
अनेसास क्यालिफोर्निया च्याप्टरले मोती जयन्ती मनाएको छ । च्याप्टरकी अध्यक्ष गीता बजगाईंको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले र लेखिका भूषिता वाशिष्ठ विशिष्ठ अतिथिहरूमा रहनु भएको थियो । विशेष अतिथिहरूमा च्याप्टरका सल्लाहकारहरू, सहआयोजक तथा अन्य संघ-संस्थाका प्रतिनिधिहरू, अनलाइन खबरका पत्रकारहरू, कवि/कवयत्रीहरू, युवा समाजसेवीहरू, सामाजिक अभियन्ताहरू, उद्योग/ व्यावसायीहरू लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रम क्यार्लिफोनियाको समय बेलुकाको ५.१५ मा प्रमुख अतिथि गोवर्द्धन पूजाबाट दीप प्रज्ज्वलन भएप विधिवत शुरू भएको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष लेखिका गीता बजगाईंले गरेकी थिइन् भने सञ्चालन संस्थाका उपाध्यक्ष पत्रकार उत्तम धमलाले गरेका थिए । यसैगरी कार्यक्रमको सुरूमा संस्थाका सल्लाहकार वासुदेव घिमिरेद्वारा मंगलाचरण, स्वस्ति वाचन गरिएको थियो ।
तत्पश्चात नेपाली र अमेरिकी राष्ट्रिय गानको धूनले हल गुञ्जायमान भएको थियो । संस्थाका सचिव दीपक पाठकले कार्यक्रमका पाहुनाहरूलाई स्वागत गरेका थिए भने अन्त्यमा धन्यवाद ज्ञापन संस्थाकी उपाध्यक्ष रीतादेवी प्रधानले गरेकी थिइन् ।
कार्यक्रममा अनेसास ट्रस्टीका सल्लाहकार प्रा. धर्मराज कोइरालाको ‘जीवन यात्राका तरङ्हरू‘ र नेत्रबन्धु पोख्रेलको ‘पाताल पुञ्ज‘ विमोचन गरिएको थियो । त्यसैगरी साहित्यकार शेखर ढुङ्गेलका दुई र रीतादेवी प्रधानका दुई गरी पूर्व विमोचित चार पुस्तकको उजागर पनि गरिएको थियो ।
कार्यक्रमा लेखिका भूषिता वाशिष्ठको बेजोड काव्य प्रस्तुतिले सहभागीलाई मन्त्रमुग्ध गराएको थियो । विमोचित दुई कृतिमाथि चर्चा क्रमश: साहित्यकार शेखर ढुंगेल र डा. टीका लम्सालले गरेका थिए ।

यसैगरी कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शुभकामना साथै कविता, गजल आदि प्रस्तुत गरेका थिए । यसरी आफ्ना विचार प्रस्तुत गर्नैहरूमा संस्थाहरूको प्रतिनिधित्वगर्दै विष्णु शर्मा, प्रितेश कार्की ,संस्थाका सल्लाहकार कृष्णकुमार गिरी, सर्वज्ञ वाग्ले, हरिहर दाहाल र श्रीराम थापा, टीका लम्साल, भूषिता वाशिष्ठ, क्रमश: कृष्णमान श्रेष्ठ, विष्णु शर्मा (पण्डित), धर्मराज कोइराला, नेत्र बन्धु पोख्रेल,लक्ष्मण पन्थी,रीता प्रधान ,दीपक पाठक आदिले कविता मुक्तक गजल वाचन गरेका थिए।
कार्यक्रम लगभग चार घण्टा चलेको थियो । कार्यक्रमलाई भव्य बनाउन लागिपरेका विभिन्न व्यक्तित्वहरूमध्ये सक्रिय भूमिकामा आईटी कोअर्डिनेटर हरिओझा, कृष्ण बुढाथोकी, नवराज तिवारी (नव), केपी ढकाल , राजेन्द्र अधिकारी , सुरेश हमाल लगायतको भूमिका रहेको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मान पाउनेहरूमा ‘नेपाल डे परेड सम्पन गर्न अहोरात्र खट्ने सबै व्यक्तित्व मध्येबाट प्रतिनिधि पात्रका रूपमा श्रीराम थापा, एकदेव शर्मा र हरि ओझालाई सम्मान गरिएको थियो भने गीत संगीत क्षेत्रबाट निर्मल फुयाँल सहआयोजक सात वटा संस्थाहरू एन आर एन ए क्यालिफोर्निया च्याप्टर, जीवन विज्ञान, हिमालयन योगा, एभरेष्ट लायन्स क्लव, नाफ्का,थ्याङ्क्यु अमेरिका, एनडब्लिजीएन लगायतका संस्थाका प्रतिनिधिहरू थिए ।

कार्यक्रममा पुस्तक विमोचन गर्ने स्रष्टाहरूमध्ये प्रा. धर्मराज कोइराला, नेत्रबन्धु पोख्रेल, शेखर ढंगेल र रीतादेवी प्रधान, प्रमुख अतिथि अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा , विशिष्ठ अथितिहरू भूषिता वाशिष्ठ, शैली बस्नेत , सर्वज्ञ वाग्ले ,जम्मा गरी १९ जना व्यक्तित्वहरू अनेसास क्यालिफोर्निया च्याप्टरबाट सम्मानित भएका थिए । मधुर समय यस कार्यक्रमको अन्त्यतिर प्रमुख अथितिको सानदार मन्तव्य तथा अनेसास आजीवन सदस्यताको प्रमाण पत्र वितरणले कार्यक्रमलाई अझै ओजिलो बनाएको देखिन्थ्यो ।
अन्त्यमा संस्थाकी अध्यक्ष गीता बजगाईंले उपस्थित सम्पूर्णलाई धव्यवाद ज्ञापन गर्दै सहकार्य, सहअस्तित्व, समान सहभागिताको पक्षमा आफू रहिरहने र संस्थामा बसिसकेपछि संस्थागत हितको काममा लागि पर्नु मुख्य दायित्व हुने कुरामा आफू प्रतिबद्ध रहने कुरा बताउँदै भनिन् -नेपाल छाडेर परदेशीएपछि हामीले सबैलाई चिनाउने एउटै नेपाली त्यसलाई सबैले मनन् गर्न सक्नु पर्छ ।
नेपाललाई चिनाउने सन्दर्भका कार्यक्रमहरूमा सबैले जोडदिनु पर्छ भन्दै मोतीले भानुलाई चिनाए झैँ हामीले पनि अरूलाई चिनाउने र सम्मान गर्नै गर्नुपर्छ भन्दै कार्यक्रमको समापन गरेकी थिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










