नेपाली साहित्यको महत्वपूर्ण पुरस्कारमध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरकाकविएवं पत्रकार मीनकुमार नवोदितसहितचारजना पुरस्कृत हुनु भएको छ । दुई दशकभन्दालामो समयदेखि साहित्य र पत्रकारितामा सक्रियनवोदितलाई नेपाल सरकार युवातथा खेलकुदमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा सेवाकोषले हरेक वर्ष प्रदानगर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरेको हो ।

पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशिसहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवि तुलसी दिवसले नगदसहित स्वर्ण पदक र सम्मानपत्र समर्पण गर्नुभयो । युवावर्ष मोती पुरस्कार नेपाल सरकार, युवातथा खेलकुद मन्त्रालयले सन् १९८७लाई युनाइटेड नेसनले युवावर्ष भनेर घोषणा गरेको वर्षलाई सम्झना गर्दै सुरु गरेको हो । सो पुरस्कार हरेक वर्ष मोती जयन्तीका दिन प्रदान गर्ने गरिन्छ । गतवर्ष कोभिडका कारण स्थगित भएको थियो ।

विशेषतः कविता विधामा कलम चलाउने नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कविता संग्रह प्रकाशित छन् । साथै, केही पुस्तकहरूको सम्पादनसमेत गरिसकेका नवोदितका सिर्जनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा प्रकाशित छन् ।

उनको ‘समयको बयान’ कविता संग्रह शनिबारै काठमाडौँमा विमोचन गरिएको छ । कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानकार, समालोचक एवं साहित्य अन्वेषक महेश पौड्याललाई समर्पण गरेको गरेको छ । पौड्याललाई पनि २०७७ सालको पुरस्कार दिएको हो । पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुन्  । साहित्यतर्फ उनी बाल साहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन् ।

त्यस्तै २०७८ सालको मोती पुरस्कार जापानमा बसेर संसारभरिका नेपाली साहित्यकारको नेतृत्व गरिरहेका प्रकाश पौडेल ‘माइला’ र काठमाडौं बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्त्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई दिएको कोषले जनाएको छ । पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)काअध्यक्षहुन् ।

मोतीराम भट्टको सम्झनामा ४० वर्ष ननाघेका युवा साहित्यकारहरूलाई प्रदान गरिने यो पुरस्कार युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिन्छ । चारै जनाकविलाई वरिष्ठ कवि दिवसले दोसल्ला ओढाएर सम्मानपत्र र स्वर्णपदक समर्पण गर्नुभयो ।