नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागको संयोजनमा ‘प्रज्ञा गजल महोत्सव–२०७८’ आयोजना हुने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६ औँ जन्मजयन्तीका अवसरमा कुसेऔँसीका दिन ‘प्रज्ञा गजल महोत्सव–२०७८’ आयोजना हुने भएको हो ।
साहित्य (पद्य/काव्य) विभागका प्रमुख एवम् गजल महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलका अनुसार भर्चुअल (वेबिनार) माध्यमबाट आयोजना हुने गजल महोत्सवमा युवाकवि मोतीराम भट्टरचित दुई गजल गायन हुनेछ भने देशभित्रका ३५ र विदेशबाट १५ जना गरी ६८ जना गजलकारहरूले गजल वाचन गर्नेछन् ।
२०७६ सालबाट सुरु भएको गजल महोत्सव विश्वव्यापी महामारी कोरोना भाइस (कोभिड–१९) का कारण गत साल आयोजना हुन सकेको थिएन । नेपाली गजलको सर्वाङ्गीण विकासका लागि गजल महोत्सवको आयोजना गरिएको प्राज्ञ प्रा.डा. पौडेलले बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानको फेसबुक पेजबाट महोत्सवको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।