई मान्छेको भीड । लगाउँथ्यो गाउनलाई गीत अभि सरलाई ।
पढ्नु हुँदा बिए धरानमा । हुनुभयो सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी । पूर्वाञ्चलका सबै क्याम्पसहरूमा भन्दा । पाउनुभयो नियमअनुसार महेन्द्र छात्रवृत्तिको पुरस्कार । थाहा भएपछि उग्र व्यवस्था विरोधी भएको । खोसियो पाएको पदक र पुरस्कार । मिलाइदिएपछि कसैले फेरि । पाउनुभो पछि काठमाडौँ पढ्न आउँदा ।
हिँडिरहनुभएको भए निरन्तर बाटो राजनीतिको । भइसक्नुहुन्थ्यो होला मन्त्रीसन्त्री पनि । गुड्नुहुन्थ्यो होला फहराउँदै देशको झण्डा गाडीमा । लाग्नुभएको भए त्यही बाटो । लाग्ने रहेछ घाटा हुनसम्मको नेपाली साहित्यलाई । हुन्थ्यो घाटा विशेष कविता, नाटक र निबन्ध विधालाई ।
ठान्नुभयो सत्य धेरै पछिसम्म राजनीतिलाई नै । लागिरहनुभयो जोडले धेरै समयसम्म । बोक्नु भएर विचार राजनीतिक पार्टीको । भएको बेला आमसभा हुन्थ्यो धेरैजसो भागदौड । हुने गर्थ्यो हस्तक्षेप प्रहरीबाट । बाँच्नुभएको थियो गोली लाग्नबाट एकपटक । थियो हानेको गोली अञ्चलाधीशले नै । गर्नेभयो पक्राउ प्रशासनले भनेर । भाग्नुभयो भारततिर रातभरि हिँडेर चारकोशे झाडी ।
हुनुभएको थियो लोथ थकाइले बिहान हुँदा । बस्नुभएको बेला चिया पिउन । निदाउनुभएछ त्यहीँ नै मस्तले । सुन्नुभएछ छ त्यहीबेला आवाज मञ्जुलको । ‘अभि, गर्नुहुँदैन हामीले राजनीति । कविता लेख्ने कवि पो हौ हामी ।’ ब्युँझ्नुभएछ सुनेपछि त्यही आवाज । छोड्नुभो त्यसपछि चटक्कै राजनीति । नहेर्ने गरी फर्किएर कहिल्यै पनि । सक्नुभयो चिन्न गहिरोसँग आफ्नो प्रतिभालाई । फर्काउनुभो मूलधारमा आफूलाई । खर्च गरेका राजनीतिका वर्षहरूलाई । ठान्नुभएन भयो घाटा भनेर पटक्कै ।
बजिरहेको थियो निरन्तर लेखक बन्ने धुन आफैंभित्र । थाल्नुभयो निरन्तर गर्नलाई सिर्जना । आउनुभएपछि काठमाडौँ । हुन्थ्यो कहिलेकाहीँ खानलाई । मात्र एक बाउल थुक्पा दिनभरिमा । ठान्नुभएन त्यही पनि भएँ भोको भनेर । होइन बन्नुभएको त्यत्तिकै विशिष्ट नेपाली कविता र निबन्धमा । छ उस्तै विज्ञता समालोचना र नाटकमा पनि । लेख्नुहुन्छ बेजोडले अङ्ग्रेजी र नेपाली दुवै भाषामा । कमाउनुभएको छ प्रतिष्ठा पनि । नेपालीमा भएजत्तिकै अङ्ग्रेजीमा पनि ।
पढ्नुहुँदा एकैपटक त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा । हुनुभयो प्रभावित त्यही बेला हिप्पीहरूसँग । विशेष उनीहरूले बोक्ने किताबबाट । सुन्ने उनीहरूका सङ्गीतबाट । बस्नुहुन्थ्यो उनीहरूसँग घण्टौं झोछेँका कोठाहरूमा । भरिएको हुन्थ्यो सधैँ गाँजाको धूवाँले कोठा । गर्नु भएर पनि सङ्गत हिप्पीहरूसँग । गर्नुभएन अनुभव कहिले पनि नशाको ।
भइसक्नुभएको भएको छ आयुले आठ दशकको । छ आवाज सुनिरहन मन लाग्ने अहिले पनि । छ कला त्यस्तै बोलीमा पनि । बन्नुहुन्छ सरल र शालीन । गर्नुहुन्छ व्यवहार अरुलाई हार्दिक । होइन आउने त्यत्तिकै निम्तो विदेशबाट पटकपटक । बनेको छ छवि अन्तर्राष्ट्रिय नेपाली स्रष्टामा । गर्नु हुँदैन दम्भ कसैसँग पनि । हुनुभएकाले अग्लो ज्ञान र अनुभवले गर्दा । हुनुभए पनि धेरै देखिनुभए भन्दा । लेख्नुभएजस्तै कविता कविशिरोमणि लेखनाथले । निहुरिएजस्तै सधैँ फलेको वृक्ष । हुनुहुन्छ फल्नुभएको लटरम्मै अभि सर । बन्नुभएर नतमस्तक । थपिरहनुभएको छ उचाइ आफ्नो ।
गर्नुभएर विद्यावारिधि हुनुहुन्छ डाक्टर । पढाउनुभयो पचास वर्षभन्दा बढी । गर्नुभएको थियो स्नातकोत्तर भाषा विज्ञानमा बेलायतबाट । हुनुहुन्छ प्राध्यापक त्रिभुवन विश्वविद्यालयमा । छ नामअगाडि प्रा. र डा.। गर्नुहुन्न रहर राख्नलाई नामअगाडि दुइटै विशेषण । छन् केही भने छुट्दा सम्बोधनमा पनि । गर्छन् भएजस्तो अपमान । हो फरक नै यही अभि सर र अरुमा ।
छापिएको थियो पहिलो कविता तेह्र सालमा । अर्थात् हुनुहुँदा मात्र वर्ष एघारको । ‘नानी रोयो’ शीर्षकमा । ‘नौलो पाइला’ थियो पत्रिका । पठाउनुभएर हुलाकबाट । प्रकाशित भएको थियो ‘रूपरेखा’ पत्रिकामा ‘कविता र जीवन’ । छापिएको भए पनि कविता पहिला । छापियो तीस सालमा पुस्तक पहिलो समालोचनाको । भएको थियो प्रकाशन ‘पाश्चात्य काव्य सिद्धान्त’ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ।
छन् नाटकका प्रकाशित पाँच कृति । लेख्नुभएपछि सन्ताउन्न सालमा ‘आरुका फूलका सपनाहरू’ । हुनुहुन्थ्यो प्रमुख त्यतिबेला केन्द्रीय अङ्ग्रेजी विभाग त्रिभुवन विश्वविद्यालयको । निस्किएपछि नतिजा परीक्षाको । भएन चित्तबुझ्दो पटक्कै भनेर । लगाइदिएका थिए आगो विद्यार्थीहरूले विभागमा । गरिएको भए पनि काम विध्वंशको । बनाएर त्यही विषयलाई । गर्नुभयो काम सिर्जनात्मक । लेख्नुभएर नाटक ‘अग्निको कथा’ । भएपछि नाटकको मन्चन । भए सहयोगी आगो लगाउने विद्यार्थीहरू नै । बनाएका छन् तिनीहरूले नै अग्निहोत्री समूह ।
छन् निबन्धका तीन कृति । कविताका दुई र समालोचनाका चार पुस्तक । भएका छन् अनुवादका पाँच पुस्तक । गर्नुभएको छ अनुवाद र सम्पादन पच्चीस वर्षका नेपाली कविता (२०३९), जापानी हाइकु हिजो र आज (२०४४), जापानी नोह नाटक र पोइम्स अफ सेन्चुरीजस्ता महत्त्वपूर्ण पुस्तकहरू । लेख्नुभएको छ नेपाली साहित्यको इतिहास अङ्ग्रेजीमा । राखेर नाम ब्याकग्राउण्ड एण्ड हिस्ट्री, इङ्गलिश फर स्पेशल पर्पोज, क्यासिङ ड्रिम्स (नाटक) जस्ता अङ्ग्रेजी भाषाका पुस्तकहरू ।
हुँ म पनि विद्यार्थी नै पाटन क्याम्पस पढ्दा । पढाउनुहुन्थ्यो अनिवार्य अङ्ग्रेजी । सकिनँ हुनलाई नजिक विद्यार्थी हुँदा । होलान् विद्यार्थी हजारौँका सङ्ख्यामा । हुनुहुँदो रहेछ विद्यार्थी पुष्पकमल दाहाल प्रचण्ड पनि । हुनुहुँदो रहेछ कमल थापाहरू पनि ।
हुनथालेको थियो बल्ल सम्बन्ध सरसँग । लेख्न थालेपछि रहर गरेर साहित्य । गर्नथालेपछि काम मधुपर्कमा । जोडिएको थिएँ हार्दिकतापूर्वक अभि सरसँग । भेट हुँदा जहिले पनि उहाँसँग । भएजस्तो लाग्छ सत्संग । हुन्छ नपुगेको जस्तो समय जहिले भेट हुँदा पनि ।
हुनुभएको भए पनि विद्वान् अङ्ग्रेजीको । विश्वास गरेको भए पनि धेरै गोरा छालाहरूले । गर्नुहुन्छ व्यवहार सबैसँग हार्दिक । नभएजस्तो केही पनि । भएजस्तो मान्छे सामान्य । भन्नुहुन्छ हुँ म नेपालीको लेखक ।
गर्छन् सम्मान विदेशमा पनि त्यत्तिकै । हुनुभएर सङ्गम साहित्य, कला र सङ्गीतको । हुनुभए पनि व्यक्तित्व त्रिवेणीको । मानिनुहुन्छ बढी त्योभन्दा । छ चिन्तन त्यत्तिकै चित्रकलामा पनि अभि सरको । गर्नुहुन्छ समीक्षा चित्रकलाको पनि । छ सामर्थ्य बुझ्ने अमूर्तलाई पनि मूर्तमा । पचाउनुभएकाले पाश्चात्य साहित्य । दिनुभएको छ नयाँपन सिर्जनामा । लेख्नुभयो नेपाली कविता जापानी हाइकु शैलीमा । हुनुहुन्छ अध्यक्ष नेपाल सेन्टर अफ इन्टरनेशनल थियटर इन्ष्टिच्युटको ।
बनेको छ गहिरो सम्बन्ध कफी रेष्टुरेन्टहरूसँग । लिँदै चुस्की कफीको । परिसकेको छ बानी पुस्तक पढ्ने । गर्नुहुँदा पनि भेटघाट कसैसँग । गर्नुहुन्छ कुराकानी पिउँदै कफी नै । बनेको छ नियमितता नै भेटघाट गरिरहने कफीसँगै । लेखक, पत्रकार र कलाकारसँग भेट्दा पनि ।
छ सम्बन्ध विशेष मण्डला बुक प्वाइन्टसँग । बनेको छ भरपर्दो सम्पर्क स्थल नै । आउँछन् पत्रहरू यहीँ । आउँछन् निम्ताहरू कार्यक्रमका । आउँछन् निम्ता विवाह, व्रतवन्धहरूका पनि । छोड्छन् किताबहरू पनि अभि सरलाई यहीँ । कुरा गरेर मिलाएपछि समय । कुर्छन् भेट्नुपर्नेहरूले पनि यहीँ । भए पनि बिक्री केन्द्र किताबको । बनेको छ सम्पर्क केन्द्र अभि सरको । बनाउनुभएर केन्द्र किताबलाई । हुनुभएको छ पढ्ने पनि सबैभन्दा धेरै देशको र विदेशको पनि ।
भाउजू विन्दु सुवेदी पनि हुनुहुन्छ सुपरिचित नेपाली साहित्यमा । बिताइसक्नुभएको छ साढे तीन दशक सिर्जनामा । नियात्रा, कथा र बालसाहित्यमा छन् आधा दर्जन कृति । छ प्रतिष्ठा पनि त्यत्तिकै नेपाली साहित्यमा । गर्नुभयो सम्पादन पाँच वर्ष ‘अक्रस’ को । पत्रिका थियो नेपाली र अङ्ग्रेजी भाषाको । गर्नुहुन्थ्यो सम्पादन नेपालीको उहाँले ।
हुनुहुन्छ छोराहरू पनि सङ्गीतमा प्रसिद्ध । बजाउनु हुन्छ बाजा डिजेरुड्डु । हो यो बाजा अष्ट्रेलियाका आदिवासीले बजाउने । छ बाजा अग्लो मान्छेभन्दा । बजाउनु पर्छ फुकेर मुखले । भएको भए पनि सङ्गीत फरक किसिमको । चिनिनुभएको छ विश्वमा नै सलिल र गिरीशलाई । लेख्नु हुन्छ सलिल पनि । बाजा र सिर्जनाले घुमिरहनुहुन्छ विदेशमा सलिल । गिरिश हुनुहुन्छ गिटारिष्ट । छ परिवार नै प्रतिभाशाली । बस्नुहुन्छ मण्डिखाटारमा सिर्जना सङ्गीतका परिवार । छन् विज्ञ सबैजना आआफ्ना विषयमा । हुनुभएको छ सम्पन्न भएर सफल परिवार । बनेजस्तै घर परिवार नमूनाको । बनेको छ उदाहरण नै परिवारको ।
थियो कार्यक्रम लोकार्पणको शिल्पी थियटरमा । नियात्रासङ्ग्रह थियो ‘युरोप यात्राका संस्मरण’ भाउजू विन्दु सुवेदीको । भरिएका थिए सबै कुर्सीहरू प्रेक्षालयमा । मन्चमा राखिएको थियो मात्र तीनवटा कुर्सीहरू । हुनुहुन्थ्यो प्रमुख अतिथि प्राडा. अन्जना भट्टराई । नाताले आफ्नै सम्धिनी । हुनुहुन्थ्यो लेखकका रूपमा भाउजू । थिएँ वक्तामा म । बस्नुभएको थियो दर्शकदीर्घाको बीचबीचमा अभि सर र गोविन्दराज भट्टराई सर । हुनुभएर विद्वान् दुवैजना । हुनुभएर विशिष्ट स्रष्टा र समालोचक । नबस्नुभएर मन्चमा दुवैजना । नदेखिनुभएर कुनै पनि भूमिकामा । राखेर मजस्तालाई मन्चमा । देखाउनुभएको थियो छाती हुनसम्मको ठूलो । होइन देखाउन खोज्नुभएको पक्कै महानता । बन्नुहुन्छ यसरी नै उदाहरण समय र सन्दर्भमा ।
हुनुभएर पनि व्यक्तित्व यस्तो । हुनुहुन्छ शालीन हुनसम्मको अभि सर । गर्दा पनि टिप्पणी उहाँमाथि । गर्नुभएको देखिँदैन प्रतिवाद कहिल्यै । बनेको थियो चलचित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको । पारेर समय शतवार्षिकी । गर्नुभएको थियो अभिनय भूमिकामा देवकोटाको । सन्दर्भ थियो त्यही चलचित्रको बारेमा । टिप्पणी गर्ने अव्यावहारिक व्यक्तिलाई । दिनुभएको थियो जवाफ केही पनि नबोलेर । बनाइदिनुभएको थियो । हुने गरेर आकाशतिर फर्केर थुकेजस्तै ।
होइन हुनुभएको त्यत्तिकै लोकप्रिय । सक्नुभएकाले गरिरहन स्वागत नयाँ पुराना स्रष्टाहरूलाई । छ शैली आफ्नै पत्रिकाको स्तम्भ लेखनमा । छ अभि सुवेदीपन निबन्धमा त्यत्तिकै । गर्नुहुन्छ समालोचना पनि फरक किसिमले । हुनुहुन्छ झन् विशेष विश्व साहित्यमा । गर्नु हुँदैन समीक्षा र समालोचना परम्परागत सिद्धान्तले । गर्नुहुन्छ पूरै स्वतन्त्र हुनुभएर । सक्नुहुन्छ त्यही भएर सजिलै चिर्नलाई भ्रमहरू । छ सामर्थ्य समालोचनाको देखाउनलाई छर्लङ्गै ।
हुनुभएर नै हो पूर्ण सबैमा । हुनुभएको छ हार्दिक अभि सर । सकिरहनुभएको छ बन्नलाई सबैको । सक्नु हुनेछ बनिरहनलाई सधैँको अभि सर । कमाउने जीवनमा योभन्दा बढी होला नै के र सर ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ पुष २०८२, शुक्रबार 










