संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति प्रवर्द्धन कार्यक्रम अन्तर्गतको गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७८ कवि अमर गिरीलाई प्रदान गरिने भएको छ ।
सो पुरस्कार झोराहाट नाट्य समूहले पनि प्राप्त गर्ने भएको छ ।
गएको असार ७ मा बसेको मन्त्रिपरिषद्को बैठकले सो पुरस्कार दिने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
एक विशेष समारोहका बीच सो पुरस्कार असार २९ गते भानु जयन्तीको छेक पारेर प्रदान गरिने बताइएको छ । यो पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको र कवि तथा नाट्य संस्थाले एक एक लाख रूपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
पछिल्लो समय नाट्य क्षेत्रमा झोराहाट नाट्य समूह निकै सक्रिय भएको छ ।
यसैगरी अमर गिरी प्रगतिशील लेखकका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँका घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौँ, दुःसाध्य समयजस्ता चर्चित कविता सङ्ग्रह प्रकाशित छन् । उहाँले कृष्णमणि साहित्य पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, तारा पन्त साहित्य पुरस्कार, पद्मनाभ‑तिलकुमारी राणा साहित्यिक प्रतिभा पुरस्कार लगायतका पुरस्कार प्राप्त गर्नु भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।