एक कार्यक्रमका बिच नियात्राकार गीता रेग्मीकाे ‘प्रशान्तकाे तीरैतीर’ र नियात्राकार दीपक अर्यालकाे ‘पाइलाकाे चुम्बन’ लोकार्पण गरिएकाे छ । नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालका साथमा अन्य अतिथिहरूद्वारा कृतिहरूकाे लाेकार्पण गरिएको हो ।

स्वदेश तथा विदेशका अनुभव, विदेशमा पुगेका युवायुवतीका कथा, नारीका विभिन्न समस्या र घरायसी व्यवहारका प्रसङ्गकाे चित्रण गरिएकाे रेग्मीको ‘प्रशान्तकाे तीरैतीर’ नियात्रासङ्ग्रहमा ३३ वटा विभिन्न नियात्रा समेटिएका छन् ।

त्यस्तै ‘पाइकलाका चुम्बन’मा स्वदेश तथा विदेशमा आफूले नजिकबाट देखेका र भाेगेका विभित्र अनुभूतिलाई अर्यालले १५ वटा नियात्रामा समेटका छन् । नियात्राकार अर्यालले जन्मभूमि र आमाबाका दुख र पीडालाई आफ्नै दृष्टिबाट पुस्तकमा प्रस्ट्याएका पनि छन् ।

कार्यक्रममा अक्षरकाे खेती गर्ने मान्छे सधैं उज्यालाे हुन्छ भन्ने धारणा राख्दै  नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले मन्तव्यका क्रममा भन्नुभयो, ‘नियात्रा भनेकाे यात्रा अनुभूति हाे । जाे हिंड्छ उसले सधैं जित्छ । त्यसैले हिँडिरहनु पर्छ, कहीँ न कहीँ अवश्य पुगिन्छ ।’

सर्जकद्वय पतिपत्नी हुनुहुन्छ । पुस्तकलाइ ओरिएन्टल प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।