लघुकथाकार रेणु अधिकारी ‘मौनता’को लघुकथा सङ्ग्रह ‘एक पोल्टो बादल’माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लघुकथा समाज नेपालको आयोजनामा ‘मौनता’को सो कृतिमाथि अन्तर्क्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विधा जति सानो भयो लेख्न उति नै गाह्रो हुने बताउँदै कथामा जस्तै लघुकथामा पनि आख्यान तत्त्वको भूमिका अहम् हुने बताए ।
कार्यक्रममा साहित्यकार तुलसीहरि कोइराला तथा निबन्धकार श्रीबाबु कार्कीले कृतिमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा भाषा आयोगका सदस्य तथा लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्क, समाजका सल्लाहकार श्रीओम श्रेष्ठ रोदन, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, लघुकथाकार रेणु अधिकारी तथा तारा केसीले बोलेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला