दुई दशक लामो जापान बसाइ बिट मार्दै नेपाल फर्कन लागेका संस्थाका पूर्व अध्यक्ष आलोक चालीसेको बिदाई कार्यक्रम तथा अनेसास केन्द्रीय अध्यक्ष र सदस्य पदमा निर्वाचित संस्थाका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ र निवर्तमान अध्यक्ष दीप पाठकको सम्मानमा अनेसास जापान च्याप्टरले ११ अक्टोबर २०२० मा भर्चुअल माध्यमबाट बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार, वर्तमान कार्यसमिति परिवार, जापानबाट अनेसासको सदस्यता लिएका आजीवन सदस्यहरु, गैरआवासीय नेपाली संघ, पत्रकार महासंघ जापान, नेपाल लोक-दोहोरी प्रतिष्ठान जापान, विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेवी व्यक्तित्व, व्यावसायिक व्यक्तित्व, अग्रज तथा अनेसास जापानलाई माया गर्ने व्यक्तित्वहरु गरी करिब ५० जनाले उक्त कार्यक्रममा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
अनेसास जापानको फेसबुक पेजबाट पनि लाइभ गरिएको साढे तीन घण्टाको उक्त कार्यक्रम संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्व र संस्थाका महासचिव रविन शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।
वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भौतिक रुपमा आयोजनाको पूर्ण तयारीलाई पनि स्थगित गर्दै भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गरिएको र यसले पक्कै पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने कुरामा आशावादी रहेको संस्थाका अध्यक्ष गिरिजा गैह्रेले बताए ।
संस्थाका उपाध्यक्ष अरुण पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले भर्चुअल माध्यमबाटै सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली राजदुतावास जापानका प्रतिनिधिको पनि सहभागिता रहेको थियो भने महामहिम राजदुत ज्युबाट प्राप्त लिखीत सन्देश महासचिव ज्युले पढेर सुनाउनु भएको थियो ।
अनेसास केन्द्रीय कार्यसमितिमा निर्विरोध निर्वाचित अध्यक्ष र सर्वप्रिय मतसहित निर्वाचित सदस्यमा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै जन्मभूमि फर्कन लागेका व्यक्तित्वमा आगामी यात्राहरु सु:खद र सफल होस् भन्ने कामना समेत गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।