जर्मनीको म्युनिखस्थित डच म्युजियममा काम गर्ने एक प्राविधिक कामदारले सक्कली चित्रकला बेचेर नक्कली चित्र राखिदिने व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ ।
नाम नखुलाइएका ती ३० वर्षे व्यक्तिले सो चोरीको मामिलामा एक वर्ष ९ महिना जेल सजाय भोग्नुपर्ने बताइएको छ । जर्मनीको गोपनीयताको कानुनअनुसार यस्ता अपराधका मामिलामा नाम मुछिएकाहरूको नाम सार्वजनिक गर्न मिल्दैन ।
उनलाई अदालतले ६० हजार युरो क्षतिपूर्तिको आदेशसमेत दिएको छ ।

सन् २०१६ देखि २०१८ का बीच ती व्यक्तिले सक्कली कलाहरू चोर्दै नक्कली राख्दै गरेको पाइएको हो । बेचेर आएको पैसाले ती व्यक्तिले रोल्स रोयसजस्ता महँगा गाडी, महँगा घडीहरू किन्ने गरेको समेत पाइएको छ ।
डच म्युजियम संसारकै सबैभन्दा ठूलो विज्ञान तथा प्रविधि म्युजियम हो । यसले विभिन्न निजी तथा सार्वजनिक संस्थाबाट कलाहरू किन्दै तथा भाडामा ल्याउँदै यहाँ दुर्लभ सामग्रीहरू प्रदर्शन गर्ने गरेको थियो ।
एक जना शोधकर्ताले चित्रकला अध्ययन गरिरहेका बेला द फेरी टेल अफ द फ्रग किङ शीर्षकको यो चित्र नक्कली रहेको आशंका व्यक्त गरेपछि यसको वास्तविकता अध्ययन गरिएको थियो ।
चोरी गर्दा यो चित्रकलाको वास्तविक फ्रेम राखिए पनि चित्र भने चोरिएको पाइएको थियो । वास्तविकको ठाउँमा नक्कली चित्र राख्दा धेरैले भेउ पाउन सकेका थिएनन् ।
यसअघि साढे ४ हजार युरो र ७ हजार युरोका द वाइनटेस्टिङ र टु गर्ल्स कलेक्टिङ वुड इन द माउन्टेन्स चित्रकला उनले बेच्न भ्याएका थिए । अर्को डिर्नडल शीर्षकको चित्र भने स्विट्जरल्यान्डका एक पारखीले ४९ हजार पाउन्डमा किनेका थिए ।
म्युजियमकी प्रवक्ता सबिन पेल्जर भन्छिन्, ‘हाम्रा सबै कामदारहरू एक से एक गज्जबका छन् । उनीहरू आफ्ना चित्रलाई माया गर्छन् तर कहिलेकाहीँ नकारात्मक ऊर्जाले उनीहरूलाई यसरी घेर्छ कि यस्ता दुर्घटना रोक्न सकिन्न ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







