महेश पौड्याल आफ्नो नवीनतक कथासङ्ग्रह “अपरिचित अनुहार” लिएर आएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित एक कार्यक्रमका बीच पौड्यालको उक्त कथासङ्ग्रह लोकार्पण गरिएको हो ।
वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा त्रिवि केन्द्रीय अङ्ग्रेजी विभागका प्रमुख, प्राडा. जीवलाल सापकोटा र शिक्षासेवी तथा नेसनल पेब्सनका महासचिव सुवास न्यौपानेको उपस्थिति रहेको थियो ।
पौड्यालको अपरिचित अनुहारमाथि वक्ताहरु वरिष्ठ आख्यानकार कृष्ण धरावासी, लोकप्रिय समालोचक डा. रजनी ढकाल र युवा समालोचक डा. अशोक थापाले आफ्नो विचार तथा पठनका अनुभूतिहरु सुनाउनुभएको थियो ।
त्यस्तै, सुवास न्यौपानेले लेखकका बारे परिचयात्मक मन्तव्य राख्नुभएको कार्यक्रममा प्राडा जीवलाल सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सभापति भुवनहरि सिग्देलले आफ्नो छोटो मन्तव्यसहित सभाको विर्सजन गर्नुभएको थियो ।
कथाकार पौड्यालले वक्ताहरुको विचार तथा पुस्तकमाथिको समीक्षालाई सम्मान गर्दै वक्ता तथा कार्यक्रममा उपस्थिति सम्पूणर्मा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।
धेरै पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएका पाैड्यालले केही समयअघिमात्र युवा वर्ष मोति पुरस्कार पनि प्राप्त गनुभएकाे थियो ।
करिब २ सय जनाको उपस्थिति रहेको कार्यक्रमलाई कवि तथा समालोचक महेश कार्की क्षितिजले सञ्चालन गर्नुभएको थियो ।
“अपरिचित अनुहार”लाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
फेसबुकमार्फत् लाइभ गरिएकाे उक्त कार्यक्रम यहाँ क्लिक गरेर पनि हेर्नसक्नु हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 










