भुवन ढुंगाना

जयदेव भट्टराई

पूजन प्रधान

इन्द्रमोहन स्मृति गुठीले २०७७ का लागि तीन भिन्न भिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । डा. विमला श्रेष्ठ साहित्य पुरस्कार कवि भुवन ढुङ्गानालाई, ओम, इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा साहित्यकार जयदेव भट्टराईलाई तथा ओम इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार गायक एवं सङ्गीतकार पूजन प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ ।

कवि ढुंगानालाई पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । यसैगरी तीन दशकभन्दा बढी समयदेखि साहित्यिक पत्रकारिताको क्षेत्रमा दिएको योगदानका लागि पत्रकार जयदेव भट्टराईलाई तथा तीन दशकभन्दा बढी समयदेखि मोफसलमा रही गीत सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि संगीतकार पूजन प्रधानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यी सबै पुरस्कारहरु प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने गरिन्छ । उक्त तिनै पुरस्कारको राशि जनही एक्काईस हजार रहेको छ । गुठीका प्रमुख संरक्षक डा.विमला श्रेष्ठको उपस्थितिमा गुठीका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा माघ १५ गते बसेको बैठकले सो निर्णय गरेको हो । यी पुरस्कारहरु आगामी फागुन महिनामा विराटनगरमा एक भव्य समारोहका बीच प्रदान गरिने छ ।