नेपालका विख्यात समालोचक केशवप्रसाद उपाध्यायको निधन भएको छ । फागुन १२ गते बिहान साढे ५ बजे उहाँको निधन भएको हो ।

९० वर्षीय उपाध्याय रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य समस्यासँगै अल्जाइमर्स जस्तो विस्मृतिको रोग पनि पछिल्लो पटक देखिएको थियो ।

उहाँका साहित्य प्रकाश, रिमाल – व्यक्ति र कृति, प्राथमिककालीन कवि र काव्य प्रवृत्ति, केही रचना केही विवेचना, तरुण तपसीको पूनर्मूल्याङ्कन, बालकृष्ण समको दुखान्त्य नाट्यचेतना लगायतका कृतिहरू प्रकाशित छन्।

वि.सं. २०५५ सालमा प्रकाशित ‘दु :खान्त नाटकको सृजना परम्परा’ले मदन पुरस्कार पनि प्राप्त गरेको थियो। शब्दपथ