

भवानी अधिकारी (मणिपुर)
भारतको प्रख्यात साहित्य अकादमी पुरस्कार २०२० का लागि अनुवादतर्फको पुरस्कार मणिपुरका भवानी अधिकारीले प्राप्त गर्नु भएको छ ।
मणिपुरले पहिलो पटक नेपाली भाषामा यो पुरस्कार हात पारेको हो ।
मणिपुरी मूल भाषामा एलाङ्बम दिनमणिले सिर्जना गर्नुभएको ‘पिस्तोल अमा कुन्द लै अमा’ कथा संग्रहलाई भवानी अधिकारीले नेपाली भाषामा ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’ शीर्षकमा अनुवाद गर्नुभएको थियो ।
३० जनवरी १९६२ मा मणिपुरको काङ्गपोक्पी सुन्तोलाबारीमा जन्मनु भएका अधिकारीका मणिपुरी र नेपालीमा एक एक कविताकृति प्रकाशित छन् ।
उहाँले मणिपुरी कविता सङ्ग्रहका लागि सन् २००९ मा पद्मा देवी पुरस्कारसमेत प्राप्त गरिसक्नु भएको छ ।
साहित्यपोस्टमा सो अनुवादित कथासङ्ग्रहका कथाहरू नियमित रूपमा प्रकाशित भएका थिए ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

हर्कबहादुर लामगादे 'रोहित'
पुष ११, आइतबार १०:०१