एएनए डेनभर सम्मेलन २०२३ मा गजल यात्रा र अनेसास, कोलोराडोद्वारा संयुक्त रूपमा आयोजित गजल उत्सवको पाँचौं संस्करण सम्मन्न भएको छ । एएनए सम्मेलनको दोस्रो दिन आइतवार दिउँसोबाट सुरु गरिएको कार्यक्रम करिब चार घण्टासम्म चलेको थियो ।
गजल गायनबाट सुरु भएको कार्यक्रममा महेश्वर पन्त र अङ्कित न्यौपानेले गजल गाएका थिए । महेश्वर पन्तले आफ्नै रचना गाउँदा अङ्कित न्यौपानेले आचार्य प्रभा र भुपेन्द्र महतद्वारा रचित तथा मनोजराज शिवाकोटीद्वारा सङ्गीत गरिएको गजल प्रस्तुत गरेका थिए ।
गजल गायनमा हार्मोनियममा मनोजराज शिवाकोटी, तवलामा सुरेन्द्र महर्जन, गीतारमा मनोज तुलाधर, र म्यान्डलिनमा सुरेश प्रधानले बजाएका थिए । कार्यक्रमको दोस्रो चरणमा अमेरिकाको विभिन्न राज्यहरू तथा कोलोराडोमा बस्ने २२ जना गजलकारले गजल वाचन गरेका थिए ।
गजलकारहरू क्यालिफोर्नियाबाट खिम केसी र प्रमोद अमात्यस, कोलोराडोबाट पदम विश्वकर्मा, भुपेन्द्र महत, डा। खगेन्द्रप्रसाद दाहाल, केशव आचार्य, आचार्य प्रभा, मिलन कोइराला, मनोजराज शिवाकोटी, सन्तोष पाण्डे ‘हिलियम’, र पार्वती शर्मा, मेरिल्याण्डबाट रोहित राना, म्यासाचुसेटबाट गोवद्र्धन पूजा, नेब्रास्काबाट डा। खगेन्द्र दाहाल, न्युयोर्कबाट बिष्णुहरी भण्डारी, पेन्सेलभिनियाबाट सुशील ताम्राकार, टेक्सासबाट सतिश त्रिपाठी, बासु पौडेल, बासु पुष्पा अधिकारी, पवन लामिछाने, रोशन श्रेष्ठ, भर्जिनियाबाट राज क्षेत्री ‘राहुल’ र प्रकाश आचार्य थिए ।
कार्यक्रमको अन्त्यमा एएनएका अध्यक्ष विजयराज भट्टराई, गजल यात्राका संयोजक पवन लामिछाने तथा अनेसास, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले उत्सवमा भागलिने गायकहरू र वाद्यवादकहरू, गजलकारहरू, पत्रकारहरू र स्वयमंसेवकहरूलाई प्रसंशापत्र प्रदान गरेका थिए ।
२०१८ मा पहिलो पटक टेक्ससको डालसबाट शुरु गरिएको गजल उत्सवको दोस्रो संस्करण गजल उत्सव २ पनि टेक्ससको डालसमै २०१९ मा सम्पन्न भएको थियो ।
गजल उत्सव ३ ओहायोको सिनसिनाटीमा २०१९ मा, गजल उत्सव ४ टेक्ससको ह्युस्टनमा २०२१ सम्पन्न भएको थियो । एएनए डेन्भर सम्मेलनमा आयोजना गजल उत्सव ५ मा यसको छैटौँ संस्करण गजल उत्सव ६ बस्टन म्यासाचुसेट गर्ने घोषणा गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।