काठमाडौं । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिइने गर्दछ। कोषले यस वर्ष वि.सं. २०८१/२०८२ को ‘पहिचान सम्मान’ साहित्यकार तथा मुन्धुमविद बैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको छ ।
काइँलालाई नगद रु. पाँच लाख दुई हजार दुई रुपैयाँ सहित ताम्रपत्र प्रदान गरिने कोषले प्रेस वक्तव्यमार्फत जनाएको हो । कोषका अनुसार, पहिचान सम्मान हरेक पाँच वर्षमा प्रदान गर्दै आइएको छ ।
यस वर्षबाट सुरु गरिएको पहिलो ‘पहिचान युवा सम्मान’ भने युवा लेखक गणेश कुमार राई (गीलुरातोस) लाई प्रदान गरिनेछ । उनलाई रु. पचास हजार दुई सय दुई रुपैयाँ सहित ताम्रपत्र प्रदान गरिनेछ । पहिचानको आन्दोलन र लेखनमा उहाँद्वारा गरिएको निरन्तर योगदानको सम्मानस्वरूप यो निर्णय भएको कोषले जनाएको छ ।
यसअघि कोषले लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’ प्रदान गरिसकेको छ । त्यस्तै राजन मुकारुङको फेरिँदो सौन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर, सरस्वती प्रतीक्षाको नथिया, श्याम शाहको पथेर, अनन्त वाग्लेको कदम, कविता राईको गुरु, अर्जुन माबुहाङ र अमित थेवेकाे सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईकाे थाङ्ग्रा, प्रकाश गुरागाईंकाे जङ्क्सन पिपलबोट नयाँ सडकको कथा, राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ ।
कोषले चार वर्ष लगातार पहिचान पुरस्कार प्रदान गर्दै आएको छ भने हरेक पाँच वर्षमा पहिचान सम्मान प्रदान गर्दै आएको छ । यस वर्षदेखि ४० वर्षमुनिका स्रष्टालाई लक्षित ‘पहिचान युवा सम्मान’ औपचारिक रूपमा सुरु गरिएको कोषले जनाएको छ ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









