मोरङ । रङ्गेली साहित्य कला समाज, मोरङको अध्यक्षमा चिरञ्जीवी काफ्ले चयन हुनुभएकाे छ । समाजको विशेष भेलाले काफ्लेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कमला ढकाल, सचिवमा मिथलेशकुमार अधिकारी र कोषाध्यक्षमा चन्द्रप्रसाद आचार्य चयन हुनुभएकाे छ । त्यसैगरी सदस्यहरूमा मोतीराम ढुङ्गाना, डम्बरबहादुर खड्का, राजेन्द्र राजवंशी, बिपिन लुइटेल र अभिषेक सरदार रहनुभएकाे छ।

नव निर्वाचित अध्यक्ष काफ्लेले रङ्गेली क्षेत्रको भाषा, कला तथा साहित्यको संरक्षण र संवर्द्धनमा समाजलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले स्थानीय स्रष्टा र कलाकारलाई एकीकृत गर्दै नियमित साहित्यिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने बताउनुभयाे ।