२०७८ असार ३० गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले विभिन्न नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन, शीतल निवासमा बुधवार आयोजित पुररस्कार समर्पण समारोहमा राष्ट्रपतिले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कारहरू र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ जना प्रतिभाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्नुभएको हो ।
राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार सम्मान दोसल्ला, फूलको माला र सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उहाँले उपलब्ध गराउनुभएको बैँक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपति मार्फत् वाङलाई हस्तान्तरण गरिने छ ।
यसैै गरी राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत् भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गर्नुभयो । क्षेत्री स्वास्थ्यका कारणले स्वयम् उपस्थित हुन असमर्थ हुनुभएका कारण कुलपति मार्फत उक्त पुरस्कार अर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत् परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र अस्तान्तरण गरिने छ भने दुइृ लाख राशिको नगद पुरस्कार उहाँले उलब्ध गराउनुभएको बैँँक खातामा दाखिला गरिने छ ।
यसै गरी राष्ट्रपति नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवाद कृष्णप्रकाश श्रेष्ठ (श्रेष्ठ कोभिडका कारण चैत्र १६ गते कीर्तिशेष भइसक्नुभएकाले प्रतिनिधिका रूपमा उहाँका भाइ साहित्यकार तेजप्रकाश श्रेष्ठले पुरस्कार ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिद्वारा समारोहमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार, प्रा.डा. तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत हुनुभएको थियो । यी पुरस्कारको राशि दुई दुई लाख रहेको छ ।
यसै गरी रविमान लमजेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य)लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली/पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली÷पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई/मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधी भाषा) साहित्य पुरस्कार (तराई÷मधेस क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८)का लागि राष्ट्रपतिले पुरस्कृत गर्नुभएको छ । स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित हुनुभएको थिएन । यी प्रज्ञा पुरस्कारहरूको राशि एक एक लाख नगद रहेको छ ।
यसै गरी सम्माननीय राष्ट्रपतिले राष्ट्रिय कविता महोत्सव २०७७ र २०७८ का विजयी कविहरूलाई पुरस्कार अर्पण गर्नुभयो । २०७७ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने भैरवी भूगोल (नुवाकोट), द्वितीय हुने प्रज्वल अधिकारी (लमजुङ), तृतीयतर्फ गणेशप्रसाद खतिवडा (सोलुखुम्बु), देवकी अभिलाषी (दोलखा) र रेजिना आपगाईं (तेह्रथुम)लाई पुरस्कार अर्पण गरिएको थियो ।
समारोहमा राष्ट्रपतिले २०७८ सालको राष्ट्रिय कविता महोत्सवका विजयी कविहरू प्रथम कविता राई (भोजपुर), द्वितीय अमृता स्मृति (धादिङ) र तृतीय हुने सविता बराल (ताप्लेजुङ), निरञ्जनाकुमारी चन्द (बर्दिया) र प्रकाश सिलवाल (नुवाकोट)लाई नगद, पदक र सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको थियो ।
सम्मान तथा पुरस्कार अर्पणपछि समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भाषा, साहित्य, इतिहास, सामाजिकशास्त्र तथा दर्शनशास्त्रलगायतका विधामार्फत् नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुहुने स्रष्टाहरूलाई आफूले सम्मानित तथा पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
समारोहमा बोल्दै माननीय कुलपति उप्रेतीले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्र विषयक्षेत्रका वाङ्मयगत विधा÷उपविधाहरूमा प्राज्ञिक अनुसन्धान एवम् मौलिक सृजनाका माध्यमबाट लामो समयदेखि साधनारत रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल राष्ट्र एवम् नेपाली जातिको गौरव बढाउन गहकिलो र विशिष्ट योगदान पु¥याएका प्रतिष्ठित साधकहरूलाई सम्मानित तथा पुरस्कृत गरिएको बताउनुभयो ।
माननीय उपकुलपति डा. जगमान गुरुङले प्रज्ञा सम्मान तथा पुरस्कार छनोट गर्दा योगदान, समुदाय र भूगोलजस्ता कुरालाई विशेष ध्यान दिइएको बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।