साहित्यकार भाइदाजुको कथासङ्ग्रह ‘कन्था’ बजारमा आएको छ । लामो समयबाट शिक्षण पेसामा आबद्ध रहनुभएका भाइदाजुको यसभन्दा अगाडि ‘उज्यालो खोज्दा’ कथासङ्ग्रह प्रकाशित भइसकेको छ ।
उहाँको कथामा समाजको चित्रण पाइन्छ । सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उहाँको कथाको भूगोलले पनि बताउँछन् ।
उहाँका कथामा भेटिएका पात्रहरू हाम्रो आँखा वरपर हिँड्नेहरू छन् । ग्रामीण भेगमा हामीले देखेको र भोगेको मनोवृत्ति र घटनाक्रम नै भाइदाजुको कथाको श्वास रहेको छ ।
शिखा बुक्सले प्रकाशित गरेको यस सङ्ग्रहको मूल्य रु. २५० तोकिएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला