साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा समाज गण्डकी प्रदेश अध्यक्षमा ढकाल

लघुकथा लेखनको प्रवर्द्धनमा बितेको ११ वर्षदेखि क्रियाशील संस्था लघुकथा समाज, नेपालले प्रदेशस्तरीय समिति गठनलाई तीव्रता दिएको छ ।

हालै लघुकथाकार त्रिलोचन ढकालको अध्यक्षतामा समाजको गण्डकी प्रदेश समितिको गठन गरिएको छ ।

समाजका अनुसार प्रदेश समितिको उपाध्यक्षमा शेषमणि आचार्य, सचिवमा मिलन समीर र कोषाध्यक्षमा नारायण मरासिनी चयन हुनुभएको छ ।

समिति सदस्यहरूमा इन्द्रकुमार जोशी ‘विकल्प’, चिन्तु गिरी, रिमबाबु राना, टुकादेवी आचार्य र निलमकुमार पौडेल हुनुभएको छ ।

समाजले यसअघि प्रदेश नम्बर–१ र वाग्मती प्रदेशको पूर्ण समिति चयन गरिसकेको छ ।

प्रतिक्रिया
Loading...