
अदालतमा निर्दोष घोषित गरिएपछि रूँदै आरोपी । छेउमा लेखिका गलत व्यक्तिले सजाय पाएकामा दुःखी हुँदै तर वास्तविक अपराधी अझै फरार रहेकामा आक्रोश व्यक्त
चर्चित उपन्यास द लभली बोन्सकी लेखिका एलिस सिबोल्डले सन् १९८१ मा आफू बलात्कृत भएको बताएकी थिइन् । बलात्कारका आरोपी थिए, एन्थोनी जे. ब्रोडवाटर । अदालतमा न्यायाधीशका सामु उनले सत्यबाहेक केही नबोल्ने बताउँदै एन्थोनीले नै आफूमाथि बलात्कार गरेको बयान दिएकी थिइन् ।
त्यसपछि एन्थोनी कम उमेरकी युवतीलाई बलात्कार गरेको आरोपमा सन् १९८१ मा जेल परे । हालै उनी निर्दोष भएको भन्दै उनलाई अदालतले रिहा गर्यो । सो अवसरमा स्वयं लेखिका पनि थिइन् । उनले आफू कलिलो उमेरमा यी गलत व्यक्तिलाई अपराधको भागी बनाउन पुगेकामा ग्वाँ ग्वाँ रोइन् । उनले भारी मनले माफीसमेत मागिन् ।
उता एन्थोनीले भने ती कलिली बालिकाको यसमा कुनै गल्ती नभएको र खासगरी उनलाई बलात्कार गर्ने काला जातिको भएको र अदालतमा आफू एक्लो काला जातिको व्यक्ति उभ्याइएकाले उनले आफूलाई नै त्यो व्यक्ति ठान्नु गलत नभएको प्रतिक्रिया दिएका थिए ।
सन् २००१ मा लेखिएको लभली बोन उपन्यासलाई सन् २००९ मा फिल्म निर्देशक पिटर ज्याक्सनले सोही नामको फिल्म बनाएका थिए । फिल्मले निकै राम्रो व्यापार गरेको थियो ।
पार्कमा बिहानको मोर्निंग वाकमा निस्किएकी एलिसलाई कुनै अपरिचित व्यक्तिले कुटपिट गर्दै बलात्कार गरेको थियो । उनले अदालतमा भनिन्, म बलात्कृत भएँ । मैले न्याय खोजेकी थिइनँ । यत्तिका वर्षपछि पनि न्याय पाइनँ ।
बलात्कृत भएको पाँच महिनापछि साइराकस युनिभर्सिटीका एक जना विद्यार्थीलाई एन्थोनी ब्रोडवाटरलाई आफूले गल्लीमा देखेको र ऊ नै आफ्नो बलात्कारी भएको हुनसक्ने बताएकी थिइन् । तर ब्रोडवाटरले जहिले पनि आफू निर्दोष भएको बताउँदै आएका थिए ।
ब्रोडवाटर बलात्कारी भएको दुई प्रमाण प्रहरीले पेश गरेको थियो । पहिलो बलात्कृत महिलाले बोलेको कुरा र दोस्रो चाहिँ फरेन्सिक विश्लेषण । यो विश्लेषण अचेल अदालतले प्रमाणको रुपमा मान्दैन ।
अदालतले ब्रोडवाटरसँग माफी माग्दै प्रहरीले देखाएको प्रमाणमा अनेकन् गल्तीहरु भएको हालको अध्ययनबाट देखिएको बताएको थियो ।
लेखिकाको आफू बलात्कृत भएको संस्मरण लक्कीमाथि एउटा फिल्म बनाउने उद्देश्यका साथ पछिल्लो समय काम भइरहेको थियो । फिल्मका एक जना निर्माताले जब यसमा फिल्म बनाउने कुरा अघि बढाए, मुख्य आरोपी र जेल जीवन बिताइरहेका ब्रोडवाटरसँग भेट गरे । यो भेटपछि संस्मरणमा समस्या भएको महसुस भयो ।
निर्माताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, लेखिकामाथि जे भयो, त्यो अकल्पनीय भयो । घटना घटेकामा कुनै शंका छैन तर जो वयmि त्यसमा फँस्यो, त्यो गलत थियो भन्ने प्रस्ट देखियो । फिल्म निर्माता तिमोथी मुसिनेटले आफ्नो गोजीको पैसा लगाएर एक जासुस डान मायरलाई अनुसन्धानका लागि लगाएका थिए । डानले सन् १९८२ का बेला यो घटनामा अनुसन्धानमा भाग पनि लिएका थिए ।
निर्माताको भनाइ थियो, ब्रोडवाटर यसअघि कुनै पनि अपराधमा संलग्न थिएनन् । उनी काला जातिको हुनु उनको अपराध बन्न पुग्यो । जेल परेयता एन्थोनीले आफ्नो यस घटनामा संलग्नता रहेको विषयमा जे गर्न सक्थे, जति पैसा खर्च गर्न सक्थे सबै लगाएका थिए ।
यो घटनामा सबैभन्दा अप्ठेरो चाहिँ आफूले पत्नीलाई बलात्कारी नभएको विश्वास दिलाउन नसक्नु रहेको ब्रोडवाटरले बताएका छन् । उनले भने, मैले यो घटनाका कारण सबैथोक गुमाएँ । मैले मेरी पत्नीलाई आफू बलात्कारी नभएको विश्वास दिलाउन सकिनँ । मेरी पत्नी छोराछोरी जन्माउन चाहन्थी । यो घटनाका कारण मैले सन्तान उपहारका रुपमा दिन सकिनँ ।
ब्रोडवाटर अदालतबाट रिहा भइसकेपछि लेखिका सिबोल्डको संस्मरणमाथि फिल्म नबन्ने पक्का भएको भेराइटी पत्रिकाले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








