काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान ले विभिन्न विधाका ‘प्रज्ञा पुरस्कार–२०८२’ तथा प्रादेशिक पुरस्कारहरूको घोषणा गरेको छ । सदस्य–सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार हरेक वर्ष प्रदान गरिँदै आएका पुरस्कारसँगै यस वर्षदेखि प्रादेशिक पुरस्कारसमेत समावेश गरिएको हो ।

घोषित पुरस्कारअन्तर्गत समालोचना विधातर्फ अभि सुवेदी, भाषा पुरस्कारतर्फ मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार र संस्कृति, लोकवार्ता तथा मौखिक इतिहासतर्फ डा. सोमप्रसाद खतिवडा पुरस्कृत हुनुहुने भएकाे छ ।

यसैगरी, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्य साहित्यतर्फ आहुति (विश्वभक्त दुलाल), दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ तथा अन्तर्देशीय पुरस्कारतर्फ नरेश काङमाङ राई (बेलायत) चयन हुनुभएकाे छ ।
मातृभाषा (हिमाली–पहाडी) विधातर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश–तराई) तर्फ अमरेन्द्रकुमार यादव पुरस्कृत हुनुहुनेछ  ।

यसैगरी, प्रादेशिक पुरस्कारतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मुना चौधरी, शान्ति प्रिय बन्दना, अनिल श्रेष्ठ, क्षितिज मगर, रमानन्द आचार्य र कर्ण दयाल ‘सोडारी’ चयन हुनुभएकाे छ ।

प्रज्ञा पुरस्कारको राशि जनही एक लाख रुपैयाँ तथा प्रादेशिक पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । सबै पुरस्कार आगामी २०८३ वैशाख १७ गते दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा प्रदान गरिने जनाइएको छ ।