मोटरसाइकल कसरी उडाउने वा उडाउँदा उडाउँदै कसरी हाम्फाल्ने भन्ने कला त कसैले हलिउडका अभिनेता टम क्रुजबाट सिकोस् । उनको पछिल्लो फिल्म मिसन इम्पोसिबलः डेड रिकोनिङ पार्ट वन हिट भएपछि उनले मोटरसाइकल उडाउन के कस्ता अभ्यास गरेछन् भन्नेसमेत चासो बढेको छ ।
यो दृश्य फिल्माङ्कन गर्न अभिनेता टम क्रुजले १३ हजार पटक अभ्यास गरेका थिए । अभ्यासपछि पनि उनको यो दृश्य खिच्नका लागि तीन दिन लगाएका थिए ।
रेल भेट्टाउन उनले बाइकलाई यसरी दौडाउँछन् कि, त्यो हेर्दासमेत आङ जिरिङ्ग हुन्छ । उनको सो स्टन्ट यतिबेला संसारभर चर्चाको विषय बन्न पुगेको छ । संसारभरबाट यो फिल्मले १ अर्ब डलर बराबरको व्यापार गरेको छ ।
एक अखबारलाई अन्तरवार्ता दिँदै क्रुजले भनेका छन्, ‘यस किसिमको बाइक स्टन्ट नगरेको धेरै भएछ । र, सबै काम राम्रोसँग गर्नका लागि अभ्यासमाथि अभ्यास गरेँ । यसका लागि महिनौँको अभ्यास चलेको छ । यदि मैले विश्वसनीय तरिकाले यो काम गर्न सकिनँ भने कलाकार भएको के काम ?’
मोटरसाइकल दौडाउँदा जेजस्ता दृश्य आइपर्छन्, त्यसका लागि प्रामाणिक देखिन उनले मोटरसाइकल फर्मुला दौडका तीन जना अनुभवी चालकहरूलाई प्रशिक्षकका रूपमा क्रुजले नियुक्त गरेका थिए । यस किसिमको दृश्य खिचाइलाई सिनेमामै देखाइएको अहिलेसम्मको ठूलो र भव्य एक्सन दृश्य भनिएको छ ।
मोटरसाइकलको सो भव्य दृश्य खिच्नका लागि नर्वेको सुन्दर लोकेसन छनोट गरिएको थियो । आज हामी सो भिडियोका केही अंश हेरौँ न त !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।