यस वर्षको उत्तमशान्ति पुरस्कार नियात्राकार सरिता अर्यालको मेरो अपहरण कृतिलाई प्रदान गरिने भएको छ ।
उत्तम कुँवर स्मारक गुठीले वर्षभरिका गैरआख्यानमध्येबाट सर्वोत्कृष्ट नेपाली कृतिलाई एक लाख रूपैयाँसहित ताम्रपत्र प्रदान गर्ने गर्छ ।
२०४४ सालदेखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
साहित्यकार अर्यालको यो नियात्रा रागात्मक मानवीय अनुभूतिलाई चुस्त पत्रकारी शैलीमार्फत निस्पष्ट दृष्टि तथा मार्मिक पीडाको उत्खनन गरी संत्रास एवं संघर्षको गहिराई तथा जीवनप्रतिका विश्वासलाई कलात्मक उचाइका साथ प्रतिबिम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत यो पुरस्कार प्रदान गरिएको संस्थाका सदस्य सचिव ठाकुर पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुरस्कार २०७८ साल जेठ १२ गते बुधवार समर्पण गरिने समेत जनाइएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
