पुल्चोक इन्जिनियर कलेजमा आप्रवासी नेपाली इन्जिनियरहरूको सङ्घर्ष र सपनाको कथा आँगन छाडेपछि सस्मंरण सङ्ग्रहको एक कार्यक्रमका बिच लोकापर्ण गरिएको छ । जीवा लामिछाने, गोविन्द गौतम, खड्गसेन ओली, सम्पादक केशव ज्ञवाली, समीक्षक राजकुमार बानियाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तकमाथि समीक्षा गर्दै राजकुमार बानियाँले बौद्धिक वर्गका इजिन्यिरहरूको सङ्घर्ष र सफलताको कथा राम्रोसित प्रस्तुत भएको बताउनुभयो । लेखक तथा पूर्व एन.आर.एन.का अध्यक्ष जीवा लामिछानेले पुल्चोक क्याम्पसको आफ्नो यात्रादेखि हालको व्यवसायसम्मको इतिहासलाई सानो रूपमा प्रस्तुत गरेको बताउनु भयो ।

पुस्तकमाथि बोल्दै इ. खड्गसेन ओलीले इन्जिनियरहरूको साहित्य पाटो पुस्तकमा समावेश भएको र यसले इन्जिनियरमात्र होइन सबैलाई सङ्घर्ष गर्न प्रेरणा दिने बताउनुभयो ।

शिखा बुक्सले प्रकाशन गरेको संस्मरणमा १७ जना इन्जिनियरको संस्मरण समावेश छ । कृष्ण कुसुम र केशवराज ज्ञवाली सम्पादक गर्नुभएको प्रस्तुतको मूल्य रु.३००/- रहेको छ ।