हुँदैन नभेटुन्जेलसम्म सम्बन्ध कसैसँग । हुँदैन सरोकार पनि कुनै । रहँदैन भेटे पनि अर्थ । हुँदै जान्छ जोडघटाउ सम्पर्कमा आएपछि नै । हुँदै जान्छ हिसाबकिताबमा जोडघटाउ । हुन्छन् सम्बन्ध यस्ता पनि । नजिकै लाग्छ टाढा भएर पनि । भेटिसकेजस्तो लाग्छ भेटै नहुँदा पनि । चिनिसकेजस्तो लाग्छ चिन्दै नचिन्दा पनि । हुन् सबै अनुभव र अनुभूतिका कुरा । हुन् मनका कुरा । हुन् इमानदारी र आदर्शका कुरा पनि ।

भएको थियो सम्बन्ध त्यस्तै परशु प्रधानसँग । हुनुहुन्थ्यो नभेटेरै चिनेको साहित्यकार । भएको परिचय अक्षरका माध्यमबाट । भोजपुरको उहाँ । ललितपुरको म । टाढा भूगोलले कता हो कता । नजिक भावनाले नजिकिएकाभन्दा बढी । लाग्छ यस्तै मलाई ।

छन् पाठक असङ्ख्य उहाँका सृजनाका । भएँ एक जना म पनि । नआउँदै धर्तीमा म । छापिसकेको थियो ‘मेरो कोठाको आँखाबाट’ । बनिसकेका थिए अक्षरका चित्रहरू । न फुट्दै मेरा आवाज । जानेदेखि नै पढ्न साहित्यिक अक्षर । परेको थियो गहिरो प्रभाव कथाक्षरको शक्तिले उहाँको ।

परशु प्रधान

भनेको त्यसैले नभेटेरै चिनेको कथाकार परशु दाइ । नदेखेरै श्रद्धा गरेको स्रष्टा । शिरनत गर्दा ठाडो भएजस्तो लाग्छ आफ्नै । गर्दा सम्मान उहाँलाई । लगाएजस्तो लाग्छ माला आफ्नै घाँटीमा ।

बनाएको छ सिर्जनशील भोजपुरको पानीले धेरैलाई । छन् धेरै जना स्रष्टा भोजपुरकै । छन् स्थापित पनि त्यत्तिकै । छन् गतिलो स्थानमा पनि । बनाउनुभएको छ धनी नेपाली कथालाई परशु प्रधानले । रहेछ गज्जब पानी पिखुवाको । बनाएका छन् एकै घरका पनि धेरै जना ।

लेख्नुभएको छ धेरै परशु प्रधानले । सक्नुभएको होला अक्षरमा ड्रमका ड्रम मसी । सक्नुभएको होला लेखेर कति टन कागज । नपाइने हिसाब हो यो कोहीसँग पनि ।

बाँडिनुभएको छ विधाका हिसाबले पनि धेरैमा । कथाको भने बन्नुभएको छ सिङ्गो देश नै । बनाउनुभएको छ बालकथालाई प्रौढ । बनाउनुभएको छ उपन्यासको आफ्नै ठाउँ । गनुभएको छ रचनागर्भको उत्खनन । निबन्ध, समीक्षा, समालोचना । बग्न सक्नुहुन्छ अक्षर भएर जे लेख्दा पनि । आधिपत्य भने कथाको नै छ परशु प्रधानको नाममा । हो पनि उहाँ नै । कथालाई आधुनिक बनाउने । बलियो बनाउने पनि उहाँ । होलान् अरू केही परशु प्रधानहरू पनि । कथाको कीर्तिमान् छ उहाँकै । झन्डै तीन सय कथा लेख्नेको । सङ्ग्रहको पनि कीर्तिमान् नै ।

श्रीओम श्रेष्ठ ‘रोदन’

पुग्दैन उहाँलाई भनेर कथाकार मात्रै त्यही पनि । हुन्छ कन्जुस्याइँ गरेजस्तो । भन्नुपर्छ आख्यानपुरुष नै सिद्धहस्त । हुँदैनन् कथामा उहाँका कथा मात्रै । जीवन त हुन्छ नै । हुन्छ त्यसभित्र ढुकढुकिने ढुकढुकी पनि । गाउँको भए पनि । सहरको भए पनि । गरिबको भए पनि । धनीको भए पनि । छ कथाकला सबैलाई चित्रका रूपमा उतार्नसक्ने । नारी पुरुष जसका भए पनि । हुन्छ शक्ति हृदयमा सुरक्षित बस्न सक्ने ।

छ क्षमता अद्भुत । बनाउन विषयवस्तु । घटना, पात्र र जीवनशैलीमा पनि । विषयअनुसार पात्र । पात्रअनुसारको परिवेश । उतार्नुहुन्छ पीडा, चाहना, गुम्फनलाई सजीव रूपमा । होइन त्यत्तिकै बस्न सक्नुभएको मन-मनमा परशु प्रधान ।

बनाउनुहुन्छ कथालाई पाठकसँग हुनसम्मको नजिक । पढ्दै जाँदा कथा । बन्दै गएजस्तो हुन्छ आफैँ पात्र । हुन्छ अनुभूति भेटेजस्तै पात्रसँग । कुरा गरेजस्तो कानैमा आएर पात्रले । राख्नुहुन्छ सामर्थ्य शक्ति कथामा ।

हुनुहुन्छ थकाइ नमार्ने कथाकार । हुनुहुन्छ निरन्तरयात्री । सुरु गरेपछिको सृजनायात्रामा । हुनुभएको छैन विचलित कहिल्यै । जीवनका जस्तै उकालीओरालीमा पनि । ठान्नुहुन्छ धर्म नै लेखन कर्मलाई । नहोलान् धेरै नरोक्ने कलमलाई कहिल्यै । दुःख हुँदा पनि । सुख हुँदा पनि । पदमा हुँदा पनि । पावरमा हुँदा पनि । बैँसमा पनि । बुढ्यौलीमा पनि ।

मार्न दिनुहुन्न थकाइ कलमलाई कहिल्यै । न गर्नुहुन्छ आराम नै । हो परशु प्रधान हुनुको अर्थ पनि । हो विशेषता पनि यही । भइसकेको छ सृजनाका वर्ष छ दशकका । भएर सधैँ ऊर्जाले भरिभराउ । होइन यो निरन्तरता सामान्य । समर्पण सृजनामा साठी वर्षभन्दा बढीको । होइन कुनै किसिमले पनि सामान्य । हो असामान्य र हो महाविशेष नै ।

तपस्याजस्तै ऋषिमुनिको । पढेजस्तै पुराणमा परशु प्रधान । भए होलान् जीवनमा कतिकति विकटयात्रा । भए होलान् कति निकटयात्रा पनि । भए पनि सहज असहज यात्रा । लिनुभएको छैन साथ कहिल्यै विश्रामको । बन्नुभएको छ कथाकार अविश्रान्त ।

बगिरहने पानीजस्तै निरन्तर । साधनाले सृजनाको नदीमा । परशुराम श्रेष्ठबाट बन्नुभयो परशु प्रधान । देखेर दार्जीलिङका प्रधान । अझ बढी पारसमणि प्रधान । माघको तीस गते जन्मनुभयो भोजपुरमा । साल थियो दुई हजारको । गर्नुभयो काम सुरुमा राससमा । पुर्‍याउने घरघरमा समाचार । बन्नुभो लाइब्रेरियन । महिनाको साढे दुई रुपियाँको तलबमा ।

आउनुभो झापामा तेइस सालमा । भएको थियो देशव्यापी साहित्य सम्मेलन । भयो भेट केदारमान व्यथितसँग । आउनुभो काठमाडौँ र खानुभो जागिर साझा प्रकाशनमा । जानुभो सरकारीमा छब्बीस सालमा ।

होइन पुर्‍याएको मात्र । भोजपुर बजारबाट बानेश्वरसम्म । पुर्‍याएको छ हिमाल, पहाड, तराईका घर-घरसम्म नै । पुर्‍याएको छ विद्यालय, विश्वविद्यालय, पुस्तकालयमा । अक्षर पुग्न सक्ने सबै ठाउँमा । छैन नपुगेको कुनै ठाउँ । होइन कुरा देशको मात्र । पुग्नुभएको छ नेपाली पुगेका सयौँ देशमा पनि । पुग्नुभएको छ सम्भावनाभन्दा धेरै टाढा । पुग्नुभएको छ अक्षरै भएर मनमा ।

हुँदैन सजिलो पस्न पाठकको मनमा । जानेकै हुन्छन् आँखाले देखिने सत्य सबैले । हुन्छन् जीवनका पत्रेचट्टानजस्ता कथाव्यथा । हुन्छन् भोगाइका क्षणहरू नदेखिने गरी । हुँदैन सजिलो नजिकिएर केलाउन पत्रपत्रमा । आत्मसात् गराउन अरूलाई । हुनुहुन्छ यसमा पनि जादुगरजस्तै ।

सक्नुहुन्छ सहज रूपमा नदेखिने मान्छेका दुःख देखाउन । सक्नुहुन्छ लुकाएरै चाहनालाई देखाउन । सक्नुहुन्छ अभावलाई महसुस गराउन । प्रेमलाई आत्मसात् गराउन । नभनीकन यौनलाई प्रकट गर्न । सक्नुहुन्छ बुन्न कुण्ठालाई सौन्दर्यले । सक्नुहुन्छ सुनाउन हृदयको ढुकढुकी । भने पनि होइन यौन कथाकार मात्रै । छन् कथाहरू सामाजिक र आञ्चलिक । सांस्कृतिक र राजनीतिक पनि ।

हुनुहुन्छ त्यसै पनि नेपाली साहित्यको शिखरमा । साहित्यको इतिहास निमाणर्कर्ता पनि । हुनुहुन्छ अभियन्ता पनि कतिपय अभियानका । होइन लेख्नु मात्र ठूलो कुरा । राम्रो लेख्दा मात्र हुन्छ ठूलो काम । होइन विशिष्टता राम्रो लेख्नु मात्र पनि । लेखनीबाट नयाँ कुराको परिचय स्थापित गर्दा हुन्छ विशेष । परशु दाइ होइन थरले मात्र । हुनुहुन्छ कामले पनि प्रधान नै ।

गर्नुभो प्रयोग सृजनामा । शृङ्खलाबद्ध कथा ‘सीताहरू’बाट । रचनाको गोप्यता भङ्ग गर्नुभयो ‘रचनागर्भ’बाट । गर्नुभो कथोपन्यास पनि । होइन साहित्यमा मात्र ।

गर्नुभएको छ विद्रोह व्यवहारमा पनि । गर्नुहुन्छ आँट जेमा पनि । नआउँदै मुलुकी ऐन । गर्नुभो विवाह प्रेमविवाह उपाध्याय ब्राम्हणकी छोरीसँग । गर्नुभो सामाजिक परिवर्तनको उद्घोष । हुन सक्दैन योभन्दा क्रान्तिकारी काम अरू ।

गराउनुभो लेखकहरूलाई सहकारी भावनाबाट सङ्गठित । निवृत्त भएपछि जागिरबाट बाउन्नमा । बनाउनुभो सफल विराटनगरमा वाणी प्रकाशन । बनिसकेको थियो कुनै समय तीर्थस्थलजस्तै । राजधानीजस्तै लेखककविहरूको । गिज्याएजस्तै हुन्थ्यो सरकारी संस्थालाई । हुन्थ्यो कार्यक्रम निरन्तर । भइहन्थे प्रकाशन । थिए पुरस्कारहरू पनि ।

बन्नु भएन साहित्य र कथाको मात्र परशु प्रधान । बन्नुभयो नवीन चिन्तक पनि । साहित्यिक सङ्गठक र कुशल व्यवस्थापक पनि । उत्प्रेरक नवपुस्ताका लागि पनि ।

बनाउँछ कीर्तिमान् अन्य क्षेत्रमा नयाँ काम र नवीन सोचले । होला राखिएको कहाँ अभिलेख ? परशु प्रधानले कायम गर्नुभएको अभिलेख ? बन्छन् विश्व कीर्तिमान् सर्वोच्च शिखरमा । भारी बोकेर जानेहरू पनि सगरमाथाको शिरमा पुगेपछि । हुन्छन् चर्चित पनि । हुन्छन् अन्य क्षेत्रमा पनि त्यस्तै । नभएका किन होला साहित्यमा ? होइन कामै नलाग्ने र कामै नभएकाहरूको मात्र क्षेत्र । होइन फुर्सद भएकाहरू मात्र लाग्ने क्षेत्र पनि । सोचिन्छ भने त्यसरी समाजमा । होइन गरिब चिन्तन मात्र । हो महागरिब सोच पनि । सुक्खै छैन परिवर्तन नगरेर यसलाई ।

भइसकेका छन् साहित्यकार नै देशका प्रधानमन्त्री र मन्त्रीहरू । मुख्यसचिव र सचिवहरू । प्रहरी र सेनाका प्रमुखहरू । न्याय, शिक्षा, स्वास्थ्य, कृषिमा पनि भएका छन् उपल्ला दर्जाका । छन् त्यत्तिकै उद्योगपति, व्यापारीहरू पनि । राखिँदैन किन चासो साहित्यमा ? किन हुँदैन साहित्यको सगरमाथा ? किन बन्दैन साहित्यमा कीर्तिमान् ? किन बन्दैन साहित्य अरू क्षेत्रका लागि ?

हुन्छ भने होइन परशु प्रधान मात्र । छन् बनिसकेको धेरै परशु प्रधानहरू । चुमेका छन् पैतालाले कीर्तिका शिखरहरू । कृतिका शिखरहरू पनि । हुन्छन् सबैका लक्ष्य सगरमाथा नै । सिर्जन कर्म र सिर्जन धर्ममा लाग्नेका । हुँदैन सबैका लागि सम्भव । हुँदैन इच्छा र उद्देश्यले मात्र । मोडिएका छन् कतिका पैताला बीचमै । आँटै गरेर गएकाहरू पनि । पुगेका छन् कोही-कोही । होलान् केही माथिसम्म पुगेका । बनाएका छन् अन्तिम शिविर त्यसैलाई । कम छन् साहित्यशिखर आरोहण गर्ने । पर्नुहुन्छ कममध्येको कममा पनि परशु प्रधान ।

हुँदैन सजिलो साहित्यको शिखरमा पुग्नु । पुगिहाल्दा पनि हुन्छ गाह्रै टिकिरहन । होइन हुने रहरले । हुन सक्ला आवधिकजस्तै धनले र शक्तिले । पुर्‍याएको छ अहिलेसम्म साधनाको प्रतिबद्धताले मात्र । साठी वर्षको साधनाले पुर्‍याएको हो परशु प्रधानलाई । बन्दैन त्यत्तिकै अक्षरको सगरमाथा । बन्दैन परशु प्रधान पनि पटक-पटक ।

हुनुहु न्न बेइमान सृजनामा । हुनुहुन्न खुराफाती पनि यथार्थमा । बोल्नुहुन्छ त्यही जे लाग्छ उहाँलाई । भन्नुहुन्छ देखिएजस्तै । देख्नु हुन्न फरक अरूले जसरी देखाए पनि । सुनेजस्तै खोजी गर्नुहुन्छ सत्यको । लगाउनु हुन्न पङ्खा अरूका कुरामा । ठान्नु हुन्छ सही भोगिएकोलाई नै । बहकिनु हुन्न अरूले भरेको फूलबुट्टामा । गर्नुहुन्न कृत्रिमताको कुनै रङमा पनि । फेर्नु हुन्न रूप बादलको आकारजस्तै । भड्किनु हुन्न भ्रममा । हुनुहुन्छ प्रस्ट आफ्ना लागि र अरूका लागि पनि । नगर्ने भएकाले दायाँबायाँको हिसाब ।

सक्नुभएजस्तो लाग्दैन रमाउन । गाएर अरूका भजन । भन्नुहुन्छ देखिएजस्तै । सुनिएजस्तै र भोगिएजस्तै । चुक्नुभएजस्तो लाग्दैन इमानमा । सत्यलाई सत्य भन्न र गलतलाई गलत भन्न । जानुभएको छैन त्यही भएर कुनै मण्डलीमा छमछमी नाच्न । चाल्नुभएको छैन अरूको तालमा आफ्ना गोडाहरू । थाप्नुभएको छैन आशीर्वाद नबनेको मूर्तिलाई पूजा गरेर । छोड्नुभएको छैन आफ्नो कर्म । गर्नुहुन्छ विश्वास आफ्नो लेखनमा । हो आफ्नोपन । हो यही नै परशु प्रधानपन ।

जे-जे भने पनि । प्रजातन्त्र, गणतन्त्र । समाजवाद, जनताको वाद । बढेको छैन अगाडि चाकडीवाद र चाकडीतन्त्रभन्दा । घटेको छैन बेइमानी, बदमासी र स्वार्थीपनमा । नगर्नुभएरै होला नमोलेर हात । नगर्नुभएर चाकडी र चाप्लुसी । नपुग्नुभएको होला कमलादी भवन । हुनुभएकैले होला स्वाभिमानी । चिन्न नसकेको कमलादी पठाउनेहरूले । कस्तो लाज पनि लजाउने कुरा । छैन गरिमा पनि हुनुपर्ने जति । छन् भित्रिनेहरू नारा लगाउनेहरू नै । उचाइ नपुगेर टोपी लगाउनेहरू ।

पुग्न दिइएको छैन पस्न ढोकाबाट परशु प्रधान । अरू परशु प्रधानहरू पनि । हुँदैन केही नलगाएर कमलादीको कोट । भएका के नै छन् लगाउनेहरू पनि । भएको छ मात्र जागिर । अग्लो छ उचाइ परशु प्रधानको । कोटमा ब्याच भिर्नेहरूको भन्दा धेरै । माथि छ सृजनाका प्रतिष्ठा । हुँदैन जान शक्तिकेन्द्रका दैला-दैलाका लोकसेवा पास गर्न ।

बेइमानी हो यो प्राज्ञिक क्षेत्रको । हो बेइजती पनि । आउला नि हिसाबकिताब गर्ने दिन पनि ।

गरिरहे पनि सम्मान साहित्य र समाजले पनि । अटाउनु हुन्न किन परशु प्रधान ? होइन एक्लो उहाँ मात्रै । छन् धेरै अटाउन नसकेकाहरू । बढ्दै गए यस्तै परम्परा । बढ्दै गए परशु प्रधानजस्ता स्वाभिमानी स्रष्टाहरू । देखिएला कस्ता अनुहारहरू । नेपाली साहित्यको ऐनामा । भएको छ डरलाग्दो, मात्र अनुमान गर्दा पनि ।