लघुकथा समाज नेपालले दुई प्रख्यात सर्जकलाई सम्मान गर्ने भएको छ ।
२०७७ का लागि सावित्री केशर कथा सम्मान डा. राजेन्द्र विमललाई र बाटुली खिलध्वज लघुकथा सम्मान लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गर्ने भएको हो ।
नेपालीको राष्ट्रिय चेतनाको निर्माणमा महत्त्वपूर्ण योगदान दिएकोमा डा. विमललाई र नेपाली लघुकथा लेखनका क्षेत्रमा तीसको दशकदेखि निरन्तर सक्रिय रहेर सिर्जना एवम् संगठनका माध्यमबाट महत्त्वपूर्ण योगदान दिएकोमा ध्रुव मधिकर्मीलाई सम्मान गरिन लागिएको हो ।
दुवै सम्मानको राशि पन्ध्र हजार एक सय एक रूपैयाँ रहेको र सम्मान अनुकूल समयमा प्रदान गरिने समाजले जनाएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला