‘ढुङ्गाको प्रेम’ नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्वारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैद्यले कृतिको लोकपर्ण गर्नुभएको थिए । केन्जो खबर डकमले अयाोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् ।
लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुनुहुन्छ ।
कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्गानाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताउनुभयो ।
उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले साहित्यका लागि महत्त्वपूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै राम्रो स्थान हासिले गर्ने अपेक्षा राख्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यकारले रचना पाठ गर्नुभएको थियो । साहित्यकारको उलेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदान तथा गायनसमेत भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

